अर्घाखाँची कारागारमा कैद भुक्तान गरिरहेका एक व्यक्तीको मृत्यु

भदौ २१ अर्घाखाँची – जिल्ला कारागार अर्घाखाँचीमा कैद भुक्तान गरिरहेका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।चोरी मुद्दामा कैद भुक्तान गरिरहेका रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ का ४६ वर्षीय कैदी विजय भनिने रामप्रसाद पाण्डेको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको कारागारका निमित्त जेलर कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार मृतक पाण्डेलाई मुटुको समस्या थियो ।

शनिवार साँझ उनको शरीर एक्कासि सुन्निन थालेपछी अर्घाखाँची अस्पतालमा उपचारका लागी लगिएको थियो । अस्पतालले स्वास्थ्य अवस्था जटिल रहेको बताएपछी उनलाई थप उपचारका लागि शनिवार साँझ नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगीएको थियो । उपचारकै क्रममा उनलाई राती १ बजे चिकित्सकले मृत घोषणा गरेका निमित्त जेलर आचार्यले बताए । source:lumbinipost.com

Advertisement

अर्घाखाँचीमा आज एकैदिन ११ जनामा कोरोना संक्रमण पुष्टी, ५ जनाले कोरोनालाई जितेर घर फर्के


श्याम घिमिरे
भदौ २१ अर्घाखाँची-

अर्घाखाँचीमा आज एकैदिन ११ जना कोरोना स्रंक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ११ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यस संगै जिल्लामा संक्रमितको संख्या ३६७ पुगेको छ । आज पुष्टी भएका ११ जना संक्रमित मध्ये ४ जना समुदाय स्तरका रहेका छन भने बाँकी ७ जना जनज्योति माबिको क्वरेन्टीनमा रहेका छन ।

यस्तै पछिल्लो २४ घण्टामा भुमिकास्थानको आईसोलेशनबाट ५ जना कोरोना संक्रमणमुक्त भएसंगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३३२ पुगेको छ । हाल सन्धिखर्क नगरपालीकामा २४ जना ,शितगंगा नगरपालीकामा ३ जना ,भुमिकास्थान नगरपालीकामा ३ जना र मालारानी गाउँपालीकामा २ जना गरी जम्मा ३२ जना सक्रिय संक्रमितहरु बिभिन्न आइसोलेसनमा रहेका छन् ।

यसैबिच आज दिउँसोसम्म ८८ जना व्यक्तिहरु जिल्लाका बिभिन्न क्वरेन्टीनमा रहेका छन् । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ६ जना र भुमिकास्थान नगरपालीकामा ६ जना गरी जम्मा १२ जना बिभिन्न क्वरेन्टीनमा थपिएका छन भने शितगंगाबाट २ जना र भुमिकास्थानको क्वरेन्टीनबाट १ जना गरी जम्मा ३ जना डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कोरोनाले उजाडिएको परिवार, २८ दिनभित्र तीन जनाको मृत्यु ,दुई छोरीलाई कोरोनाले लग्यो, बाबुलाई कालगतिले

भदौ २१, २०७७ विराटनगर : कोरोना संक्रमणका कारण विराटनगरको एक परिवार नै उजाडिएको छ। २८ दिनको अवधिमा एकै परिवारको तीन जनाको मृत्य भएपछि परिवार नै उजाडिएको हो। बुबाको कालगतिले मृत्यु भएपनि दुई छोरीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। विराटनगर–११ एक परिवारका मुख्य सदस्य ७० बुबाको गएको साउन २३ गते घरमै मृत्यु भएको थियो।

बुबाको मृत्यु भएको २० दिनपछि कान्छी छोरी र त्यसको ठिक १० दिनपछि ठूली छोरीको पनि मृत्यु भएको छ। उनीहरु दुबैको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। मृत्यु भएका दुबै छाेरी कोरोना संक्रमित भएको विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की बताए। ‘सामान्य स्वास्थ्य समस्याका कारण बुबाको मृत्यु कालगतिले नै भएको थियो’ स्वास्थ्य महाशाखा प्रमुख कार्कीले भने,‘बुबाको मृत्यु संस्कारको काम सकिएको सात दिन नबित्दै ज्यान गयो।’ घरकी जेठी छोरीको पनि गएको शुक्रबार धरानमा मृत्यु भएको छ।

उनीहरु दुबैको मृत्युको कारण कोरोना संक्रमण भएका कारण रहेको कार्कीले बताए। स्थानीयका अनुसार ७० वर्षीय बुबाको साउन २३ गते घरमै निधन भएको थियो। उनको निधन भएको २८ दिन भित्र कोरोनाबाट संक्रमित बनेका दुई छोरीको पनि मृत्यु भएको हो। वृद्धको मृत्यु भएको २० दिनपछि भदौ ९ गते राति ४०  वर्षीय छोरी र भदौ १९ अर्की छोरीको पनि मृत्यु भएको हो। बाबुको मृत्यु संस्कारको काममा बसेकी ४० वर्षीया कान्छी छोरीमा कामकै बीचमा ज्वरो आउने, छाति दुख्ने लगायत समस्या देखिएको थियो।

काममा बसेका बेला स्वास्थ्यमा समस्या आएपनि समयमै उपचार नहुँदा उनमा पछि निमोनिया देखिएको थियो। कान्छी छोरीको स्वास्थ्यमा निकै समस्या आएपछि अन्तिम अवस्थामा विराट शिक्षण अस्पतालमा पुर्याइएकी उनको उपचारका क्रममा भदौ ९ गते मृत्यु भएको थियो। विराटनगर–१५ मिल्स एरिया घर भए पनि उनी विराटनगर–११ स्थित माइतीमै बस्दै आएकी थिइन्। त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत उनकै ४३ वर्षीया दिदीको पनि शुक्रबार साँझ मृत्यु भएको छ।

पेट र छाति दुख्ने तथा श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको न्यूरो अस्पतालले संक्रमित महिलालाई थप उपचारका लागि प्रतिष्ठान पठाएको थियो। छिमेकीका अनुसार  मृतक जेठी छोरी विवाह नगरिकन माइतीमै बस्दै आएकी थिइन्।  भदौ १६ गते स्वास्थ्यमा समस्या देखिएपछि परिवारका सदस्यले उनलाई उपचारका लागि न्यूरो अस्पताल भर्ना गरेका थिए। सात जनाको परिवार रहेको उनीहरु मध्ये परिवारका दुई सदस्य कोरोनाका कारण र बुबाको कालगतिले मृत्यु भएपनि परिवारका अन्य सदस्यमा भने कोरोना संक्रमण देखिएको छैन्। परिवारमा रहेका मध्ये मृतकका ६३ वर्षीया श्रीमती  दुई छोरा र ४० वर्षीया अर्की छोरीको भने रिपोर्ट नेगेटिभ आएको छ।
source:thahakhabar