अर्घाखाँचीमा भारतीय महिलालाई नागरिकता दिलाउने नक्कली बाबु आमा सहित, वडा अध्यक्ष पक्राउ

प्रेम नारायण आचार्य असार,८ अर्घाखाँची

झुटो विवरण पेश गरी भारतीय महिलाले बंशजको नागरिकता लिएपछि शितगंगा नगरपालिका १३ का वडाअध्यक्ष सहित तीनजना पक्राउ परेका छन् । वडा नम्वर १३ सिमलपानीका चुडामणि भाट क्षेत्रीले श्रीमती भारतीय महिला सीता भाट क्षेत्रीलाई नेपाली नागरिकता बनाउन झुठो विवरण दिएको भन्दै कर्णबहादुर भाट क्षेत्री, मनि भाट क्षेत्री र वडाअध्यक्ष दुर्गाबहादुर बिसीलाई प्रहरीले पक्राउ गरेको हो ।

भारतीय महिलालाई नागरिकता प्रमाणपत्र दिलाउन कर्णबहादुर भाट क्षेत्रीले बुवा र मनि भाट क्षेत्रीले आमा बनेर झुटो विवरण पेश गरेर कीर्ते गरी नागरिकता दिलाएको भेटिएपछि उनीहरुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले जानकारी दिनुभयो । बुबा आमाको नाता कायम गरी वडाध्यक्ष बिसीले जन्म दर्ताको प्रमाणपत्र समेतको सिफारिस लिई वंशजको आधारमा मिति २०७४ साउन २३ गते नेपाली नागरिकताको प्रमाणपत्र बनाएका थिए । नक्कली नागरिकता बनाउन लगाउन योजना बनाउने चुडामणि भाट क्षेत्री भने फरार छन् ।

Advertisement

भगवती मावी शंखेटारीमा भेटघाट कार्यक्रम सम्पन्न, शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने रायमाझीको भनाई

शोभाखर पन्थी,असार ७ अर्घाखाँची
शंखेटारी, अर्घाखाँची असार ७ । पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् । मूलुकमा राजनैतिक परीवर्तन भएपनि शैक्षिक क्षेत्रमा सुधारहुन नसकेको उनको भनाई छ ।
निःशुल्क रुपमा शिक्षा आर्जनगर्न पाउनु बालबालिकाको नैसर्गिक अधिकार भएपनि भौगोलिक बिकटता,आर्थिक बिपन्नता र जनचेतनाको कमिका कारण बालबालिकाहरु उचित शिक्षा लिन बाट बञ्चित भएको उनले बताए । शिक्षा क्षेत्रमा व्यापारीकरण को अन्त्यहुनुपर्नेमा उनले जोडदिए ।
भगवती माध्यमिक बिद्यालय सन्धिखर्क २ शंखेटारीद्वारा आयोजित कार्यक्रममा मन्तव्य राख्दै रायमाझीले गरिब बालबालिकाहरु शिक्षा आर्जन गर्नबाट बन्चित हुनु मूलुकको लागि निक्कै दुर्भाग्य पुर्ण भएको बताउँदै  पैसा नभएर पढ्न नपाउने र पैसा कै भरमा डिक्रि हासील गर्ने परीपार्टीको अन्त्यगर्ने दाबी गरे । राज्यले लगानी गरे अनुसार शिक्षा क्षेत्रमा उपलब्धि हासील हुन नसकेको धारणा राख्दै उनले सामुदायीक बिद्यालयको सुधारमा बिशेष पहल गर्नुपर्नेमा जोडदिए ।जनवादी, बैज्ञानिक र व्याबसायीक शिक्षाको लागि आफूले पहल गरिरहेको उनको भनाई थियो ।
अर्घाखाँची जिल्लाका बिजयी सांसद समेत रहेका रायमाझीले जिल्लाको बिकास र सम्बृद्धिको लागि आफु निरन्तर खटेको बताए । सबैको साथ र सहयोग पाए जिल्ला लाई देशकै नमुना जिल्ला बनाएर देखाउने उनको दाबी थियो ।
कार्यक्रममा मन्तव्य राख्दै सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बि.क.किशोरले मूलुकमा राजनैतिक परीवर्तन भएपनि जनताको जिबनस्तरमा कुनै सुधार हुन नसकेको बताए । शिक्षा,स्वास्थ्य लगायत जनताका आधारभूत आवस्यकताका कुराहरु पूर्णरुपमा निःशुल्क हुनुपर्नेमा उनको जोड थियो । उपप्रमुख बि.क.ले शैक्षिक गुणस्तर बृद्धिको लागि स्थानीय सरकारले बिशेष कार्यक्रम ल्याउने बताउँदै आ आफ्नो क्षेत्र बाट सहयोग गर्न आग्रह समेत गरे ।
बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष शिबहरी पौडेलको अध्यक्षता र शोभाखर पन्थीको संचालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिका वार्ड नं.२ का वार्ड अध्यक्ष मोतीजङ्ग रायमाझी, बिद्यालयका प्र.अ. श्याम बहादुर भुसाल, समाजसेवी काजिमान रायमाझी, तुल्सीराम गैरे लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।