शितगंगा नगरपालिकामा १७ घरगोठ पहिरोमा पुरिए


श्याम घिमिरे असोज ९ अर्घाखाँची
लगातार परेको अबिरल बर्षाका कारण अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा १७ वटा घरगोठ पहिरोमा पुरिएका छन् । सुक्रवार जिल्लाको शितगंगा नगरपालिका वडानं.१२ को कोठिया मैदानमा एक्कासी जमिन भासिएर पहिरो जाँदा १७ वटा घर पर्णरुपमा क्षेती भएका छन भने १८ वटा घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

पहिरोका कारण विस्थापित भएका १७ घरपरिवारका झण्डै एकसय जनालाई गौरा माबी रजिया र स्थानियको खाली घर र गोठमा राखिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी रामनारायण गुप्ताले जानकारी दिनुभयो । पहिरोमा मानविय क्षती नभएपनी घरमा रहेको नगद, जिन्सि, अन्नपात, पशु चौपाया सबै पुरिएको प्रहरीले जनाएको छ । पहिरो खस्ने क्रम नरोकिएकाले घरहरु पुरिने संख्या बढ्न सक्ने प्रहरीको भनाई रहेको छ । स्थानिय जनप्रतिनिधिको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीले जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सारेको जनाईएको छ ।

Advertisement

सुक्रवार सन्धिखर्क नगरपालीकाका ४ जनामा कोरोना संक्रमण पुष्टी, १ जना डिस्चार्ज


श्याम घिमिरे
असोज ९ अर्घाखाँची-

अर्घाखाँचीमा सुक्रबार थप ४ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । जिल्लाको सन्धिखर्क नगरपालीकाका ४ जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ४०१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाको आईसोलेशनबाट १ जनाले कोरोनालाई जितेर घरफर्किएका छन । यस संगै हालसम्म डिस्चार्ज हुनेको संख्या ३६६ पुगेको छ । अहिले जिल्लाका बिभिन्न आईसोलेशनमा ३१ जना सक्रिय संक्रमितहरु उपचाररत रहेका छन ।

यसैबिच सुक्रवार दिउँसोसम्म जिल्लामा १७४ जना संस्थागत क्वरेन्टीनमा र ४८ जना होम क्वरेन्टीनमा गरी जम्मा २२२ जना व्यक्तिहरु बिभिन्न क्वरेन्टीनमा रहेका छन् । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट ७ जना,शितगंगा नगरपालीकाबाट ७ र भुमिकास्थान नगरपालीकाबाट १५ जना गरी जम्मा २९ जना बिभिन्न क्वरेन्टीनबाट डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ ।