अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ३५६ पुग्यो


श्याम घिमिरे
भदौ २० अर्घाखाँची-
अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ३५६ पुगेको छ । पछिल्लो २४ घण्टामा शितगंगा नगरपालीका वडानम्वर ७ जलुकेका का १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टी भएसंगै संक्रमितको संख्या ३५६ पुगेको छ । भारतबाट आई क्वरेन्टीनमा बसेका उनमा कोरोना जाँच गर्दा पोजेटिभ देखीएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यस्तै हालसम्म संक्रमित मध्ये ३२७ जना संक्रमणमुक्त भएका छन । हाल सन्धिखर्क नगरपालीकामा १३ जना ,शितगंगा नगरपालीकामा ३ जना ,भुमिकास्थान नगरपालीकामा ८ जना र मालारानी गाउँपालीकामा २ जना गरी जम्मा २६ जना सक्रिय संक्रमितहरु बिभिन्न आइसोलेसनमा रहेका छन् ।

यसैबिच आज दिउँसोसम्म जिल्लाका बिभिन्न क्वरेन्टीनमा ७९ जना व्यक्तिहरु रहेका छन् । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ३ जना र भुमिकास्थान नगरपालीकाको क्वरेन्टीनमा १० गरी जम्मा १३ जना क्वरेन्टीनमा थपिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ ।

Advertisement

नेकपाका यी नेता : चुनाव हारेर पनि जो संसद र सत्तामा छन्

भदौ २०, काठमाडौं : जनमतको बेवास्ता गर्नु संसदीय राजनीति विकृत हुनु हो भनिन्छ। अझ साम्यवादी सिद्धान्त अंगालेका भनिएकाहरूले त जनतालाई नै केन्द्रमा राखेको दाबी गर्छन्‌। ​तर नेपालमा के कांग्रेस, के कम्युनिष्ट : जनमतबाट तिरस्कृत भएका र संसद्‌मा आउनुपर्ने कुनै कारण नै नभएका मानिसहरूलाई रातो कार्पेट बिछ्याएर उस्तै परे सत्ता नै सुम्पने गरिन्छ।

व्यापारी, ठेकेदार, शैक्षिक माफियादेखि अपराधमा संलग्‍न भएकाहरूसम्मलाई नेपालका राजनीतिक पार्टीहरूले काँध थाप्‍ने गर्छन्‌, थापिरहेका छन्‌।  लामो समय राजनीतिमा बिताएका, तर समयान्तरमा चुनाव हारेका नेताहरूलाई संसद हुँदै सरकारको चाबी बुझाउन हालको सत्तारूढ नेकपाका नेताहरू अन्य दलभन्दा एक कदम अगाडि छन्‌। 

पहिलो संविधानसभा चुनाव हारेका माधवकुमार नेपाललाई संसद हुँदै प्रधानमन्त्री बनाउनेदेखि पछिल्लो चुनावमा पराजित भएका नारायणकाजी श्रेष्ठ र वामदेव गौतमलाई उसैगरी राष्ट्रिय सभा सदस्य बनाउनु यस्तै उदाहरण हो। 

वामदेव गौतम 

नेकपाका उपाध्यक्षसमेत रहेका वामदेव गौतम राष्ट्रिय सभा सदस्य हुने पक्का भइसकेको छ। पार्टीले यस विषयमा निर्णय गरिसकेको छ। राष्ट्रिय सभामा उनी लामो कसरत पछि जान लागेका हुन। यद्यपी; शुक्रबार बसेको मन्त्रिपरिषद्‌ बैठकले गौतमको नाम सिफारिस गर्ने निर्णय भने गरेको छैन। गत चुनावमा गौतम बर्दिया क्षेत्र नं. १ मा कांग्रेसका नेता तथा पूर्व मन्त्री सञ्जय कुमार गौतमसँग ७५३  मतअन्तरले पराजित भएका थिए। 

विष्णु प्रसाईं 

विष्णु प्रसाईं झापाको मेचीनगर नगरपालिकामा नगरप्रमुख (मेयर) मा पराजित उम्मेदवार पनि हुन्‌। गत स्थानीय तहको निर्वाचनमा झापाको मेचीनगर नगरपालिकाको मेयरमा उठेर पराजित बनेका प्रसाईंलाई सत्तारुढ दल नेकपाले प्रदेश प्रमुख सिफारिस गरेको छ। तत्कालिन नेकपा एमालेको तर्फबाट उनी मेयरका उम्मेदवार थिए। उनी नेपाली कांग्रेसका बिमल आचार्यसँग पराजित भएका थिए। उनी अहिले बागमती प्रदेश सरकारको प्रदेश प्रमुख हुन्। 

नारायणकाजी श्रेष्ठ

सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि चुनाव हारे पनि सत्तामा रहनका लागि मरिहत्ते अर्का नेता हुन्‌। श्रेष्ठ गत प्रतिनिधिसभामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग गोरखा क्षेत्र नम्बर २ मा पराजित उम्मेदवार हुन्। भट्टराइले श्रेष्ठलाई ६ हजार आठसय ७४ मतअन्तरले हराएका थिए।  जनताबाट चुनिन नसकेका उनै श्रेष्ठलाई नेकपाले राष्ट्रिय सभा सदस्य बनाएको छ। 

