२ कराेड ५० लाख रुसी खाेप नेपाल ल्याउन ट्रिनिटी फर्मास्युटिकल्ससँग सम्झौता

असोज १३,काठमाण्डाै – रुसले बनाएको कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक–५ नेपाल ल्याउनका लागि सहमति भएको छ । दुई करोड ५० लाख खोप नेपाल ल्याउनका लागि रसियन टाइरेक्ट इन्भेस्टमेन्ट फण्ड (आरडीआईएफ) र नेपालको ट्रिनिटी फर्मास्युटिकल्स कम्पनीबीच सम्झौता भएको आरडीआईएफ विज्ञप्तिमा भनिएकाे छ ।

यो सम्झौताले नेपालको ९० प्रतिशत जसङ्ख्यासम्म स्पुतनिक–५ खोपको पहुँच पुग्ने र त्यहाँ रहेका क्लिनिकहरुलाई सुरक्षित र प्रभावकारी रुपमा कोरोना भाइरसको खोप उपलब्ध हुनेछ ।

यो खोपको क्लिनिकल परीक्षणका क्रममा कुनै साइड इफेक्ट नदेखिएको बताइएको थियो । यो खोप सुरक्षित देखिएको र मानिसको प्रतिरक्षा प्रणालीलाई थप बलियो बनाउने सङ्केत दिएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको थियो ।

एसिया, मध्य पूर्व, ल्याटिन अमेरिका, युरोपलगायतका ५० भन्दा धेरै देशले स्पुतनिक–५ को लागि आवेदन दिएका थिए । आरडीआईएफले यसअघि मेक्सिकोमा तीन करोड २० लाख, ब्राजिलमा पाँच करोड, भारतमा दश करोड र उज्वेकिस्तानमा तीन करोड २० लाख खोपको लागि सम्झौता भइसकेको बताएको थियो ।

सम्झौतापछि आरडीआईएफका सीईओ किरिल दिमित्रेभले भन्नुभयो, ‘ट्रिनिटी फर्मास्युटिकललाई सम्झौताका लागि धन्यवाद, नेपालका झण्डै ९० प्रतिशत जनसङ्ख्यालाई स्पुतनिक–५ उपलब्ध गराइनेछ ।’

ट्रिनिटी फर्मास्युटिकलका निर्देशक किशोर अधिकारीले भन्नुभयो, ‘रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फण्डसँग सहकार्य गर्न पाउँदा खुसी छौँ । ट्रिनिटी स्पुतनिक–५ को अन्तिम परीक्षणको नतिजा कुरिरहेको छ । नेपाल सरकारले मञ्जुरी दिएलगत्तै खोप उपलब्ध गराइनेछ । source:ujyaaloonline

Advertisement

भदौ महिनाको विद्युत् महसुल असोज २२ गतेसम्म तिरेमा जरिबाना नलाग्ने

असोज १३, काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले भदौ महिनाको विद्युत् महसुल असोज २२ गतेसम्म तिरेमा थप शुल्क र जरिबाना नलाग्ने जनाएको छ । भदौ महिनामा देशका धेरैजसो ठाउँमा लकडाउन र निषेधाज्ञा भएकाले मिटर रिडिङ तथा बिलिङ समयमा हुन नसक्दा उपभोक्तालाई महसुल तिर्न समस्या भएकाले यस्तो निर्णय गरिएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले भनेको छ, ‘२०७७ साल भदौ महिनाको महसुल भुक्तानी गर्दा छुट तथा थप दस्तुर लाग्ने समय हेरफेर गरी २०७७ असोज २२ गते सम्म महसुल भुक्तानी गरेमा कुनै थप दस्तुर नलाग्ने र असोज २३ देखि ३० गते सम्म भुक्तानी गर्दा ५ प्रतिशत मात्र थप दस्तुर लाग्ने व्यवस्था गरिएको छ ।’कुनै उपभोक्ताले २०७७ साल भदौ महिनाको महसुल भुक्तानी गर्दा थप दस्तुर यसअघि तिरेको भए थप दस्तुर आगामी बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको छ । 

सन्धिखर्क नगरपालिकाद्धारा निर्माणाधीन कुलो र मोटरबाटोको अनुगमन


श्याम घिमिरे
असोज ११ सन्धिखर्क–
सन्धिखर्क नगरपालिकाले नगरपालिका भित्र सुचारु भएका बिभिन्न विकास निर्माणका गतिविधि र योजनाहरुको अनुगमन कार्यलाई तिब्रता दिएको छ । नगरपालीकाबाट बिनियोजित भएका बिभिन्न भौतिक पूर्वाधार र अन्य विकास निर्माणको कामको प्रभावकारिताको मूल्यांकन गर्दे विकास निर्माणलाई तीव्रता दिन अनुगमन कार्यलाई निरन्तरता दिईएको नगरपालीकाका उपप्रमुख ठाकुर कुमार बिकले बताउनु भयो । सोही क्रममा बिक सहीतको अनुगमन टोलिले सनिवार सन्धिखर्क नगरपालिका वडानं. ७ को सिंचाई कुलो तथा वडा नं. १० को मोटर वाटोको स्तर उन्नति कार्य ,खानेपानी र बर्षादको कारण पोखेडाँडा स्थित भत्किएका विभिन्न घरहरुको अनुगमन तथा निरिक्षण गरेको उपप्रमुख बिकले जानकारी दिनुभयो ।

