अर्घाखाँचीमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ सय ३० पुग्यो, ३२४ जना संक्रमित डिस्चार्ज


श्याम घिमिरे
भदौ १ अर्घाखाँची –

अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्लाको शितगंगा नगरपालीकाका एकजना पुरुषमा सोमवार कोरोना संक्रमण देखिएकोे हो । केहि समय अगाडी भारतबाट आई होम क्वरेन्टीमा बसेका उनमा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ३३० पुगेको छ । हालसम्म सन्धिखर्क नगरपालीकामा ४४ जना, शितगंगा नगरपालीकामा ६७ जना, भुमिकास्थान नगरपालिकामा १०९ जना ,मालारानी गाउँपालीकामा ६८ जना, पाणिनी गाउँपालिकामा १४ जना र छत्रदेब गाउँपालीकामा २८ जना गरी ३३० जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अर्घाखाँचीका संक्रमितमध्ये हालसम्म ३२४ जना निको भएर घर फर्किएका छन् । जसमा सन्धिखर्क नगरपालिकाका ४४ जना, शितगंगा नगरपालिकाका ६५ जना , भुमिकास्थान नगरपालीकाका १०६ जना,मालारानी गाउँपालीकाका ६७ जना, पाणिनी गाउँपालिकाका १४ जना र छत्रदेव गाउँपालिकाका २८ जना गरि ३२४ जना डिस्चार्ज भएको प्रशासनले जनाएको छ । हाल भुमिकास्थान नगरपालीकामा २ जना र शितगंगा नगरपालीकामा १ जना गरी जम्मा ३ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् । कोरोना संक्रमणका कारण शितगंगा नगरपालीका, भुमिकास्थान नगरपालीका र मालारानी गाउँपालीकाका १/१ जना गरी जम्मा ३ जनाको मृत्यु भैसकेको छ ।

यसैबिच सोमवार दिउँसोसम्म जिल्लाका बिभिन्न क्वरेन्टीनमा १६२ जना व्यक्तिहरु रहेका छन् । पछिल्लो २४ घण्टामा भुमिकास्थान नगरपालीकाको क्वरेन्टीनमा १ जना मात्रै क्वरेन्टीनमा भित्रिएका छन भने भुमिकास्थान नगरपालीकाको क्वरेन्टीनबाट ७ जना डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ । अर्घाखाँचीका ६ वटा स्थानिय सरकारले २ सय ४३ स्थानमा ५१ सय ३ वटा बेड सहितको क्वरेन्टीन स्थापना गरि भारत लगायत अन्य मुलकबाट आएका व्यक्तिहरुलाई क्वरेन्टीनमा राख्ने गरेका छन ।

सन्धिखर्क नगरपालीकाको प्रमुख प्रशासकीय अधिकृतमा सापकोटा

श्याम घिमिरे
भाद्र १, अर्घाखाँची –
सन्धिखर्क नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कृष्ण प्रसाद सापकोटा आउनु भएको छ । सापकोटा सरुवा भई सोमवार मात्रै नगरपालीकामा आउनु भएको हो । उहाँलाई सन्धिखर्क नगरपालीका कार्यालयको मुख्य प्रबेशद्धारमा नगरपालीकामा कार्यरत कर्मचारीहरुले फुल, अबिर र खादा ओढाई स्वागत गरेका थिए ।

स्वागत कार्यक्रममा पश्चायत आफ्नो कार्यकक्षमा कर्मचारीहरुलाई निर्देशन दिदै सापकोटाले जनतालाई छिटोछरीतो र मुस्कान सहितको सेवा दिन सबै कर्मचारीलाई आग्रह गर्नुभयो । सापकोटाले नगरभित्रका जनताहरुले देख्नेगरी प्रतिफलमुलक कामगर्नुपर्नेमा जोड दिदै नगरवासीको सहयोग र समन्वयबाट नगरपालिकालाई नमुना बनाउन समेत आफु लागि पर्ने बताउनु भयो ।

सापकोटालाई आजै नगरप्रमुख कमलप्रसाद भुसाल र उपप्रमुख ठाकुर कुमार बिकले कार्यकक्षमा खादा ओढाई स्वागत गर्नुभएको थियो । नगरप्रमुख भुसालले जिम्मेवारी बोधका साथ नगरपालिकालाई समुन्नत, हराभरा र भष्टचारमुक्त नगरपालीका बनाउने आफुहरुको लक्ष्य रहेको बताउदै सोही अनुसार अगाडि बढाउन आग्रह गर्नु भयो । भुसालले नगरपालिकामा सुशासन कायम गर्न समेत सापकोटालाई आग्रह गर्नु भयो । साप्कोटाले जनप्रतिनिधिहरुले निर्माण गरेको नितिनियम र कानुनलाई अनुसरण गरेर प्रतिफल देखिने गरि काम गर्ने बताउनु भयो । सापकोटा प्रधानमन्त्री कार्यलयबाट सरुवा भई दोस्रो पटक सनिधखर्क नगरपालिकामा आउनु भएको हो, यसअघि जिवन ज्ञवाली प्रमुख प्रशासकिय अधिकृत हुनुहुन्थ्यो ।


photo source:Dilip Kumar Kunwar