अर्घाखाँचीमा चितुवा मृत फेला

घनश्याम पौडेल
सन्धिखर्क, ६ फागुन 

अर्घाखाँचीमा चितुवा मृत फेला परेको छ । सन्धिखर्क नगरपालिका १० को खहरेखोला सामुदायिक वनमा मृत अवस्थामा भेटिएको हो ।

जिल्ला वन कार्यालय अर्घाखाँचीका प्रमुख दिपक ज्ञवाली हिन्दुखबर डटकमलाई  दिएको जानकारी अनुसार आईतबार सन्धिखर्क १० को जंगलमा चितुवा मृतावस्थामा भेटिएको हो ।

प्रमुख वन अधिकृत ज्ञवालीले चितुवा मारेको नभई आफै मरेको हुनसक्ने जानकारी दिदै ‘सो विषयमा विस्तृत अनुसन्धान हुँदैछ ।

Advertisement

सन्धिखर्क नगर स्तरिय भलिबल प्रतियोगिता सुरु ।

सहयोगी बिसी, ६ फागुन सन्धिखर्क
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका बडानम्बर २ को आयोजनामा अन्तर माध्यमिक विद्यालय सन्धिखर्क नगर स्तरिय भलिबल प्रतियोगिता सुरु भएको छ ।
प्रजातन्त्र दिवसको अबसरमा आयोजित भलिवल प्रतियोगितामा नगर भित्रका १५ माध्यमिक विद्यालय मध्ये १२ माविका खेलाडी हरुको सहभागिता रहेको छ । अर्घाखाँची आबासिय मावि बेलबाटिकाको खेलमैदानमा सुरु भएको खेलको एक समारोहका बिच सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले भलिबल सर्भीस गरी उदघाटन गर्नुभएको हो ।

भलिबलको खेल संयोजकमा अर्घाखाँची आबासिय माबिका प्राचार्य श्रीकृष्ण भुसाल, जनज्योति माविका प्राचार्य पशुपति भुसाल र भगवती माविका प्राचार्य श्याम बहादुर भुसाल सदस्य रहेको समितिले यस खेलको संयोजन गरेको छ । खेलमा रेफ्रीको भुमिकामा टोमलाल आचार्य बाबुराम कार्की लगायतका रहेका छन ।
खेल उदघाटन समारोहमा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, नगर उपप्रमुख ठाकुर कुमार बिक, नगर शिक्षा अधिकारी बलराम मिश्र, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
खेलमा प्रथम स्थान हासिल गर्ने विद्यालयलाई तीस हजार द्धतियलाई विस हजार, तृतीय स्थान हासिल गर्नेलाई पन्ध्र हजार प्रदान गर्नुको साथै उत्कृष्ट खेलाडिलाई ट्रफी र नगद पाचँ हजार प्रदान गरिने वडा सचिव बिष्णु प्रसाद आचार्यले जानाकारी दिनुभयो ।

आयोजक सन्धिखर्क नगरपालिकाका वडानम्बर २ का अध्यक्ष मोतिजंग रायमाझी जिल्ला खेलकुद बिकास समितिको अध्यक्षमा ३ कार्यकाल जिम्मेवारी समाल्नु भएका व्यक्ती हुन, उनले खेल क्षेत्रमा एक लाख ५० हजार रकम छुट्टाएका छन । यस वडाले एकादशी मेला र माघेसक्रान्ती मेला समेतमा बजेट छुट्टाई संस्कृति संरक्षणमा समेतमा उल्लेखनीय भुमिका खेलेको छ ।

निर्वाचन दिवस भव्य रुपमा मनाइने

काठमाडौं, फागुन ६ – निर्वाचन आयोगले आउदो फागुन ७ गते सोमबार निर्वाचन दिवस भव्य रुपमा मनाउने भएको छ ।

मुलुकको राजनीतिक र संवैधानिक संक्रमणलाई शीघ्र अन्त्य गर्ने सन्दर्भमा एक वर्षभित्र चार वटा महत्वपूर्ण निर्वाचन गराएर स्यावासी पाएको आयोगले दिवस उत्साहका साथ मनाउन लागेको हो ।