अनुगमन समितिका संयोजक समेत रहनुभएका बिकले जनतालाई प्रत्यक्ष फाईदाहुने खालका योजनाहरुमा नगरपालिकाले बजेट बिनियोजन गरेका भन्दै कामलाई प्रभाबकारी रुपमा छिटो र गुणस्तरीय तरीकाबाट सम्पन्न गर्न उपभोक्ता र सरोकारवाला निकायलाई निर्देशन पनि दिनु भयोे । बिकले गुणस्तरीय काम नगर्ने जो कहिलाई पनि रकम भुक्तानी नगर्ने समेत बताउनु भयो ।

अनुगमनमा उपप्रमुख बिक सहीत शाखा अधिकृत मञ्जु खनाल , ईन्जिनियर प्रमोद केसी ,वडानं .१० का वडाअध्यक्ष लक्ष्मीनारायण चुँदाली , सव ईन्जिनियर सावित्रा ठडाराई, वडानं.७ मा वडा सदस्य बिष्णु प्रसाद भुसाल, स्थानीय उपभोक्ता लगायतको सहभागीता रहेको उपप्रमुख बिकले जानकारी दिनुभयो ।

शितगंगाका पहिरो पिडितको उद्धारमा नेपाली सेना


श्याम घिमिरे
असोज ११ अर्घाखाँची –
शितगंगा नगरपालीका वडानं.१२ को कोठिया मैदानको जोख्लेगैरा ईलाकामा पहिरोको कारण क्षति भएका ३५ घरका सर्वसाधारणहरुलाई अर्घाखाँचीमा रहेको नेपाली सेनाको रामबाण गुल्मले सहयोग र उद्धार गरेको छ । रामबाण गुल्मका गुल्मपति सेनानी अशोक कुमार क्षेत्रीको कमाण्डमा त्यहाँ पुगेको टोलीले पहिरोका कारण पुर्णरुपमा क्षति भएका ८ घरहरुको सर–सामान निकाली उनिहरुलाई सोही वडामा रहेको गौरा मावि रजियामा ल्याई सुरक्षित राखेको गुल्मपति क्षेत्रीले जानकारी दिनुभएको छ ।

यस्तै क्षति भएका अन्य घरहरुका सर–समान र पशुचौपायाहरुलाई समेत सुरक्षित साथ निकान्नुको साथै पहिरो पिडितहरुलाई आश्रय लिनको लागि आ–आफ्नो आफन्तहरुको घरमा बस्ने व्यवस्था पनि मिलाईएको गुल्मले जनाएको छ । नेपाली सेनाले जिल्लामा बिपद् र दैबिप्रकोपको समयमा सराहनीय काम गर्नुको साथै जिल्लाका बिभिन्न स्थानमा पुगी बृक्षारोपण,सरसफाई तथा सचेतनामुलककार्य र सामाजीक कार्यमा अग्रहणी भुमिका निर्वाह गर्दे आईरहेको छ ।

अर्घाखाँचीमा बोईलर कुखुराको मासुको मुल्य घट्यो, प्रतिकेजी २४० रुपैँयामा ग्राहकले किन्न पाउँने

गोपालप्रसाद भट्टराई
अर्घाखाँची, १० असोज – अर्घाखाँचीमा बोइलर कुखुराको मासुको मूल्य घटेको छ । केही समयदेखि प्रति केजि ३ सय रुपैयाँमा कारोबार हुँदै आएको बोइलर कुखुराको मासु अबदेखि प्रति केजि २ सय ४० रुपैंयामा उपभोक्ताले किन्न पाउने भएका हुन् ।

अहिले जिउँदो कुखुराको मुल्य घट्नुको साथै चार्डपर्वलाई लक्षित गरि मासुको मुल्य घटाइएको मासु ब्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष पुरन बर्माले जानकारी दिनुभएको छ ।

निश्चित मापदण्डअनुसार जिउँदो कुखुराको मुल्य घट्दा मासुको पनि मुल्य घटाएर र कुखुराको मुल्य बढ्दा मासुको मुल्य बढाएर कारोबार गर्ने संस्थाको नियमानुसार मासुको मुल्य समायोजन गरिएको मासु ब्यवसायी संघ अर्घाखाँचीका महासचिव रामु केसीको भनाई छ ।

सरकारले लामो समय लकडाउन गर्दा पसल बन्द भएपछि फार्ममा रहेका कुखुरा बिक्रि गर्न अप्ठ्यारो परेकोले जिउँदो कुखुराको मुल्य घटेको अवस्थामा आउँदै गरेका चाडपर्वलाई लक्षित गरि कुखुराको मासु प्रतिकेजी २ सय ४० रुपैयाँमा कारोबार गर्न संस्थाले मातहतका पसलहरुलाई आग्रह समेत गरेको छ ।