अपाङ्गता भएका ब्यक्तिलाई राज्यले उचितरुपमा सम्मान गर्नुपर्ने एककार्यक्रममा बक्ताहरुको जोड

श्याम घिमिरे अर्घाखाँची,२१ जेष्ठ

अपाङ्गता भएका ब्यक्तिलाई राज्यले उचितरुपमा सम्मानगरी उनिहरुलाई स्वही अनुसारको रोजगारको ब्यबस्था गरीनुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । सन्धिखर्कमा सोमबार सम्पन्न अपाङ्गता ब्यबस्थापन सम्बन्धी ५ बर्षे रणनिति योजना मस्यौदा तथा परीयोजना प्रगति छलफल कार्यक्रमा बोल्ने बक्ताहरुले उक्तकुरा बताउनु भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले अपाङ्गता ब्यक्तीलाई माथी उठाउनको लागी आफुहरुले जस्तोसुकै सहयोग गर्न तयार रहेको समेत प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ ।


यसरी मनतब्य राख्नेहरुमा सन्धिखर्क नगरपालीका प्रमुख कमलप्रसाद भुसाल,पाणीनि गाउँपालीका उपाध्यक्ष लक्ष्मी गौतम,पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली सक्षम परीयोजनाका गोबीन्द चौधरी लगायत रहनु भएको थियो । विकलाङ्ग मित्र समुह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र अर्घाखाँचीको आयोजना, सन्धिखर्क नगरपालीकाको समन्वय र सिबिएम को सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रम संस्थाका बरीष्ठ सल्लाहकार तथा सिनियर कन्सलटेन्ट कृष्णप्रसाद भट्टराईको अध्यक्षता,रक्षा पाण्डेको स्वागत मनतब्य र लेखनाथ आचार्यको सन्चालनमा सम्पन्न भएको हो । संस्थाले बिगत २ बर्ष देखी जिल्लामा काम गर्दे आईरहेको छ ।

सुचनाको हकले राज्य र जनताबिच सुमधुर सम्बन्ध ल्याउछ – केन्द्रीय उपाध्यक्ष पोख्रेल

श्याम घिमिरे अर्घाखाँची जेष्ठ २१

नेपाल पत्रकार महासंघका केन्द्रीय बरीष्ठ उपाध्क्ष बिपुल पोख्रेलले सुचनाको हकले राज्य र जनताबिच सुमधुर सम्बन्ध ल्याउने बताउनु भएको छ ।

नेपाल पत्रकार महसंघ अर्घाखाँचीको आयोजना र नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको संयोजनमा आज सन्धिखर्कमा आयोजित सुचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मनतब्य राख्दै उपाध्यक्ष पोख्रेलले यस्तो बताउनु भएको हो ।

सुचनाको सही कार्यान्वयनले ब्यक्तिको लोकप्रीयतालाई अबलम्बन गर्ने भन्दै उपाध्यक्ष पोख्रेलले पत्रकारीता क्षेत्रलाई प्रभाबकारी बनाउन सुचनाको हकको आबश्यकपर्ने धारणा ब्यक्त गर्नु भएको हो । उहाँले डाटाबेसमा पत्रकारीता अबको आबश्यकता भएकोले लोकतन्त्रलाई ब्यबस्थीत गर्न सुचना र पत्रकारको गहन जिम्मेवारी हुनुपर्ने बताउनु भयो ।


कार्यक्रममा सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसाल,छत्रदेब गाउँपालीकाका प्रमुख लेखनाथ पोख्रेल,पाणीनि गाउँपालीका प्रमुख अच्युत गौतम,सन्धिखर्क नगर उपप्रमुख ठाकुर कुमार बिक,प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल,मालारानी गाउँपालीका उपाध्यक्ष प्रमिला क्षेत्री,पत्रकार महासंघ दाङ्गजिल्ला पुर्ब अध्यक्ष सुदिप गौतम, पत्रकार महासंघ ५ नम्बर प्रदेश सदस्य शोभाखकर पन्थी ,प्रेमनारायण आचार्य,अशोक खनाल,पत्रकार हृदय भुसाल,अशोक पौडेल,श्याम घिमिरे लगायतले मनतब्य राख्नु भएको थियो ।