स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्यको निर्वाचन सफलतापूर्वक पूरा गरी आयोग अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारीमा जुटिरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा फागुन ७ गते मूल समारोहसहित तीन दिनसम्म विविध कार्यक्रम गरी निर्वाचन दिवस भव्यरुपमा मनाउन लागेको प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

विसं २०१५ मा पहिलो संसदीय निर्वाचन सुरु भएको दिन फागुन ७ गतेलाई आयोगले केही वर्षदेखि निर्वाचन दिवसका रुपमा मनाउन थालेको हो ।

‘स्वच्छ र स्वतन्त्र निर्वाचन’ विषयको अन्तरक्रिया, निर्वाचनमा समावेशीता विषयक परिसंवाद, निर्वाचन परिणाम पुस्तिका प्रकाशन, प्रभातफेरीदेखि रक्तदान हुँदै कृतिवाचनसम्मका कार्यक्रम तय गरिएको उहाँले जानकारी दिनुभयो ।

Source : रासस \Ujyaaloonline.com

चार कोठे कच्ची भवनमा स्थानीय सरकार, बिदाको दिन विद्यालयमा बैठक

गुल्मी ,फागुन ६
वरिपरि खाली चौर, माथि घना जंगल। त्यही चौरको एक छेउमा टिनले छाएको एक तले भवन। जहाँ मालिका गाउँपालिका कार्यालय लेखिएको छ। हो, यही भवनभित्र छ स्थानीय सरकार। स्थानीय आमा समूहले बनाएको चार कोठे कच्ची भवन मालिका गाउँपालिकाको सिहंदरवार (प्रशासनिक केन्द्र) हो।

एउटा कोठा अध्यक्षको लागि र अर्को उपाध्यक्षको लागि छुट्टाइएको छ।  बचेका दुई कोठामा प्रमुख प्रशासकीय अधिकृतदेखि सबै विषयगत कार्यालय र सहयोगीसम्म अटाउनुपर्ने बाध्यता छ।

जिल्ला सदरमुकामबाट ११ कोस टाढा मालिका गाउँपालिकाको केन्द्र अर्खाबांग पर्छ। सभा बस्न परे विद्यालयमा पुग्छौँ,विदाको समय मिलाएर ठुलीचौर प्राविमा बैठक बस्ने गरिएको छ जीर्ण भवनका कारण सहज सेवा दिन समस्या परेको बताउँछन गाउँपालिका प्रवक्ता शोभाखर गिरी। ‘भवन नहुँदा निकै समस्यामा परेका छौँ’ गिरीले भने धेरै सेवाग्राही कार्यालय आए सेवा दिन समस्या छ।

गाउँपालिकाको सभा बस्न भने सार्वजनिक विदा कुर्नु पर्ने छ। किनकि सभा सधैँ विद्यालय भवनमा बस्ने गरेको छ। ‘ सभा बस्न परे विद्यालयमा पुग्छौँ,विदाको समय मिलाएर ठुलीचौर प्राविमा बैठक बस्ने गरिएको छ’ गिरीले भने।  गाउँपालिकाको भवन अभाव भएका कारण ट्रस्ट निर्माण गर्ने प्रक्रिया सुरु भएको गाउँपालिका अध्यक्ष रितबहादुर थापाले बताए ।  कर्मचारी र प्रतिनिधिलाई भवनको समस्या छ।

तर, सर्वसाधारणलाई भने त्यो स्थान पुग्नै समस्या छ। गाउँपालिका कार्यालय पुग्न धेरै सेवाग्राहीको लागि सहज छैन। मालिका गाउँपालिका वडा नम्बर ६, ७ र ८ नम्बर वडालाई गाउँपालिका पुगेर आफ्नो काम सकेर फर्कन समय अपुग हुन्छ।मालिकामा मात्रै होइन मदाने, धुर्कोट र इस्मा गाउँपालिकामा पनि उस्तै समस्या छ।

