काठमाडाैं उपत्यकामा २२४ सहित देशभर थपिए ७४३ काेराेना संक्रमित

भदौ ८, २०७७ काठमाडाैं : नेपालमा थप ७ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार  योसँगै नेपालमा संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ।   यसैगरी साेमबार काठमाडाैंमा १७७ जना भक्तपुर १४  र ललितपुरमा ३३ जना  संक्रमित फेला परेका छन्।  संक्रमित बढेसँगै कोरोनाबाट मृत्यु हुने क्रम पनि बढेको छ।  पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको मन्त्रालय स्रोतले जनाएको छ। मृत्यु हुनेमा काठमाडौंका १ जना, रुपन्देहीमा ४ जना, मोरङका १ जना, सुनसरी १ जना र पर्साका १ जना रहेका छन् । थप ८ जनाको मृत्युसँगै जम्मा मृत्यु हुनेको संख्या नेपालमा १ सय ५७ जुगेको छ।  साथै १३ हजार ७ सय १५ सक्रिय संक्रमित रहेका छन्। १७५ जना साेमबार डिस्चार्ज भएका छन्। 

अर्घाखाँची अस्पतालमा इमर्जेन्सी र प्रसूतिबाहेक सबै सेवा बन्द ।


विरेन्द्र केसी भाद्र ७ अर्घाखाँची –
अर्घाखाँची जनस्वास्थ्य कार्यालयमा कार्यरत तीन जना स्वास्थ्यकर्मी, एक कार्यालय प्रमुखसहित १३ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि अर्घाखाँची अस्पतालको इमर्जेन्सी र प्रसूतिबाहेक अन्य सेवा अनिश्चितकालका लागि बन्द गरिएको ।
जनस्वास्थ्य र अस्पतालका स्वास्थ्यकर्मीको स्वाब परीक्षणको रिपोर्ट नआउँदासम्म सेवा बन्द गरिएको हो । आइतबार तीन स्वास्थ्यकर्मी र एक कार्यालय प्रमुखलाई संक्रमण देखिएपछि ६३ जनाको स्वाब संकलन गरिएको थियो ।
स्वास्थ्यकर्मीसँग सम्बन्धित व्यक्ति र कार्यालय प्रमुख रहेको ७ जना कर्मचारीसहित ६३ जना र सोमबार अर्घाखाँची अस्पताल प्रमुख डा. कपिल गौतमसहित ५ जना डाक्टर र अन्य स्वास्थ्यकर्मी गरी २३ जनाको स्वाब संकलन गरी पठाइने भएको छ ।
‘अस्पतालको आकस्मिक र प्रसूति सेवा सुचारु गर्न साताअघि पीसीआर रिपोर्ट नेगेटिभ आएका ३ जना डाक्टर र चार जना स्वास्थ्यकर्मी खटिन्छन् । मसहित ५ जना डाक्टर रिपोर्ट नआउँदासम्म आइसोलेसनमा बस्छौं,’ गौतमले भने ।