अर्घाखाँची अस्पतालको स्वास्थ्य सेवा भोलि (आईतवार) देखि सुचारु हुने

सन्धिखर्क एफएम
भदौ १३ अर्घाखाँची-
अर्घाखाँची अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि बन्द गरिएको स्वास्थ्य सेवा भोलि (आईतवार) देखि सुचारु हुने भएको छ । अर्घाखाँची अस्पताल परिषर्मा रहेको स्वास्थ्य कार्यालयमा कार्यरत दुईजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि सोमबार देखि ईमरर्जेन्सी र प्रशुति सेवा बाहेक सम्पुर्ण सेवा बन्द रहेका थिए ।

भोली देखि सम्पुर्ण सेवा खुल्ने भएका छन । लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवलमा गत सोमबार स्वाब संकलन गरि पठाइएको डाक्टर र स्वास्थ्य कर्मीको पिसिआर रिपोर्ट नेगेटिभ आएकोले सम्पुर्ण सेवा भोली देखी खुल्ने अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनुभयो । यसअघि गत आईतबार २ जना स्वास्थकर्मी, १ जना सञ्चारकर्मी, १ जना कार्यालय प्रमुख सहित १३ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।

सक्रमितको सम्पर्कमा आएका १ सय ११ जनाको स्वाव संकलन गरि सोमबार पठाइएको मध्ये ९७ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका जन स्वास्थ्य निरिक्षक गणेशराज पौडेलले बताउनु भयो । अब १४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

source:lumbinipost.com

सनिवार अर्घाखाँचीमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३४७ पुग्यो, ३२६ जना संक्रमित डिस्चार्ज


श्याम घिमिरे
भदौ १३ अर्घाखाँची –

अर्घाखाँचीमा सनिवार थप ३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्लाको भुमिकास्थान नगरपालीका वडानम्वर ३,८ र ९ का क्रमश : २२,२३ र २४ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएकोे हो । केहि समय अगाडी भारतबाट आई क्वरेन्टीमा बसेका उनिहरुमा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ३४७ पुगेको छ । हालसम्म सन्धिखर्क नगरपालीकामा ५० जना, शितगंगा नगरपालीकामा ६८ जना, भुमिकास्थान नगरपालिकामा ११७ जना ,मालारानी गाउँपालीकामा ७० जना, पाणिनी गाउँपालिकामा १४ जना र छत्रदेब गाउँपालीकामा २८ जना गरी ३४७ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा भुमिकास्थानको आईसोलेशनबाट २ जना डिस्चार्ज भएसंगै हालसम्म ३२६ जना निको भएर घर फर्किएका छन् । जसमा सन्धिखर्क नगरपालिकाका ४४ जना, शितगंगा नगरपालिकाका ६५ जना , भुमिकास्थान नगरपालीकाका १०८ जना,मालारानी गाउँपालीकाका ६७ जना, पाणिनी गाउँपालिकाका १४ जना र छत्रदेव गाउँपालिकाका २८ जना गरि ३२६ जना डिस्चार्ज भएको प्रशासनले जनाएको छ ।

हाल सन्धिखर्क नगरपालीकामा ६ जना ,शितगंगा नगरपालीकामा २ जना ,भुमिकास्थान नगरपालीकामा ८ जना मालारानी गाउँपालीकामा २ जना गरी जम्मा १८ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् । कोरोना संक्रमणका कारण शितगंगा नगरपालीका, भुमिकास्थान नगरपालीका र मालारानी गाउँपालीकाका १/१ जना गरी जम्मा ३ जनाको मृत्यु भैसकेको छ ।

यसैबिच सनिबार दिउँसोसम्म ८२ जना व्यक्तिहरु जिल्लाका बिभिन्न क्वरेन्टीनमा रहेका छन् । पछिल्लो २४ घण्टामा भुमिकास्थान नगरपालीकाको क्वरेन्टीनबाट १२ जना डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ । अर्घाखाँचीका ६ वटा स्थानिय सरकारले २ सय ४३ स्थानमा ५१०३ वटा बेड सहितको क्वरेन्टीन स्थापना गरि भारत लगायत अन्य मुलकबाट आएका व्यक्तिहरुलाई क्वरेन्टीनमा राख्ने गरेका छन ।

यसैबिच गत आईतबार २ जना स्वास्थ्यकर्मी, १ जना सञ्चारकर्मी र १ जना कार्यालय प्रमुख गरी १३ जनामा संक्रमण पुष्टी भएको थियो । सक्रमितको सम्पर्कमा आएका १ सय ११ जनाको स्वाव संकलन गरि सोमबार पठाइएको मध्ये ९७ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका जन स्वास्थ्य निरिक्षक गणेशराज पौडेलले बताउनु भयो । अब १४ जनाको रिपोर्ट आउन बाँकी रहेको पौडेलले जानकारी दिनुभयोे ।

डाक्टर गोविन्द केसीलाई राज्यले अमानवीय व्यवहार गरिरहेको छ : चिकित्सक संघ

भदौ १३, काठमाण्डाै – डाक्टर गोविन्द केसीलाई बसेको स्थानबाट बाहिर जान, हिँडडुल गर्न सुरक्षाकर्मीको प्रयोग गरेर बल प्रयोग गरिएको भन्दै नेपाल चिकित्सक संघले विरोध जनाएको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधार तथा सुशासनका अभियन्तालाई दुर्गम स्थानमा गएर स्वयंसेवा गर्न नदिनु गैरमानवीय काम भएको चिकित्सक संघको भनाइ छ ।

समाज सेवामा हिँडेका डाक्टर केसीलाई विनाकारण सुरक्षाको घेरामा राख्ने, हिँडडुल गर्न नदिने, नागरिकहरुसँग सम्पर्क गर्न नदिने जस्ता अत्यन्तै अस्वभाविक र गैरमानवीय कार्य तत्काल रोक्न पनि चिकित्सक संघले माग गरेको छ ।