गुल्मीमा २ नगरपालिका र १० गाउँपालिका रहेका छन्। अहिले कुनै पनि स्थानीय तहको आफ्नो कार्यालय भवन छैनन्। भौतिक संरचना नहुँदा कार्यालयको सेवा प्रवाह तथा कर्मचारीहरु बस्नसमेत समस्या छ।
Source : thahakhabar.com

एमाले – माओवादी केन्द्र एकीकरण निर्णायक मोडमा : प्रचण्ड

महोत्तरी, फागुन ५ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अबको कार्यभार सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थायित्व र समृद्धि हुने बताउनुभएको छ ।

शनिबार महोत्तरीको बर्दिवास नगरपालिका–८ बेङ्खाडीबजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान घोषणापछि त्यसको कार्यान्वयनको एकचरण सम्पन्न भएकाले अब सबैको ध्यान समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको हो ।

नेकपा माओवादी केन्द्र महोत्तरी समितिले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मुलुक नयाँ युगमा प्रवेश गरेको चर्चा गर्दै अब स्थायित्व, समृद्धि र आमजनतालाई सुशासनको अनुभूति गराएर समाजवादतर्फ अघि बढ्नु पर्नेमा जोड दिनुभयो । मुलुकमा वाम गठबन्धनको सरकार बनिसकेकाले अब यो अभियानको नेतृत्व आपूmहरुले गर्ने उहाँको भनाइ थियो ।

‘जनताले यिनीहरुले चाहिँ मुलुकलाई स्थायित्व दिन सक्छन् भनेर वाम गठबन्धनलाई विश्वास दिएका छन’, प्रचण्डले भन्नुभयो, ‘अब जनताको विश्वासमा हामी खरो उत्रिन सक्नुपर्छ ।’

सभामा अध्यक्ष प्रचण्डले एमाले–माओवादी केन्द्र एकीकरणको कुरा निर्णायक मोडमा पुगेको चर्चा गर्दै फुटाउन खोज्ने तत्वहरु सक्रिय रहेकाले दुवै पक्ष चनाखो भएर अघि बढ्न आवश्यक रहेको औँल्याउनुभयो ।

पार्टी एकीकरणका लागि चौतर्फी दबाब बढाउन अपिल गर्दै प्रचण्डले भन्नुभयो, “तपाईंहरु एमाले–माओवादी जुन पार्टीमा भए पनि आ–आफ्नो ठाउँबाट एकताका लागि बल पु¥याउनुहोेस्, जनताको दबाबले एकीकरण चाँडै टुङ्ग्याउन सघाउ पुग्नेछ ।” सभामा अध्यक्ष प्रचण्डले राजपा नेपालका केन्द्रीय सदस्य अनिल बस्नेतसहितका सयौँ कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै स्वागत गर्नुभएको थियो ।

यसअघि अध्यक्ष प्रचण्डले बर्दिवास–८ हाथीलेटमा आयोजित सम्मान समारोहमा जिल्लाका १०३ जना पुराना कम्युनिष्ट कार्यकर्तालाई अभिनन्दन गर्नुभएको थियो । समारोहस्थलमै पत्रकारहरुको जिज्ञासामा अध्यक्ष प्रचण्डले आफ्नो पार्टी सरकारमा सहभागी हुँदैन कि भन्ने आशङ्का नगर्न अपिल गर्नुभयो ।

“हामीले सरकार बनाइसक्यौँ, अब यसको विस्तारको कुरा छ”, प्रचण्डले भन्नुभयो, “पार्टी एकीकरणको कुरा सकारात्मक रुपमा अघि बढेकाले सबै कुरा एकीकरणसँगै जोडेर प्याकेजमा सहमति हुन्छ, अनि हामी सरकारमा सहभागी हुन्छौँ ।” यो चरण सर्त वा अन्य अर्थमा नबुझी एकीकरणलाई बल दिने अर्थमा बुझ्न अध्यक्ष प्रचण्डले पत्रकारहरुसँग आग्रह गर्नुभयो । -रासस