कार्यक्रम पत्रकार महासंघ जिल्ला अध्यक्ष हिम जिसी लेकालीको अध्यक्षता गणेश खनालको स्वागत मनतब्य र सुर्य भुसालको सन्चालनमा सम्पन्न भएको हो ।

पत्र प्रति नेकपा मसालको गम्भिर ध्यानआकर्षण

काठमाडौँ जेष्ठ २१
विप्लब नेतृत्वको नेकपा सँग सम्बन्धित जनपरिषद् नेपाल, जिल्ला समिति प्यूठानले झिमरुक गाउँ पालिकाका अध्यक्ष तिलक जि.सी.लाई आफ्नो पदबाट तत्काल राजिनामा दिन अल्टिमेटम दिंदै पत्र पठाएको प्रति नेकपा मसालले गम्भिर ध्यानआकर्षण भएको जनाएको छ ।राष्ट्रिय जनमोर्चाको तर्फबाट निर्बाचित झिमरुकका पालिका अध्यक्ष जि.सी.लाई दलाल सत्ताको कथित प्रतिनिधिको संज्ञा दिंदै जेष्ठ ७ गते राजिनामाको माग सहित पत्र पठाएको नेकपा मसालले जनाएको छ ।
तत्काल राजिनामा नदिए जनकार्बाही गर्ने चेतावनी सहित जनपरिषद् नेपाल, प्यूठानले पठाएको पत्रको खण्डन गर्दै मसालका महामन्त्री मोहन विक्रम सिंहले यसलाई आफ’हरुले गम्भिर रुपमा लिएको र कडा शब्दमा भ्रत्सना गरेको बताउन’भएको छ । महामन्त्री सिंहले आज एक प्रेस बक्तव्य जारी गर्दै बिप्लभ नेतृत्वको नेकपा सित मसालले पार्टी एकताका लागि छलफल चलाउने,तात्कालिक रूपमा सहमति भएका विषयहरूमा कार्यगत एकता गर्ने लगायतका निर्णय गरेको स्मरण गराउंदै विप्लव नेतृत्वको नेकपाले ठाउँठाउँमा हिंसात्मक गतिविधिहरू सञ्चालन गरेको,आफ्नो पक्षका कतिपय जनप्रतिनिधिलाई कारवाही गर्ने धम्की समेत दिने गरेकाले नेकपासित कुनै भेटघाट नगर्ने तथा नेकपासित कुनै कार्यगत एकता नगर्ने निर्णय गरेको जानकारी दिन’भएको छ ।
महामन्त्री सिंहले मसाल निकटका जनप्रतिनिधिका विरुद्ध अपनाइने त्यस प्रकारको चेतावनीलाई तुरुन्त फिर्ता लिन बिज्ञप्ती मार्फत नेकपालाई चेतावनी दिंदै त्यस प्रकारको कुनै कारवाही गरिएमा त्यसको कडा प्रतिरोध गर्ने चेतावनी समेत दिन’भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (मसाल) केन्द्रीय कार्यालय Website: cpnmashal.org, Email : ncpmashal@gmail.com वक्तव्य का. विप्लबको नेतृत्वको नेकपासँग सम्बन्धित जनपरिषद् नेपाल, जिल्ला समिति प्यूठानले यही २०७५ जेष्ठ ७ गते झिम्रुक गाउँपालिकाका अध्यक्ष तिलक जि.सी.लाई पठाएको पत्र प्रति ने.क.पा. (मसाल)को गम्भीर ध्यान आकर्षित भएको छ ।
