श्याम घिमिरे
भदौ १७ अर्घाखाँची-
अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ३५५ पुगेको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीका वडानम्वर ६ का १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टी भएसंगै संक्रमितको संख्या ३५५ पुगेको हो । रुपन्देहीमा उपचारककोलागी गएका उनमा चेक गराउदा कोरोना पोजेटिभ देखीएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । हालसम्म संक्रमित मध्ये ३२७ जना संक्रमणमुक्त भएका छन । हाल सन्धिखर्क नगरपालीकामा १३ जना ,शितगंगा नगरपालीकामा २ जना ,भुमिकास्थान नगरपालीकामा ८ जना र मालारानी गाउँपालीकामा २ जना गरी जम्मा २५ जना सक्रिय संक्रमितहरु बिभिन्न आइसोलेसनमा रहेका छन् ।
यसैबिच आज दिउँसोसम्म ६७ जना व्यक्तिहरु जिल्लाका बिभिन्न क्वरेन्टीनमा रहेका छन् । पछिल्लो २४ घण्टामा भुमिकास्थान नगरपालीकाको क्वरेन्टीनमा २ जना मात्रै थपिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ ।
