शितगंगा नगरपालीकाको आईसोलेशनबाट एकजना डिस्चार्ज भएसंगै जिल्लामा अब एकजना मात्रै कोरोना संक्रमित आइसोलेशनमा


श्याम घिमिरे
साउन २५ अर्घाखाँची –

अर्घाखाँचीमा अब एक जना मात्रै कोरोना संक्रमित आइसोलेशनमा रहेका छन । पछिल्लो समय शितगंगा नगरपालीकाको आईसोलेशनबाट एकजना डिस्चार्ज भएसंगै जिल्लामा अहिले एकजनामात्रै कोरोना संक्रमित आईसोलेशनमा रहेका छन । हालसम्म ३ सय २७ जना संक्रमित भएको जिल्लामा अहिले भने एक जना मात्रै संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । हाल सन्धिखर्क नगरपालीकामा एक जना मात्रै संक्रमित आइसोलेशनमा रहेका छन् । ३२७ जना संक्रमितमध्ये ३२३ जना कोरोनामुक्त भएर घर फर्केको प्रशासनले जनाएको छ ।

संक्रमितमध्ये हालसम्म सन्धिखर्क नगरपालिकाका ४३ जना, शितगंगा नगरपालिकाका ६५ जना , भुमिकास्थान नगरपालीकाका १०६ जना,मालारानी गाउँपालीकाका ६७ जना, पाणिनी गाउँपालिकाका १४ जना र छत्रदेव गाउँपालिकाका २८ जना गरि ३२३ जना डिस्चार्ज भएका छन । कोरोना संक्रमणका कारण शितगंगा, भुमिकास्थान र मालारानीका १÷१ जना गरी ३ जनाको मृत्यु गैसकेको छ ।

यसैबिच सनिबार दिउँसो सम्म जिल्लाका बिभिन्न क्वरेन्टीनमा १२८ जना व्यक्तिहरु रहेका छन् । गत जेठ महिनासम्म क्वरेन्टीनमा बस्नेको संख्या ६ हजार भन्दा माथी पुगेको भएपनि पछिल्लो समय भारत लगायत अन्य मुलुकबाट आउनेको संख्या कमी भएको र दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि भएकोले क्वरेन्टीनमा बस्नेको संख्या घट्दै गएको हो ।

पछिल्लो २४ घण्टामा शितगंगा नगरपालीकामा ३ जना,भुमिकास्थान नगरपालीकामा ८ जना र छत्रदेव गाउँपालीकामा ३ जना गरी जम्मा १४ जना व्यक्तिहरु क्वरेन्टीनमा थपिएका छन भने सन्धिखर्क नगरपालीकाको क्वरेन्टीनबाट १ जना मात्रै डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ ।

यता समुदाय स्तरमा कोरोना संक्रमण छ कि छैन भनेर जिल्लाबाट चेकजाँचको लागी पठाईएका २०३ जनाको स्वाब मध्ये १९१ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ भने अन्य १२ जनाको रिपोट आउन काँकी रहेको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले जानकारी दिनुभएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.