लगातारको बर्षाका कारण सन्धिखर्क ७ भुजुङ्गेको दलितबस्ती पहिरोको उच्च जोखिममा,जोखिम बढेसंगै ८ घरपरीवारलाई बिद्यालयमा राखियो ,गोरुसिङ्गे सन्धिखर्क सडक खण्ड अबरुद्ध , सितगंगामा घर भत्किँदा २ जना घाइते

सन्धिखर्क एफएम
असोज ८, अर्घाखाँची

बिगत तीन दिन देखि लगातार परेको अविरल वर्षाका कारण सन्धिखर्क नगरपालिका–७ भुजुङ्गे स्थित दलित बस्ती पहिरोको उच्च जोखिममा परेको छ । बस्तीनै जोखिममा परेपछि त्यहाँका ८ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिले देखिनै जोखिममा रहेको सो बस्ती लगातारको बर्षाका कारण झनै जोखिममा परेपछि ८ घर परीवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी रामनारायण गुप्ताले जानकारी दिनुभएको छ । उनिहरुलाई चन्द्रप्रभा मावि डिहिडाँडामा स्थानान्तरण गरीएको गुप्ताले बताउनुभयो ।

यसैबिच अविरल वर्षाकै कारण जिल्लाको शितगंगा नगरपालिकामा २ वटा घर भत्किएका छन् । सितगंगा नगरपालिका ४ चाक्लामा दिपक सुनारको घर भत्किँदा २ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक माधब बुढाथोकीले बताउनुभयो । यस्तै सितगंगा नगरपालिकाकै ११ मा एक घर भत्किएको छ । यता भुमिकास्थान नगरपालिकाको वडानम्वर ७ र ९ मा गोठ भत्किँदा २ वटा भैंसी मरेका प्रहरीले जनाएको छ ।

यता लगातार परेको अविरल वर्षाका कारण गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको दह खोलामा गएराति ठूलो पहिरो जादाँ सडक अवरुद्ध भएको छ । सडकखण्डको विभिन्न ठाउँमा स–साना पहिरो गएपनि दह खोलामा गएराति ठूलो पहिरो झरेको हो । सडक अवरूद्द भएपछि बिरामी बोकेका एम्बुलेन्स समेत रोकिएका छन् । मालवाहक, निजी तथा सार्वजनिक सवारी साधनहरू पनि बीच बाटोमा अलपत्र परेका छन् । यात्रुहरू बिच बाटोमा अलपत्र परेका छन् । बिहीबार बिहानैदेखि पहिरो हटाउने प्रयास भैरहेको, तर पहिरो निकै ठूलो भएकाले सडक खुलाउन समय लाग्ने प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो ।

यता सालझण्डी सन्धिखर्क सडक खण्डपनि अवरुद्ध भएको छ । पाणिनि गाउँपालिकाको विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । बर्षापछि जिल्लाका अधिकांश ग्रामीण सडकहरु पनि अवरुद्ध भएका छन ।

Advertisement

गोरुसिङ्गे सन्धिखर्क सडक खण्ड अबरुद्ध


सन्धिखर्क एफएम
असोज ८, २०७७ अर्घाखाँची
बिगत तीन दिन देखि लगातार परेको अविरल वर्षाका कारण गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको दह खोलामा गएराति ठूलो पहिरो जादाँ सडक अवरुद्ध भएको छ । सडकखण्डको विभिन्न ठाउँमा स–साना पहिरो गएपनि दह खोलामा गएराति ठूलो पहिरो झरेको हो । सडक अवरूद्द भएपछि बिरामी बोकेका एम्बुलेन्स समेत रोकिएका छन् । मालवाहक, निजी तथा सार्वजनिक सवारी साधनहरू पनि बीच बाटोमा अलपत्र परेका छन् । यात्रुहरू बिच बाटोमा अलपत्र परेका छन् । बिहीबार बिहानैदेखि पहिरो हटाउने प्रयास भइरहेपनि पहिरो निकै ठूलो भएकाले सडक खुलाउन समय लाग्ने प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो ।