भदौ १७, २०७७ दाङ : दाङमा जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक कामबाहेकका सेवा बन्द गरिएको छ। कार्यालयले मंगलबार सूचना जारी गर्दै कार्यालयमा कार्यरत एक कर्मचारीमा संक्रमण भएको पुष्टि गरेको हो। कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षा र मुद्दालगायतका अत्यावश्यक सेवाबाहेक अन्य सेवा प्रदान गर्न बन्द गरिएको जानकारी दिइएको छ। प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजालद्वारा जारी विज्ञप्तिमा सेवा बुधवारदेखि अनिश्चितकालका लागि बन्द गरिएको जनाइएको छ।