अर्घाखाँचीमा बिहिवार २ जनामा कोरोना संक्रमण पुष्टी, २ जनाले कोरोनालाई जिते

श्याम घिमिरे
भदौ २५ अर्घाखाँची-

अर्घाखाँचीमा बिहिवार २ जना कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा शितगंगा नगरपालीका वडानं. ३ र ४ का १/१ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यस संगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ३६९ पुगेको छ । आज पुष्टी भएका दुबैजना संक्रमित समुदाय स्तरका रहेको जनाईएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा मालारानी गाउँपालीकाको आईसोलेशनबाट २ जना कोरोना संक्रमणमुक्त भएसंगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३४० पुगेको छ । हाल सन्धिखर्क नगरपालीकामा १८ जना ,शितगंगा नगरपालीकामा ४ जना र भुमिकास्थान नगरपालीकामा ३ जना गरी जम्मा २५ जना सक्रिय संक्रमितहरु बिभिन्न आइसोलेसनमा रहेका छन् ।

यसैबिच आज दिउँसोसम्म १३६ जना व्यक्तिहरु जिल्लाका बिभिन्न क्वरेन्टीनमा रहेका छन् । पछिल्लो २४ घण्टामा शितगंगा नगरपालीकामा १० जना र भुमिकास्थान नगरपालीकामा ३ जना गरी जम्मा १३ जना बिभिन्न क्वरेन्टीनमा थपिएकोे जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ ।

Advertisement

२४ घण्टामा १२४६ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या ५० हजार नाघ्याे

भदौ २५, काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५० हजार चार सय ४६  पुगेकाे छ । गएको २४ घण्टामा एक हजार दुई सय ४६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा ११ हजार एक सय ४४ जनाकाे पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार दुई सय ४६ जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाे हाे । यस्तै गएको २४ घण्टामा एक हजार आठ सय १८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ३५ हजार सात सय पुगेको छ ।  

अब नेपालमा १४ हजार चार सय ४८ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै पाँच हजार आठ सय ६ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा पाँच जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय १७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

संक्रमित संख्या ५० हजार नाघ्‍यो, आज थपिए १२ सय ४६

भदौ २५, २०७७ काठमाडौं : बितेको २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा   १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन्। बिहीबार थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ। कुल संक्रमित संख्या ५० हजार ४ सय ६५ पुगेको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन्।  कुल डिस्चार्ज हुनेको संख्या ३५ हजार सात सय पुगेको छ। यो संख्या कुल संक्रमितको ७१ प्रतिशत रहेको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए। देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ।