सन्धिखर्क नगरपालिकाद्धारा निर्माणाधीन कुलो र मोटरबाटोको अनुगमन


श्याम घिमिरे
असोज ११ सन्धिखर्क–
सन्धिखर्क नगरपालिकाले नगरपालिका भित्र सुचारु भएका बिभिन्न विकास निर्माणका गतिविधि र योजनाहरुको अनुगमन कार्यलाई तिब्रता दिएको छ । नगरपालीकाबाट बिनियोजित भएका बिभिन्न भौतिक पूर्वाधार र अन्य विकास निर्माणको कामको प्रभावकारिताको मूल्यांकन गर्दे विकास निर्माणलाई तीव्रता दिन अनुगमन कार्यलाई निरन्तरता दिईएको नगरपालीकाका उपप्रमुख ठाकुर कुमार बिकले बताउनु भयो । सोही क्रममा बिक सहीतको अनुगमन टोलिले सनिवार सन्धिखर्क नगरपालिका वडानं. ७ को सिंचाई कुलो तथा वडा नं. १० को मोटर वाटोको स्तर उन्नति कार्य ,खानेपानी र बर्षादको कारण पोखेडाँडा स्थित भत्किएका विभिन्न घरहरुको अनुगमन तथा निरिक्षण गरेको उपप्रमुख बिकले जानकारी दिनुभयो ।

अनुगमन समितिका संयोजक समेत रहनुभएका बिकले जनतालाई प्रत्यक्ष फाईदाहुने खालका योजनाहरुमा नगरपालिकाले बजेट बिनियोजन गरेका भन्दै कामलाई प्रभाबकारी रुपमा छिटो र गुणस्तरीय तरीकाबाट सम्पन्न गर्न उपभोक्ता र सरोकारवाला निकायलाई निर्देशन पनि दिनु भयोे । बिकले गुणस्तरीय काम नगर्ने जो कहिलाई पनि रकम भुक्तानी नगर्ने समेत बताउनु भयो ।

अनुगमनमा उपप्रमुख बिक सहीत शाखा अधिकृत मञ्जु खनाल , ईन्जिनियर प्रमोद केसी ,वडानं .१० का वडाअध्यक्ष लक्ष्मीनारायण चुँदाली , सव ईन्जिनियर सावित्रा ठडाराई, वडानं.७ मा वडा सदस्य बिष्णु प्रसाद भुसाल, स्थानीय उपभोक्ता लगायतको सहभागीता रहेको उपप्रमुख बिकले जानकारी दिनुभयो ।

Advertisement

शितगंगाका पहिरो पिडितको उद्धारमा नेपाली सेना


श्याम घिमिरे
असोज ११ अर्घाखाँची –
शितगंगा नगरपालीका वडानं.१२ को कोठिया मैदानको जोख्लेगैरा ईलाकामा पहिरोको कारण क्षति भएका ३५ घरका सर्वसाधारणहरुलाई अर्घाखाँचीमा रहेको नेपाली सेनाको रामबाण गुल्मले सहयोग र उद्धार गरेको छ । रामबाण गुल्मका गुल्मपति सेनानी अशोक कुमार क्षेत्रीको कमाण्डमा त्यहाँ पुगेको टोलीले पहिरोका कारण पुर्णरुपमा क्षति भएका ८ घरहरुको सर–सामान निकाली उनिहरुलाई सोही वडामा रहेको गौरा मावि रजियामा ल्याई सुरक्षित राखेको गुल्मपति क्षेत्रीले जानकारी दिनुभएको छ ।

यस्तै क्षति भएका अन्य घरहरुका सर–समान र पशुचौपायाहरुलाई समेत सुरक्षित साथ निकान्नुको साथै पहिरो पिडितहरुलाई आश्रय लिनको लागि आ–आफ्नो आफन्तहरुको घरमा बस्ने व्यवस्था पनि मिलाईएको गुल्मले जनाएको छ । नेपाली सेनाले जिल्लामा बिपद् र दैबिप्रकोपको समयमा सराहनीय काम गर्नुको साथै जिल्लाका बिभिन्न स्थानमा पुगी बृक्षारोपण,सरसफाई तथा सचेतनामुलककार्य र सामाजीक कार्यमा अग्रहणी भुमिका निर्वाह गर्दे आईरहेको छ ।