भगवती न्यौपाने 

स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेबाट तनहुँको भानु नगरपालिकाको मेयर पदमा चुनाव लडेकी न्यौपानेलाई कांग्रेसका उम्मेदवार उदयराज गौलीले ४५१ मतले हराएका थिए। उनी पनि अहिले राष्ट्रिय सभा सदस्य छिन्‌। 

विमला घिमिरे 

विमला घिमिरे कपिलबस्तुको वाणगंगा नगरपालिका प्रमुखमा पराजित उम्मेदवार हुन्। उनी पनि अहिले राष्ट्रियसभा सदस्य भएकी छिन्।

  जगप्रसाद शर्मा 

दाङमा प्रदेशसभा सदस्यमा पराजित उम्मेदवार हुन जगप्रसाद शर्मा। कांग्रेसका डिल्ली चौधरीले उनलाई हराएका हुन्।  चौधरीसँग २ हजार ३३६ मतले पराजित शर्मा अहिले राष्ट्रियसभा सदस्य हुन्। 

सिंह बहादुर विक 

सिंह बहादुर विक सिन्धुपाल्चोकको लिसंखु–पाखर गाउँपालिकामा सदस्यमा पराजित उम्मेदवार हुन्। उनी पनि अहिले राष्ट्रियसभा सदस्य नै छन्। 

नरपति लुवार 

नरपति लुवार पनि गत स्थानीय तह निर्वाचनमा वडा सदस्यमा पराजित भएका नेता हुन्। कालिकोटको रास्कोट नगरपालिकामा वडा सदस्य पराजित लुवार अहिले राष्ट्रियसभा सदस्य छन्। source:thahakhabar

भूमिकास्थान नगर प्रमुखले एक्लौटी गरेको आरोप, विशेष नगरसभा बोलाउन माग, आफुमाथि झुटो आरोप लगाईएको नगर प्रमुख थापाको प्रतिक्रिया

सन्धिखर्क एफएम
भदौ २० अर्घाखाँची–

नगर प्रमुखले छलफल नै नभएको विषय माइन्युटमा छिराएर एक्लौटी काम गर्न खोजेको भन्दै अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका जनप्रतिनिधिहरुले विशेष नगर सभा बोलाउन माग गरेका छन् । विवाद चर्किदै गएपछि नगर उपप्रमुख, पाँच जना वडाअध्यक्ष सहित २० जना नगर सभा सदस्यहरुले हस्ताक्षर सङ्कलन गरेर नगर प्रमुखलाई विशेष नगर सभा बोलाउन माग गरेको नगरपालिकाका नगर उपप्रमुख खडानन्द बेल्वासेले बताउनुभयो ।

गएको असार ५ गतेको कार्यपालिकाको बैठक र १० गतेको नगरसभा बैठकमा संघीय सरकारबाट भूमिकास्थान नगरपालिका वडानम्बर ५, असुरकोटको स्वास्थ्यचौकी भवन स्तरोन्नती तथा १५ शैयाको अस्पताल बनाउने योजनाका विषयमा छलफल नै भएको थिएन । ‘माइन्युटमा उक्त योजना छेउमा पर्ने भन्दै वडा नम्बर ७ र ८ को बीचमा १५ शैयाको अस्पताल बनाउने भनेर निर्णय भएछ’, नगर उपप्रमुख बेल्वासेले भन्नुभयो, ‘नगर प्रमुखले एकलौटी रुपमा छलफल नै नभएका विषय माइन्युटमा लिनुभएको छ ।’

यस्तै गएको असार ९ गते बसेको कार्यपालिकाको बैठकमा छलफल नै नभएको विषय करारका कर्मचारीको म्याद थप गर्ने निर्णय प्रस्ताव नम्बर ६ मा राखेर निर्णय गरिएको भूमिकास्थान नगरपालिका–४ का वडा अध्यक्ष तथा प्रवक्ता बाबुराम सुनारले बताउनुभयो । करारका कर्मचारीको म्याद थप गर्ने वा नगर्ने भन्ने विषयमा कुनै पनि छलफल नभएको उहाँको भनाइ छ ।

नगर प्रमुखले बैठकको विधि, मान्यता र परम्परा विपरीत कागजात मिलाउने, विषयबस्तु तोडमोड गर्ने र नगर सभाको हवला दिँदै विभिन्न कामहरु अगाडि बढाएको भन्दै नगर प्रमुखको विरुद्धमा नगर उपप्रमुख खडानन्द बेल्वासे, वडा नम्वर ४ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता बाबुराम सुनार, वडा नम्बर एकका वडा अध्यक्ष भोजराज खनाल, दुईका वडा अध्यक्ष बुद्धिबहादुर थापा, पाँचका वडा अध्यक्ष तुल्सीराम बेल्वासे, ६ का वडा अध्यक्ष झविलाल बन्जाडे सहित ३१ जना उत्रिएका छन् ।

यसैबिच नगर सभाको बैठक र कार्यपालिकाको बैठकमा छलफल भएको विषय मात्र माइन्युटमा राखेर निर्णय गरिएको नगर प्रमुख रेशम थापाले सन्धिखर्क एफएमलाई बताउनु भएको छ । आफूमाथि झुटो आरोप लगाएको नगर प्रमुख थापाको प्रतिक्रिया रहेको छ । थापाले यसबारेमा समेत बताउनु भएको छ ।