प्रजिअ पौडेलको विदाई


सन्धिखर्क एफएम अर्घाखाँची, ११ भदौ -अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको विदाई भएको छ । अर्घाखाँची जिल्लाको प्रमुख जिल्ला अधिकारी भई करिब १ वर्ष कार्यभार सम्हाल्नुभएका पौडेलको कर्मचारी मिलन केन्द्र, सुरक्षा समिती, जिल्ला प्रशासन कार्यालयले संयुक्त रुपमा सामाजिक दुरी कायम राखेर बिहिबार विदाई गरेका हुन ।

विदाई कार्यक्रमा जिल्ला न्याधिश बासुदेव न्यौपाने, प्रहरी नायव उपरिक्षक माधव बुढाथोकी, सहायक प्रमुख जिल्ला अधिकारीद्धय विक्रम थापा, विनोद खनाल, कर्मचारी मिलन केन्द्रका अध्यक्ष तथा विशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख खिम राना, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख रामबहादुर केसी, सालझण्डी ढोरपाटन सडकका आयोजना प्रमुख जयलाल मरासिनी, कर्मचारी मिलन केन्द्रका पुर्व अध्यक्ष वलराम मिश्र, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख मनिराम पराजुली, अनुसन्धान कार्यालयका चिरन्जीवी बुढा लगाएतको उपस्थितीमा विदाई गरीएको हो ।

विदाई हुदैँ प्रजिअ पौडेलले अर्घाखाँची जिल्लामा रहुन्जेल जिल्लाबासी, जनप्रतिनिधी, कार्यालयका प्रमुख तथा कर्मचारी,सुरक्षाकर्म, सञ्चारकर्मी, कोरोना नियन्त्रणमा लाग्नुहुने स्वास्थ्यकर्मी, राजनितिक दल, उद्योगी व्यापारी तथा सबै जिल्लाबासीलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

source:hindukhabar.com

नेपाली कांग्रेस सन्धिखर्क नगरपालिका वडानम्बर २ को आयोजनामा घोचेखोला टोलमा क्रियासिल सदस्यता वितरण तथा घोचेखोला टोल समितिको गठन कार्यक्रम सम्पन्न

सन्धिखर्क एफएम भाद्र ११ – नेपाली कांग्रेस सन्धिखर्क नगरपालिका वडानम्बर २ को आयोजनामा बुधबार घोचेखोला टोलमा क्रियासिल सदस्यता वितरण तथा घोचेखोला टोल समितिको गठन कार्यक्रम सम्पन्न भएको छ । सामाजिक दुरि कायम गरि भएको कार्यक्रममा नेपाल महिला संघ जिल्ला उपाध्यक्ष जानका बन्जाडे, नेपाली कांग्रेस जिल्ला सदस्य हुम प्रसाद बन्जाडे, चुरामणी भट्टराई , बाबुराम भुसाल , नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद प्रेमनारायण आचार्य, तरुण दलका जिल्ला सहसचिव रेशम भुसाल , नेपाली कांग्रेसका केसब आचार्य, कृष्णप्रसाद पन्थी , रामचन्द्र बन्जाडे, खगेश्वर आचार्य, बाबुराम पाण्डे , विकास भुसाल, लक्ष्मी आचार्य, , सुशील आचार्य , लगायतको उपस्थिति रहेको थियोे । भेलाले विकास भुसालको अध्यक्षतामा घोचेखोला टोल समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा डिलबहादुर रायमाझी , सचिव रेशम भुसाल, कोषाध्यक्ष सरस्वता बन्जाडे, र सदस्यमा गिता भुसाल , खगेश्वर आचार्य, केसब पोख्रेल र मुकुन्द पोख्रेल , रहेका छन् । कार्यक्रम नेपाली कांग्रेस सन्धिखर्क २ का वडा सभापति बिष्णुप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न भएको हो ।

एकैदिन १ हजार १११ जनामा काेराेना सङ्क्रमण,उपत्यकामै ३७७ संक्रमित,

भदौ ११, काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३५ हजार पाँच सय २९ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार एक सय ११ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा १२ हजार ६ सय २९ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण गर्दा एक हजार एक सय ११ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा पाँच सय ६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या २० हजार ७३ पुगेको छ ।

अब नेपालमा १५ हजार दुई सय ७३ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै नाै हजार चार सय ८८ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ८३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

१२ मिनेटमै कोरोना परीक्षणको नतिजा

भदौ ११, २०७७ काठमाडौं :  बेलायतको लुमिराडीएक्सले १२ मिनेटमा कोरोना परीक्षण गर्न सकिने टेस्ट किट बनाएको छ। स्वास्थ्य उपकरण बनाउने लुमिराडीएक्सले बनाएको यो टेस्ट किट सजिलो र भरपर्दो रहेको दाबी गरिएको छ। अहिले स्व़ाब टेस्टबाट कम्तिमा ९० मिनेटमा नतिजा आइरहेकोमा यो टेस्ट किटले १२ मिनेटमा नै नतिजा दिने दाबी गरिएको छ।

यस टेस्ट किटलाई अमेरिकाको फेडरल ड्रग्स एड्मिनिस्ट्रेसनले अनुमति दिइसकेको छ भने युरोपमा भने अनुमतिको अन्तिम चरणमा रहेको बताइएको छ। यसलाई स–साना क्लिनिक र मोबाइल टेस्टमा समेत सजिलै प्रयोग गर्न सकिने बताइएको छ। स्कटल्याण्डले लुमिराडीएक्ससँग ५ लाख परिक्षणका लागि ३ सय टेस्ट किट मेशिनको सम्झौता गरेको छ।

लुमिराडीएक्सक प्रमुख कार्यकारी अधिकृत रोन जवानजिगरले यस टेस्ट किटको नतिजा छिटो मात्र आउने नभएर नतिजा भरपर्दो समेत रहेको बताएका छन्। उनले यसको आधारमा संक्रमितको उपचार छिटो हुने र अन्यलाई संक्रमण सर्नेक्रम पनि रोक्न सहयोगी हुने बताएका छन्।    
source:thahakhabar.com