श्याम घिमिरे
सन्धिखर्क एफएम साउन ३१-
कर्मचारी हरुको साझा संस्था आधिकारीक ट्रेड युनियन अर्घाखाँचीको जिल्ला अध्यक्षमा सालझण्डी ढोरपाटन सडक आयोजनाका लेखा अधिकृत झबिन्द्र खनाल सिफारिस हुनुभएको छ । नेपाल निजामती कर्मचारी युनियन संघ अर्घाखाँचीको बैठकले युनियनका पुर्व पदाधीकारीहरुलाई फिर्ता बोलाउदै अध्यक्षमा खनाल सहितका पदाधिकारी तथा सदस्यहरु सिफारीस गरेको युनियन संघका जिल्ला अध्यक्ष शेषकान्त घिमिरे ओशनले जानाकारि दिनु भयो ।
आधिकारिक ट्रेड युनियनको सहसचिवमा जिल्ला मालपोत कार्यलयमा कार्यरत तारा पोख्रेल, कोषाध्यक्षमा संघिय खानेपानी कार्यलयका कृष्ण बर्मा र सदस्यहरुमा बिकल्प भट्टराई, ओम प्रकास श्रेष्ठ र लक्ष्मण भट्टराई सिफारिस हुनु भएको बताईएको छ । सिफारीस अध्यक्ष सहितका पदाधिकारीले आगामी आईतबार देखि पदभार ग्रहण गर्ने युनियनले जनाएको छ ।