एकैदिन अहिलेसम्मकै धेरै १५३९ जनामा काेराेना सङ्क्रमण, १०६८ जना डिस्चार्ज

भदौ ३१, काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५८ हजार तीन सय २७ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार पाँच सय ३९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा १० हजार चार सय ९४ जनाकाे पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ३९ जनामा सङ्क्रमण देखिएकाे हाे । गएकाे २४ घण्टामा एक हजार ६८ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ४१ हजार सात सय ६ पुगेको छ ।  

अब नेपालमा १६ हजार दुई सय ४२ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै सात हजार आठ सय २० जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ७९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।  

Advertisement

राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको आज शल्यक्रिया हुने

असोज १, काठमाण्डाै – दुर्घटनामा गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको आज शल्यक्रिया गरिने भएको छ । आईसीयूमा उपचाररत भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेकाले आज बिहान शल्यक्रिया गर्न लागिएको ग्राण्डी अस्पतालले जनाएको छ । शरिर भित्रको चोट सुधार भएको र सबै रिपोर्टहरु राम्रो आएकाले आज बिहान दायाँ हात र खुट्टाको शल्यक्रिया गरिने भएको हो ।

गएको आइतबार कञ्चनपुरको झलारीमा भण्डारी रहेको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो । तत्काल धनगढीको निसर्ग अस्पताल, बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा सामान्य उपचारपछि हेलिकोप्टरमार्फत् काठमाण्डौ ल्याएर ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।

६ महिनापछि लामो दूरीका सार्वजनिक गाडी चल्दै

असोज १, २०७७ बिहिबार काठमाण्डाै – झण्डै ६ महिनापछि आजदेखि लामो दूरीका सार्वजनिक गाडी चल्दैछन् । गएको सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार आजदेखि लामो दूरीका सार्वजनिक गाडी चल्न लागेका हुन् ।

आज विश्वकर्मा पूजा गरेपछि गाडी चलाउने यातायात व्यवसायीले बताएका छन् । सार्वजनिक गाडी चलाउँदा सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्नेछ । यात्रुले स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नु पर्नेछ ।

यस्तै भौतिक दूरी कायम गरी सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने छ । सरकारले तोकेको भाडामा अधिकतम ५० प्रतिशत बढीसम्म लिन पाइनेछ । खाजा र खाना खाने ठाउँमा पनि भौतिक दूरीको ख्याल गर्नु पर्नेछ ।

अर्घाखाँचीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टी,संक्रमितको संख्या ३८२ पुग्यो ।


श्याम घिमिरे
भदौ,३१ अर्घाखाँची–

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ३८२ पुगेको छ । पछिल्लो २४ घण्टामा शितगंगा नगरपालीका वडानम्वर ७ का ७ जना र वडानम्वर १० का १ जना गरी ८ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो संक्रमितमध्ये ७ जना संस्थागत क्वरेन्टीनमा रहेका थिए भने १ जना होम क्वरेन्टीनमा रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । हालसम्म सन्धिखर्क नगरपालीकामा ७० जना, ,शितगंगा नगरपालीकामा ८० जना ,भुमिकास्थान नगरपालीकामा १२० जना, मालारानी गाउँपालीकामा ७० जना, पाणिनि गाउँपालीकाबाट १४ जना र छत्रदेब गाउँपालीकामा २८ जना गरी जम्मा ३८२ जना कोरोना संक्रमित भएका छन ।

यस्तै हालसम्म सन्धिखर्क नगरपालीकाबाट ५६ जना, ,शितगंगा नगरपालीकाबाट ६६ जना ,भुमिकास्थान नगरपालीकाबाट ११६ जना, मालारानी गाउँपालीकाबाट ६९ जना, पाणिनि गाउँपालीकाबाट १४ जना र छत्रदेब गाउँपालीकाबाट २८ जना गरी जम्मा ३४९ जना डिस्चार्ज भएका छन ।

अहिले जिल्लाका बिभिन्न आईसोलेशनमा २९ जना सक्रिय संक्रमितहरु उपचाररत रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा १४ जना, शितगंगा नगरपालीकामा १२ जना र भुमिाकस्थान नगरपालीकामा ३ जना गरी जम्मा २९ जना संक्रमितहरु बिभिन्न आईसोलेशनमा रहेका छन । कुल संक्रमित मध्ये ४ जनाको यसअघि ज्यान गईसकेको छ ।

यसैबिच बुधवार दिउँसोसम्म जिल्लामा १९७ जना संस्थागत क्वरेन्टीन र १०४ जना होम क्वरेन्टीनमा गरी जम्मा ३०१ जना व्यक्तिहरु बिभिन्न क्वरेन्टीनमा रहेका छन् । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट ७ जना,शितगंगा नगरपालीकाबाट ६ र भुमिकास्थान नगरपालीकाबाट ९ जना गरी जम्मा २२ जना व्यक्तिहरु बिभिन्न क्वरेन्टीनबाट डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ ।