देशभर १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण, सबैभन्दा बढी प्रदेश २ मा

 भदौ २९ काठमाण्डाै – नेपालमा अहिलेसम्म एक सय दुई जना पत्रकारमा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिम बाहेक बाँकी ६ प्रदेशका एक सय दुई जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश नम्बर २ मा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेश १ मा १७, वाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा १५, प्रदेश ५ मा १२ र कर्णाली प्रदेशमा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको महासङ्घका सचिव प्रकाश थापाले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये केही निको भइसकेका छन् भने केही उपचाररत अवस्थामा रहेको उहाँको भनाइ छ । source:ujyaalo

Advertisement

क्रिकेटर ललित भण्डारीलाई काठमाण्डौ ल्याइयो

भदौ २९, काठमाण्डौ – आइतबार कञ्चनपुरको झलारीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित सिंह भण्डारीलाई थप उपचारको लागि काठमाण्डौ ल्याइएको छ । 

नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले भण्डारीको थप उपचारका लागि सिम्रिक एअरको हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । 

कप्तान मल्लले भण्डारीको सहयोगका लागि खेलाडीले साथ दिने बताएका छन् । साथै उनले उपचारका लागि थप सहयोग गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । ललितको उपचारका लागि नेपाल क्रिकेट सङ्घले समन्वय र सहयोग गर्ने जनाएको छ । 

सोमबार अध्यक्ष चतुरबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा सङ्घको तर्फबाट समन्वय र सहयोग रहने प्रतिबद्धता रहने जनाएका छन् । ललित आइतबार साँझ ट्रकको ठक्करबाट घाइते भएका थिए । उनलाई धनगढीको निसर्ग अस्पतालमा उपचार गरिएको थियो । धनगढीबाट उनलाई आइतबार राति कोहलपुर ल्याइएको थियो । कोहलपुरमा उपचारपछि उनी खतरामुक्त भएका थिए ।

कोहलपुरमा गरिएको अपरेशनमा ललितको दायाँ खुट्टा र दायाँ हातको नाडीमा फ्याक्चर देखिएको छ । अपरेसनका लागि उनलाई काठमाण्डौ ल्याइएको हो ।  source:ujyaaloonline

जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चकाे अल्पकालीन अन्तरिम आदेश

भदौ २९,काठमाण्डाै – सर्वोच्च अदालतले सरकारले गरेको जग्गाको कित्ताकाट फुकुवासम्बन्धी निर्णय कार्यान्वयन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता नवराज पाण्डे, सन्तोष भण्डारी र सुजन नेपालले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयलाई विपक्षी बनाइ दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको सर्वाेच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै रिट निवेदक र सरकार दुवै पक्षलाई असोज ८ गते छलफलमा बोलाएको छ । असोज ८ गते छलफल हुने भएकोले त्यस बेलासम्मका लागि निर्णय कार्यान्वयनमा रोक लागेको प्रवक्ता पोखरेलले बताउनुभयो ।

२०७४ साउन २६ गते भूमि व्यवस्था मन्त्रालयले प्लटिङ गर्न स्वीकृति लिएको र अंशबण्डा गर्ने बाहेक जग्गा कित्ताकाटमा रोक लगाएको थियो । तर गएको १८ गते मन्त्रिस्तरकै निर्णयले २०७४ साउन २६ गतेको निर्णय बदर गर्दै कित्ताकाट फुकुवा गरेको थियो । source:ujyaaloonline 

अर्घाखाँचीमा थप १ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ३७१ पुग्यो । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाको आईसोलेशनबाट ६ जना डिस्चार्ज ।।

श्याम घिमिरे
भदौ,२९ अर्घाखाँची–

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ३७१ पुगेको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीका वडानम्वर ९ का १ जनालाई कोरोना संक्रमण पुष्टी भएसंगै जिल्लामा संक्रमितको संख्या ३७१ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाको आईसोलेशनबाट ६ जना डिस्चार्ज भएका छन । यससंगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३४९ पुगेको छ । हालसम्म सन्धिखर्क नगरपालीकाबाट ५६ जना, ,शितगंगा नगरपालीकाबाट ६६ जना ,भुमिकास्थान नगरपालीकाबाट ११६ जना, मालारानी गाउँपालीकाबाट ६९ जना, पाणिनि गाउँपालीकाबाट १४ जना र छत्रदेब गाउँपालीकाबाट २८ जना गरी जम्मा ३४९ जना डिस्चार्ज भएका छन ।

अहिले जिल्लाका बिभिन्न आईसोलेशनमा १८ जना सक्रिय संक्रमितहरु उपचाररत रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा १४ जना र शितगंगा नगरपालीकामा ४ जना गरी जम्मा १८ जना संक्रमितहरु बिभिन्न आईसोलेशनमा रहेका छन । कुल संक्रमित मध्ये ४ जनाको ज्यान गईसकेको छ ।

यसैबिच सोमवार दिउँसोसम्म १७४ जना संस्थागत क्वरेन्टीन र ११५ जना होम क्वरेन्टीनमा गरी जम्मा २९१ जना व्यक्तिहरु जिल्लाका बिभिन्न क्वरेन्टीनमा रहेका छन् । पछिल्लो २४ घण्टामा शितगंगा नगरपालीकामा ४ र भुमिकास्थान नगरपालीकामा २५ जना गरी जम्मा २९ जना बिभिन्न क्वरेन्टीनमा थपिएका छन शिगगंगा नगरपालीकाको बिभिन्न क्वरेन्टीनबाट ३० जना डिस्चार्ज भएकोे जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ ।

राजमो नेता पन्थीको ब्यक्तिगत चरित्र हत्या गरेको भन्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्धारा आपत्ति प्रकट

गोपाल भट्टराई भाद्र २९ अर्घाखाँची –

विप्लब निकट नेकपा भूमिकास्थान नगर समितिले आफ्ना नेता बाबुराम पन्थीको ब्यक्तिगत चरित्र हत्या गरेको भन्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आपत्ति प्रकट गरेको छ । राष्ट्रिय जनमोर्चाका जिल्ला अधयक्ष थम्मन के.सी.द्धारा जारि विज्ञप्ती मार्फत यस्तो आपत्ति प्रकट गरिएको हो । नेकपा भूमिकास्थान नगर समितिका इन्चार्ज बारुदको नाममा यहि भाद्र २५ गते जारी प्रेस विज्ञप्तिमा राष्ट्रिय जनमोर्चाका ५ नं प्रदेश सदस्य, जिल्ला सचिव र भूमिकास्थान न.पा. वडा नं ४ का वडा अध्यक्ष वावुराम पन्थिलाई तिन लाख बयासि हजारको फर्जि विल बनाई योजनामा अनियमितता गरेको भनि अमुर्त संदेश दिएको प्रति आफुहरुको गम्भिर आपत्ति रहेको राजमोको विज्ञप्तीमा भनिएको छ ।

जिम्मेवार राजनैतिक दलले हाम्रा पार्टिका जिम्मेवार नेतालाई भ्रामक प्रेस विज्ञप्ति जारी गरेर जनतालाई भ्रम श्रृजना गर्ने कार्य गर्नु निन्दनिय भएको हाम्रो पार्टिको ठहर छ,अध्यक्ष के.सी.ले विज्ञप्तीमा भन्नुभएको छ,त्यस्ता भ्रामक टिप्पणीको कडा शब्दमा भ्रत्सना गर्दै राजमो अर्घाखाँचीले गम्भिर खेद प्रकट गदर्छौँ । हचुवाको भरमा बिना प्रमाण फर्जिविल बनाई योजनामा अनियमितता भएको भनि जोडेको अमुर्त संदेश दिएर के उपलब्धी हासिल गर्न खोजेको हो ?भन्दै अध्यक्ष के.सी.ले प्रति प्रश्न गर्दै भन्नुभएको छ ।

हामि आश्चर्य चकित भएका छौं । आफुलाई क्रान्तिकारी भनेर जनताका लागी लागेको भनिएको पार्टि जसलाई हामी मित्र शक्ति भन्दछौँ उसैले यस्ता अनगर्ल प्रचार गर्नुले उक्त पार्टीले कस्को पृष्ट पोषण गरेको हो भन्ने विषयमा हामी नतमनस्क भएका छौँ । विज्ञप्तीमा भनिएको छ ।हामी हाम्रा जिम्मेवार कमरेड माथी लगाईएको आरोप निराधार हो भनेर जोड दिदै यदी साँच्चिकै प्रमाणित रुपमा अनियमितता गरेको भए प्रमाणित गर्न उक्त पार्टिलाई चुनौंति समेत दिन्छौं अध्यक्ष के.सी.ले भन्नुभएको छ ।

भूमिकास्थान लगायत जिल्लाका सबै पालिकामा भएका अनियमितताका बिरुद्ध संघर्ष गर्नु हाम्रो पनि दायित्व हो । जिल्लामा भएका थुप्रै समस्याहरु र अनियमितताका बिरुद्ध राष्ट्रिय जनमोर्चाले लगातार संघर्ष गरेको गौरवपुर्ण ईतिहास रहिआएको अर्घाखाँचीबासिलाई सर्वबिदितै छ । अगाडि भनिएको छ त्यसैले यस्ता कपोकल्पित भ्रममा नपर्न भूमिकास्थान,अर्घाखाँचीबासि र सम्पुर्ण न्यायप्रेमी जनसमुदायलाई हार्दिक अनुरोध गर्दछौं ।