त्यो पत्रमा झिम्रुक गाउँपालिकाका तिलक जि.सी.लाई तत्काल आफ्नो पदबाट राजिनामा दिन अल्टिमेटम दिंदै त्यसो नगरेमा जनकारवाही समेत गर्ने चेतावनी दिइएको छ । यहाँ हामीले यो स्पष्ट गर्न चाहन्छौँ कि झिम्रुक गाउँपालिकाको चुनावमा तिलक जि.सी. ने.क.पा. (मसाल)को नजिकको राष्ट्रिय जनमोर्चाकातर्फबाट अध्यक्ष पदमा उम्मेदवार बन्नुभएको थियो र विजयी बन्नु भएको थियो । अहिले नेकपाले तिलक जि.सी.लाई दिएको धम्की र चेतावनीलाई ने.क.पा. (मसाल)ले गम्भीर रूपमा लिन्छ र त्यसको कडा शब्दमा भ्रत्सना गर्दछ । नेकपा समेतसित हाम्रो पार्टीले पार्टी एकताका लागि छलफल चलाउने र तात्कालिक रूपमा सहमति भएका विषयहरूमा कार्यगत एकता समेत गर्ने निर्णय गरेको थियो ।
तर गत जेष्ठ ४ गतेको एउटा संयुक्त कार्यक्रममा परस्परमा सहमति भएका विषयहरूमा मात्र आफ्ना विचारहरू लैजाने भन्ने सहमति भएकोमा उनीहरूले त्यो सहमति वा आचार संहितालाई उल्लङ्घन गरेकोले हामीले उनीहरू समेतसित त्यस प्रकारको कार्यगत एकता वा औपचारिक भेटघाट समेतलाई स्थगित गरेका थियौँ । तर गत जेष्ठ १५ गते उनीहरू समेतसित बसेको अनौपचारिक बैठकमा हामीले ४ गते उनीहरूले आचार संहिताको उल्लङ्घन गरेको विषयमा समेत पुनरावलोकन गरेका थियौँ ।
त्यो बैठकमा का. विप्लवको नेतृत्वको नेकपाले ठाउँठाउँमा हिंसात्मक गतिविधिहरू सञ्चालन गरेको हुनाले र हाम्रो पक्षका कतिपय गाउँपालिकाहरूमा समेत कारवाही गर्ने धम्की दिने गरेकाले उनीहरूसित कार्यगत एकतामा समस्या पैदा भएको कुरा पनि बताएका थियौँ । उनीहरूसित पुनः बैठक गरेर उक्त विषयहरूमा समझदारी बनाउने ठेगान भएको थियो । अहिले उनीहरूले झिम्रुक गाउँपालिकाका अध्यक्षलाई चेतावनी दिएर पठाएको पत्र नै प्राप्त भएको हुनाले हामीले नेकपासित कुनै भेटघाट नगर्ने र उनीहरूसित कुनै कार्यगत एकता पनि नगर्ने निर्णय गरेका छौँ । तर अन्य पक्षहरू नेकपा (माओवादी क्रान्तिकारी) र का. ऋषि कट्टेलको नेतृत्वको नेकपासित भेटघाट वा कार्यगत एकता समेतबारे छलफलका लागि हाम्रो ढोका खुला रहने छ । माथि उल्लेखित झिम्रुक गाउँपालिकाका अध्यक्षलाई पठाएको पत्रमा लेखिएको छ “तपाई पनि दलाल सत्ताको कथित प्रतिनिधि पठाइएको हुँदा तपाईको राजिनामा माग गर्दछौँ ।
यद्यपि राजिनामा नदिएमा तपाईलाई जनकारवाही गर्ने चेतावनी दिन चाहन्छौँ ।” प्रथमतः राष्ट्रिय जनमोर्चाबाट निर्वाचित प्रतिनिधिलाई “तपाई पनि दलाल सत्ताको कथित प्रतिनिधि पठाइएको हुँदा” भन्ने भनाइलाई हामीले पूरै गलत मान्दछौँ र तीव्र शब्दमा त्यसको विरोध गर्दछौँ । त्यसका साथै हाम्रा कुनै प्रतिनिधिका विरुद्ध अपनाइने त्यस प्रकारको चेतावनीलाई तुरुन्त फिर्ता लिनका लागि हामीले उनीहरूलाई चेतावनी दिंदै त्यस प्रकारको कुनै कारवाही गरिएमा त्यसको कडा प्रतिरोध गर्ने समेत चेतावनी दिन्छौँ । नेकपाले स्थानीय तहका सन्दर्भमा जुन विचार अगाडि ल्याएको छ, त्यसको सन्दर्भमा हामीले यो स्पष्ट गर्न चाहन्छौँ कि वर्तमान व्यवस्था अन्तर्गतको सङ्घीय व्यवस्थालाई हामीले विरोध गर्दछौँ ।
सङ्घीय व्यवस्थाको प्रधान पक्ष सङ्घीय संरचना हो । त्यसकारण त्यो खारेज हुनुपर्दछ भन्ने हाम्रो माग रहँदै आएको छ, तै पनि तात्कालिक रूपमा त्यसलाई उपयोग गर्ने पनि हाम्रो नीति रहेको छ । सङ्घीयताका ठाउँमा प्रजातान्त्रिक विकेन्द्रियता र स्थानीय स्वायत्तशासनमाथि आधारित एकात्मक प्रणाली कायम हुनुपर्दछ भन्ने हाम्रो माग रहँदै आएको छ । स्थानीय तह प्रजातान्त्रिक विकेन्द्रियता र स्थानीय तहका महत्वपूर्ण अङ्गहरू हुन् । त्यसकारण हामीले तिनीहरूलाई अरू अधिकारसम्पन्न र सुदृढ बनाउनुपर्ने आवश्यकतामा जोड दिन्छौँ । त्यसकारण नेकपाको स्थानीय तहका जनप्रतिनिधिहरूलाई खारेज गर्ने नीतिसित हाम्रो मौलिक विरोध रहेको कुरा हामीले स्पष्ट गर्न चाहन्छौँ ।
त्यसका साथै उनीहरूमाथि गरिने कुनै पनि प्रकारको जोरजर्वजस्ती वा बलप्रयोगको कारवाही हामीलाई सह्य हुने छैन । हाम्रो पार्टीको सबै प्रतिक्रियावादी र विभिन्न दक्षिणपन्थी वा उग्र“वामपन्थी”हरूका दमन, हत्या, गुण्डागर्दी, आतङ्क समेतका विरुद्ध सम्झौताहीन प्रकारले सङ्घर्ष गर्दै आएको गौरवपूर्ण इतिहास छ । त्यस प्रकारको पृष्ठभूमिमा नेकपासित सम्बन्धित जनपरिषद्ले दिएको कुनै धम्कीका अगाडि हामीले कुनै आत्मसमर्पण नगर्ने र उनीहरूले त्यस प्रकारको कुनै कारवाही गर्ने प्रयत्न गरेमा त्यसको दृढतापूर्वक सामना गर्ने कुराको पनि हामीले घोषणा गर्न चाहन्छौँ ।
नेकपाको जनपरिषद्ले झिम्रुक गाउँपालिकालाई पठाएको पत्रमा उनीहरूका नेता कार्यकर्तालाई गिरफ्तार, बारेन्ट जारी गर्दै राज्य आतङ्क फैलाएको कुराको उल्लेख गरिएको छ । त्यस सन्दर्भमा हामीले दुईवटा कुराहरू स्पष्ट गर्न चाहन्छौँ । प्रथम, राज्यले कुनै पनि पार्टीका नेता वा कार्यकर्ताहरूलाई शान्तिपूर्ण कारवाहीका सिलसिलामा गिरफ्तार गर्ने वा बारेन्ट गरेमा हामीले त्यसको विरोध गर्दै आएका छौँ र नेकपाका नेता तथा कार्यकर्ताहरूलाई पनि शान्तिपूर्ण कार्यक्रमहरूका सिलसिलामा गिरफ्तार गर्ने वा बारेन्ट गर्ने काम गरिएमा त्यसको विरोध गर्ने हाम्रो नीति रहँदै आएको छ ।
द्वितीय, राज्यले आतङ्क मच्चाएको नाममा उनीहरूले (नेकपाले) पुनः कुनै पनि प्रकारले आतङ्क मच्चाउने नीति अपनाएमा त्यसको पनि हामीले कडा शब्दमा विरोध वा भ्रत्सना गर्ने हाम्रो नीति हुनेछ र उनीहरूसित आफ्ना त्यस प्रकारका सबै गतिविधिहरूलाई बन्द गर्नका लागि मैत्रीपूर्ण अनुरोध गर्दछौँ ।
मिति ः २०७५ जेष्ठ २० गते मोहनविक्रम सिंह महामन्त्री

