श्याम घिमिरे
असोज २, अर्घाखाँची –
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप एकजनामा कोरोना संक्रमण पुष्टी भएको छ । उपचारकालागी काठमाण्डौ गएका सन्धिखर्क नगरपालीका वडानम्वर ४ का एकजनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ३८९ पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म ३५२ जनाले कोरोनालाई जितेर घरफर्किएका छन । अहिले जिल्लाका बिभिन्न आईसोलेशनमा ३३ जना सक्रिय संक्रमितहरु उपचाररत रहेका छन । संक्रमित मध्ये यसअघि ४ जनाको ज्यान गईसकेको छ ।
यसैबिच सुक्रबार दिउँसोसम्म जिल्लामा २०६ जना संस्थागत क्वरेन्टीनमा र ११० जना होम क्वरेन्टीनमा गरी जम्मा ३१६ जना व्यक्तिहरु बिभिन्न क्वरेन्टीनमा रहेका छन् । पछिल्लो २४ घण्टामा भुमिकास्थान नगरपालीकामा ४ जना व्यक्तिहरु क्वरेन्टीनमा थपिएका छन भने सन्धिखर्कबाट ४ जना र शितगंगाको क्वरेन्टीनबाट १० जना गरी जम्मा १४ जना डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ ।
