सन्धिखर्क एफएम
असोज ८, २०७७ अर्घाखाँची
बिगत तीन दिन देखि लगातार परेको अविरल वर्षाका कारण गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको दह खोलामा गएराति ठूलो पहिरो जादाँ सडक अवरुद्ध भएको छ । सडकखण्डको विभिन्न ठाउँमा स–साना पहिरो गएपनि दह खोलामा गएराति ठूलो पहिरो झरेको हो । सडक अवरूद्द भएपछि बिरामी बोकेका एम्बुलेन्स समेत रोकिएका छन् । मालवाहक, निजी तथा सार्वजनिक सवारी साधनहरू पनि बीच बाटोमा अलपत्र परेका छन् । यात्रुहरू बिच बाटोमा अलपत्र परेका छन् । बिहीबार बिहानैदेखि पहिरो हटाउने प्रयास भइरहेपनि पहिरो निकै ठूलो भएकाले सडक खुलाउन समय लाग्ने प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो ।