जनैपुर्णिकाको अबसरमा अर्घाखाँचीको चारवटा पालीकाद्धारा भोलि सार्वजनिक विदा

श्याम घिमिरे साउन १८ अर्घाखाँची-

हिन्दुहरूको चार्ड जनैपूणिमा तथा रक्षाबन्धनको दिन भोली साउन १९ गते अर्घाखाँची जिल्लाको चारवटा स्थानीय सरकारले सार्बजनिक विदा दिएका छन । जिल्लाको सन्धिखर्क नगरपालीका, पाणिनि गाउँपालिका, छत्रदेव गाउँपालिका र मालारानी गाउँपालीकाले आज बिशेष सुचना निकाली सार्बजकि बिदा दिने जानकारी दिएका छन । अर्घाखाँचीका अन्य २ स्थानीय सरकारले यो समाचार तयार गर्दा सम्म विदा दिएका छैनन ।

सुनको भाउ तोलाको झण्डै एक लाख

साउन १८,काठमाण्डौ – सुनको भाउ तोलाको झण्डै एक लाख रुपैयाँ पुगेको छ । आज तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै महँगो भाउ हो ।

कोरोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्र नै ओरालो लागिरहेको बेला सुनको भाउ भने दिनदिनै उकालो लागिरहेको छ । भाउ महँगो हुँदै गएपछि विभिन्न बैंकमा लकडाउनअघि नै ल्याइएका ३ सय ३० किलो सुन बिक्री हुन नसकेको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो । उहाँकाअनुसार महासङ्घको सिफारिसमा व्यवसायीले बैंकबाट सुन किन्ने गर्छन् । तर भाउ महँगो भएपछि कारोबार ठप्प हुँदा अहिले सुन किनबेच भएको छैन । यस्तै मौज्दात रहेको सुन नै बिक्री नभएपछि नयाँ मगाउने काम पनि ठप्प नै भएको छ ।

केही वर्ष अघिसम्म तीज नजिकिएसँगै सुनको कारोबार बढ्ने गरेको भए पनि यसपाली कोरोनाका कारण मानिसले दैनिक उपभोग्य वस्तुलाई प्राथमिकता दिँदा कारोबार नहुने देखिएको छ । यस्तै आज चाँदी पनि तोलामा ३० रुपैयाँ बढेर तोलाको १२ सय ३० रुपैयाँ पुगेको छ ।

तीन महिनाभित्र कोरोना विरुद्धको खोप दिने रुसको तयारी

साउन १८,काठमाण्डौ – रुसी सरकारले अबको तीन महिनाभित्र आफ्ना नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिने तयारी गरेको जनाएको छ । अक्टोबर महिनामा कोरोना विरुद्धको खोप दिने योजनाअनुसार अघि बढिरहेको रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले बताउनुभएको हो । 

उहाँले पहिलो चरणमा चिकित्सक र शिक्षकलाई खोप दिने योजना भएको जानकारी पनि दिनुभएको छ । यही महिनामा नियामक निकायबाट खोपको लागि स्वीकृति मिल्ने भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। अहिले विश्वका विभिन्न देशमा कोरोना भाइरस विरुद्धको खोप बनाउने काम तीव्र गतिमा भइरहेको छ । झण्डै २० वटा खोपको प्रयोगशालामा परीक्षण सुरु भइसकेको छ । 

कोरोना सङ्क्रमित धेरै भएका देशमा रुस चौथो स्थानमा छ । रुसमा अहिलेसम्म ८ लाख ४५ हजारमा कोरोना पुष्टि भएको छ भने १४ हजार जनाको ज्यान गएको छ । अहिले विश्वभर एक करोड ७९ लाखमा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये एक करोड १३ लाख निको भएका छन् । ६ लाख ८७ हजारको भने ज्यान गएको छ ।  source:ujyaaloonline

त्रिबेणी सहकारीको योजना तर्जुमा सम्बन्धि बिस्तारीत बैठक सम्पन्न


श्यमक घिमिरे
साउन १८ सन्धिखर्क-

त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क २ को बार्षिक समिक्षा तथा योजना तर्जुमा सम्बन्धि बिस्तारीत बैठक सनिवार सन्धिखर्कमा सम्पन्न भएको छ । भौतिक दुरी कायम गरी सम्पन्न भएको कार्यक्रम संस्थाका अध्यक्ष उत्तममणि मिश्रको अध्यक्षता,उपाध्यक्ष यमकला बन्जाडेको स्वागत मनतब्य र सचिब कमल प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका लेखा संयोजक शिब बेल्बासेले आन्तरीक लेखापरीक्षण, व्यवस्थापक तुल्सी खनालले संस्थाको गत बर्षको हिसाब प्रस्तुत,सचिब कमलप्रसाद घिमिरेले आ.ब २०७७/०७८ को लागी प्रस्तावीत कार्ययोजना र कोषाध्यक्ष मोहन भुसालले आ.ब २०७७/०७८ को लागी प्रस्तावीत अनुमानीत आयव्यय प्रस्तुत गर्नु भएको हो । बैठकले आ.ब २०७६/०७७ को लागी लेखा परीक्षक समेत नियुक्ति गरेको संस्थाले जनाएको छ ।