शितगंगा नगरपालीकाबाट थप एकजना कोरोना संक्रमण मुक्त


श्याम घिमिरे भाद्र १६ अर्घाखाँची-
अर्घाखाँचीमा सोमबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै जिल्लामा कोरोना संक्रमितको संख्या ३५४ पुगेको छ । सोमबार जिल्लाको सन्धिखर्क नगरपालीकामा ६ जना र शितगंगा नगरपालीकामा १ जना गरी जम्मा ७ जनामा कोरोना संक्रमण देखिएकोे हो । ७ जना मध्ये २ जना भारतबाट आई क्वरेन्टीमा बसेका हुन भने अन्य ५ जना समुदाय स्तरका रहेको बताईएकोे छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ३५४ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

पछिल्लो २४ घण्टामा शितगंगाको आईसोलेशनबाट १ जना संक्रमणमुक्त भएसंगै जिल्लामा संक्रमणमुक्त हनेको संख्या ३२७ पुगेको छ । संक्रमित मध्ये हाल सन्धिखर्क नगरपालीकामा १२ जना ,शितगंगा नगरपालीकामा २ जना ,भुमिकास्थान नगरपालीकामा ८ जना र मालारानी गाउँपालीकामा २ जना गरी जम्मा २४ जना सक्रिय संक्रमितहरु बिभिन्न आइसोलेसनमा रहेका छन् ।

यसैबिच आज दिउँसोसम्म ६५ जना व्यक्तिहरु जिल्लाका बिभिन्न क्वरेन्टीनमा रहेका छन् । पछिल्लो २४ घण्टामा शितगंगा नगरपालीकामा २ जना र भुमिकास्थान नगरपालीकाको क्वरेन्टीनमा १ जना गरी जम्मा ३ जना व्यक्तिहरु क्वरेन्टीनमा थपिएका छन भने शितगंगाको क्वरेन्टीनबाट २ जना डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ ।

Advertisement

नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ४० हजार नाघ्याे, २४ घण्टामा ११ जनाकाे ज्यान गएकाे पुष्टि

भदौ १६,काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार पाँच सय २९ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार ६९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लाे २४ घण्टामा १२ हजार ८८ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण गर्दा जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा सात सय ६८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या २२ हजार एक सय ७८ पुगेको छ ।

अब नेपालमा १८ हजार एक सय १२ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै सात हजार तीन सय ९० जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा चार सय ८१ जनामा काेराेनाकाे सङ्क्रमण पुष्टि भएकाे छ । काठमाण्डाैमा तीन सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना थपिएका हुन् । 

सन्धिखर्क नगरपालिकाद्धारा निर्माणाधीन कामको अनुगमनलाई तिब्रता


श्याम घिमिरे
भदौ १६ सन्धिखर्क–
सन्धिखर्क नगरपालिकाले नगरपालिकाभित्र सुचारु भएका बिभिन्न विकास निर्माणका गतिविधि र योजनाहरुको अनुगमन कार्यलाई तिब्रता दिएको छ । नगरपालीकाबाट बिनियोजित भएका बिभिन्न भौतिक पूर्वाधार र अन्य विकास निर्माणको कामको प्रभावकारिताको मूल्यांकन गर्दे विकास निर्माणलाई तीव्रता दिन अनुगमन शुरु गरीएको नगरपालीकाका उपप्रमुख ठाकुर कुमार बिकले बताउनु भएको छ । सोही क्रममा बिक सहीतको अनुगमन टोलिले सोमवार सन्धिखर्क नगरपालिका वडानं. ४ को सरस्वती आधारभुत विद्यालयमा निर्माणधिन शौचालय तथा वडा नं. ५ को जीवन उदार माविको निर्माणधिन भवनको साथै बलेवाङ मथुरा सडक र कृषि फर्म लगायतका योजनाहरुको अनुगमन तथा निरिक्षण गरेको उपप्रमुख बिकले जानकारी दिनुभयो ।

अनुगमन समितिका संयोजक समेत रहनुभएका बिकले जनतालाई प्रत्यक्ष फाईदाहुने खालका योजनाहरुमा नगरपालिकाले बजेट बिनियोजन गरेका भन्दै कामलाई प्रभाबकारी रुपमा छिटो र गुणस्तरीय तरीकाबाट सम्पन्न गर्न उपभोक्ता र सरोकारवाला निकायलाई निर्देशन दिनु भयोे । बिकले गुणस्तरीय काम नगर्ने जो कहिलाई पनि रकम भुक्तानी नगर्ने समेत बताउनु भयो ।

अनुगमनमा उपप्रमुख बिक सहीत वडा अध्यक्षहरु कृष्णप्रसाद श्रेष्ठ, राजेन्द्र भुसाल, नगर शिक्षा शाखा प्रमुख उप–सचिव युगलनारायण बस्यल , ईन्जीनियर प्रमोद केसी बिद्यालयका प्रअ नेत्र प्रसाद खनाल स्थानिय भोज बहादुर बस्नेत लगायतको सहभागीता रहेको थियो ।

प्रजिअ पौडेलद्धारा पदभार ग्रहण


श्याम घिमिरे
भाद्र १६ ,अर्घाखाँची-
अर्घाखाँची जिल्लामा भर्खरमात्रै सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले सोमवार देखी पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहण गर्दे पौडेलले जिल्लामा शान्ति सुरक्षा कायम गर्न आफु लागीपर्ने बताउनु भयो । उहाँले विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ बिरुद्धको लडाईमा सबैसंग हातेमालो गर्दे अगाडी बढ्ने जनाउनुभयो । पौडेल गृह मन्त्रालयबाट सरुवा भई अर्घाखाँची आउनु भएको हो ।