श्याम घिमिरे
भदौ २१ अर्घाखाँची-
अर्घाखाँचीमा आज एकैदिन ११ जना कोरोना स्रंक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ११ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यस संगै जिल्लामा संक्रमितको संख्या ३६७ पुगेको छ । आज पुष्टी भएका ११ जना संक्रमित मध्ये ४ जना समुदाय स्तरका रहेका छन भने बाँकी ७ जना जनज्योति माबिको क्वरेन्टीनमा रहेका छन ।
यस्तै पछिल्लो २४ घण्टामा भुमिकास्थानको आईसोलेशनबाट ५ जना कोरोना संक्रमणमुक्त भएसंगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३३२ पुगेको छ । हाल सन्धिखर्क नगरपालीकामा २४ जना ,शितगंगा नगरपालीकामा ३ जना ,भुमिकास्थान नगरपालीकामा ३ जना र मालारानी गाउँपालीकामा २ जना गरी जम्मा ३२ जना सक्रिय संक्रमितहरु बिभिन्न आइसोलेसनमा रहेका छन् ।
यसैबिच आज दिउँसोसम्म ८८ जना व्यक्तिहरु जिल्लाका बिभिन्न क्वरेन्टीनमा रहेका छन् । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ६ जना र भुमिकास्थान नगरपालीकामा ६ जना गरी जम्मा १२ जना बिभिन्न क्वरेन्टीनमा थपिएका छन भने शितगंगाबाट २ जना र भुमिकास्थानको क्वरेन्टीनबाट १ जना गरी जम्मा ३ जना डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
