सुक्रवार अर्घाखाँचीमा थप १ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ३३१ पुग्यो


श्याम घिमिरे भदौ ५ अर्घाखाँची – अर्घाखाँचीमा सुक्रबार थप १ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्लाको शितगंगा नगरपालीकाका एक जनामा कोरोना संक्रमण देखिएकोे हो । उनको अहिले भैरहवामा उपचार भैरहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ३३१ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । संक्रमितमध्ये हालसम्म ३२४ जना निको भएर घर फर्किएका छन् भने ४ जनाको बिनिन्न आईसोलेशनमा उपचार भैरहेको छ । कोरोना संक्रमणका कारण शितगंगा नगरपालीका, भुमिकास्थान नगरपालीका र मालारानी गाउँपालीकाका १/१ जना गरी जम्मा ३ जनाको मृत्यु भैसकेको छ । यसैबिच सुक्रवार दिउँसोसम्म १६८ जना व्यक्तिहरु जिल्लाका बिभिन्न क्वरेन्टीनमा रहेका छन् । पछिल्लो २४ घण्टामा भुमिकास्थान नगरपालीकाको क्वरेन्टीनबाट ३ जना डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।