श्याम घिमिरे
असौज ७ अर्घाखाँची-
मंगलवार साँझ देखी लगातार परेको अबिरल बर्षाका कारण पहिरो गई अर्घाखाँचीमा पशुचौपाय बाध्ने गोठ भत्कदा तिनवटा पशुचौपायको मृत्यु भएको छ । जिल्लाको मालारानी गाउँपालीका वडानं.५ बाँगी सातबिसे निवासी डब्बल प्रसाद भुसालको गोठ देखी माथीबाट पहिरो खस्दा गोठमा बाँधिराखेका २ वटा भैसीको पहिरोले च्यापी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक एवं सुचना अधिकारी रामनारायण गुप्ताले जानकारी दिनुभयो ।
यस्तै बर्षाकै कारण भुमिकास्थान नगरपालीका वडानं.३ ठुलाखर्क निवासी सेती कामीको गोठ माथीबाट पहिरो आई गोठभत्कदा गोठमा बाँधि राखेको १ वटा बाख्राको पहिरोले च्यापि मृत्यु भएको प्रहरी निरीक्षक गुप्ताले जानकारी दिनुभयो । घटनास्थलमा प्रहरी पुगिसकेको प्रहरीले जनाएको छ ।
