भुमिकास्थानमा ३ र मालारानिमा ४ जनामा कोरोना संक्रमण, सन्धिखर्कबाट ११ जना डिस्चार्ज


श्याम घिमिरे
असोज ४ अर्घाखाँची-

अर्घाखाँचीमा आईतबार थप ७ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । भुमिकास्थान नगरपालीकाका ३ जना र मालारानि गाउँपालीकाका ४ जना गरी ७ जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ३९७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाको आईसोलेशनबाट ११ जनाले कोरोनालाई जितेर घरफर्किएका छन । यस संगै हालसम्म डिस्चार्ज हुनेको संख्या ३६३ पुगेको छ । अहिले जिल्लाका बिभिन्न आईसोलेशनमा ३० जना सक्रिय संक्रमितहरु उपचाररत रहेका छन ।

यसैबिच आईतवार दिउँसोसम्म जिल्लामा १८२ जना संस्थागत क्वरेन्टीनमा र ६२ जना होम क्वरेन्टीनमा गरी जम्मा २४४ जना व्यक्तिहरु बिभिन्न क्वरेन्टीनमा रहेका छन् । पछिल्लो २४ घण्टामा भुमिकास्थान नगरपालीकामा ६ जना व्यक्तिहरु क्वरेन्टीनमा थपिएका छन भने शितगंगाबाट ३६ जना,भुमिकास्थानबाट ३ जना गरी जम्मा ३९ जना बिभिन्न क्वरेन्टीनबाट डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ ।

Advertisement