घनश्याम पौडेल
सन्धिखर्क, ६ फागुन
अर्घाखाँचीमा चितुवा मृत फेला परेको छ । सन्धिखर्क नगरपालिका १० को खहरेखोला सामुदायिक वनमा मृत अवस्थामा भेटिएको हो ।
जिल्ला वन कार्यालय अर्घाखाँचीका प्रमुख दिपक ज्ञवाली हिन्दुखबर डटकमलाई दिएको जानकारी अनुसार आईतबार सन्धिखर्क १० को जंगलमा चितुवा मृतावस्थामा भेटिएको हो ।
प्रमुख वन अधिकृत ज्ञवालीले चितुवा मारेको नभई आफै मरेको हुनसक्ने जानकारी दिदै ‘सो विषयमा विस्तृत अनुसन्धान हुँदैछ ।