गोपालप्रसाद भट्टराई
अर्घाखाँची, १० असोज – अर्घाखाँचीमा बोइलर कुखुराको मासुको मूल्य घटेको छ । केही समयदेखि प्रति केजि ३ सय रुपैयाँमा कारोबार हुँदै आएको बोइलर कुखुराको मासु अबदेखि प्रति केजि २ सय ४० रुपैंयामा उपभोक्ताले किन्न पाउने भएका हुन् ।
अहिले जिउँदो कुखुराको मुल्य घट्नुको साथै चार्डपर्वलाई लक्षित गरि मासुको मुल्य घटाइएको मासु ब्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष पुरन बर्माले जानकारी दिनुभएको छ ।
निश्चित मापदण्डअनुसार जिउँदो कुखुराको मुल्य घट्दा मासुको पनि मुल्य घटाएर र कुखुराको मुल्य बढ्दा मासुको मुल्य बढाएर कारोबार गर्ने संस्थाको नियमानुसार मासुको मुल्य समायोजन गरिएको मासु ब्यवसायी संघ अर्घाखाँचीका महासचिव रामु केसीको भनाई छ ।
सरकारले लामो समय लकडाउन गर्दा पसल बन्द भएपछि फार्ममा रहेका कुखुरा बिक्रि गर्न अप्ठ्यारो परेकोले जिउँदो कुखुराको मुल्य घटेको अवस्थामा आउँदै गरेका चाडपर्वलाई लक्षित गरि कुखुराको मासु प्रतिकेजी २ सय ४० रुपैयाँमा कारोबार गर्न संस्थाले मातहतका पसलहरुलाई आग्रह समेत गरेको छ ।