सन्धिखर्क नगरपालिकाले योजना अनुगमनलाई तिब्रता दियो

गोपाल भट्टराइ अर्घाखाँची २० जेष्ठ

चालु आर्थिक वर्षको समय सकिनै लाग्दा जिल्लाकै नमुना र समृद्ध नगर बनाउने उद्घोष गरेको सन्धिखर्क नगरपालिकाले योजनाहरूको अनुगमनलाई तिब्र पारेको छ । जस अन्तरगत आज नगरको वडा नम्बर ४ र ५को वाङ्गला र ८ को किमडांडाका गरि एक दर्जन भन्दा बढि योजनाहरुको अनुगमन गरिएको सन्धिखर्क नगरपालिकाले जनाएको छ ।

अनुगमन समिति संयोजक एवम् नगर उपप्रमुख ठाकुर कुमार वि.क.कार्यकारी अधिकृत जिवन ज्ञवाली,बिषयगत इन्जिनियर सम्बन्धित वार्डका वडाध्यक्ष सहितको टोलीले अनुगमन गरेको खबरमा उल्लेख छ । अनुगमनको क्रममा टोलीले जनता अधारभुत विद्यालय किमडांडाको भौतिक र शैक्षिक प्रगति बिबरणको समेत जानकारी लिएको छ ।

विद्यालयको स्थलगत निरिक्षण गर्दै नगर उप–प्रमुख वि.क.ले भ्रष्टचारलाई शुन्य सहनशिलताको निति अवलम्बन गरि उपलब्ध स्रोतसाधनलाई उचित सदुपयोग गरि समृद्ध नगर बनाउने आफुहरुको योजना सुनाउंदै सबैले सहयोग गर्नुपर्नेउमा जोड दिनुभएको छ । कार्यक्रममा विद्यालय ब्यबस्थापन समिति अध्यक्ष शिव पोख्रेल र प्र.अ.कमल प्रसाद गैरेले विद्यालयको पूर्व अवस्था र अहिलेको प्रगति बारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

गाई मारेको अभियोगमा १२ वर्षको कैद

प्रेमनारायण आचार्य जेष्ठ २१ अर्घाखाँची – भूमिकास्थान नगरपालिका वडा नम्बर–२, मा गाईको हत्या गर्ने  एक जनालाइ १२ वर्ष जेल सजायको फैसला भएको छ ।

भाटेपोखरा निवासी यमबहादुर खत्रीलाई तीनवटा गाई मारेको अभियोगमा १२ वर्षको जेल सजाय तोकिएको हो । स्थानिय छिमेकी बलदेब भाटको जाहेरीका आधारमा खत्रीलाई गोठमा बाँधेका १ रातो र २ कालो गाईलाई बन्चरोले टाउकोमा प्रहार गरी हत्या गरेका अभियोगमा ज्ञद्द वर्ष कैद सुनाइएको हो ।

मुलुकी ऐन चौपाया महलको १ नम्बर र ११ नम्बर बमोजिम खत्रीलाई कारबाही गरिएको हो । खत्रीलाई अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश रामचन्द्र पौडेलको इजलासले १२ वर्ष कैदको फैसला गरेको अर्घाखाँची जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेले जानाकारी दिनुभयो ।  source:ujyaaloonline