डिभीबाट प्राप्त अमेरिकी नागरिकता खोस्न अमेरिकी सरकाले हाल्यो अदालतमा मुद्दा

एकजना आप्रवासीको डिभीबाट प्राप्त अमेरिकी नागरिकता खोस्न अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसले मिसिगनको अदालतमा मुद्दा दायर गरेको छ ।

अपरेशन जानुसको एउटा भाग अन्तरगत युएससीआईएसले डिपार्टमेन्ट अफ जस्टिसलाई साफी उदिद्न उर्फ कबिर तालुकदार उर्फ कबिर रहमानको मुद्दा हस्तान्तरण गरेको हो ।

उक्त व्यक्ति सन् १९९२ को फरबरीमा जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा आएका थिए । त्यतीबेला उनले आफ्नो नाम गानु मियाह भएको विवरण दिएका थिए । त्यसपछि उनले अमेरिकामा एसाइलमका लागि आवेदन दिएका थिए । उनको मुद्दा अध्यागमन अदालतमा पुगेपछि उनलाई देशनिकालाको आदेश दिइएको थियो । सन् १९९४ मा गानु मियाहको नामको मुद्दा अगाडि बढिरहदा उनले साफी उद्दिनका नामबाट अर्को एसाइलम फाइल गरेका थिए ।

त्यो मुद्दा पनि अध्यागमन अदालतमा पुगेर सन् १९९७ मा उनलाई देशनिकालाको आदेश दिइएको थियो । सन् १९९७ मा उनले कविर तालुकदारको नाममा डिभी भरेर डिभी लोटरीमार्फत ग्रिनकार्ड पाएका थिए । उनले त्यतीबेला आफू क्यानडाबाट अमेरिकामा कारमा आएको दाबी गरेका थिए ।

पछि सन् २००४ मा उसले डिभी लोटरीमार्फत प्राप्त ग्रिनकार्डबाट अमेरिकी नागरिकता प्राप्त गरेका थिए ।

परिचय ढाँटेर ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकता प्राप्त गरेको कारण उनको नागरिकता खोस्नका लागि अहिले अमेरिकी सरकारले अदालतमा मुद्दा दायर गरेको हो ।

Source: khasokhas.com
Advertisement

जलजलाको उपचारार्थ अर्घाखाँची सम्पर्क सम्पर्क मंच द. कोरियाको सहयोग

दक्षिण कोरिया, १२ फागुन 

गायीका जलजला परियारको उपचारका निम्ति अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाले शनिवार राहत रकम हस्तान्तरण गरेको छ । मंचले दुवै मृगौलाले काम गर्न छोडेपछि टिचिङ अस्पतालमा उपचार गराईरहेकी परियारलाई रु १ लाख १३ हजार ३ सय ५० हस्ताण्तरण गरेको हो ।

कोरियामा कार्यरत नेपालीहरुबाट संकलन गरिएको रकमलाई एकमुष्ट गरि हस्ताण्तरण गरिएको मंचका कोषाध्यक्ष राज खनालले जानकारी दिए । गायीका परियारलाई मृगौला प्रत्यारोपणकालागी आर्थिक अभावका कारण समस्या परेको भन्ने खबर पाएपछि मंचले पनि यहाँ कार्यरत नेपालीहरुसँग रकम संकलन गरेको उनले बताए । संकलित रकम मंचका सल्लाहकार प्र्रकाश बेलवासे मार्फत हस्तान्तरण गरिएको हो ।

अर्घाखाँचीमा जन्मिएकी गायीका परियार नेपाली तारा सिजन—३ की प्रतिस्प्रधि हुन भने बाटो मुनीको फुल—२ चलचित्रको ‘केहि कदम तिमीसँग हिड्न मन छ’ गितमा स्वर भरेकी छन् । मंचले गायीका परियारको स्वास्थ्यलाभको पनि कामना गरेको छ ।

Source: hindukhabar.com

व्यक्तिगत सहयोग वाट निर्मित विद्यालय भवनको उद्घाटन कार्यक्रम सम्पन्न ।

 विनोद गैरे, फागुन १३ अर्घाखाँची

 लक्ष्मी आधारभुत विद्यालय भुमिकास्थान नगरपालिका वडा नं. ४ फलामखिल्जी अर्घाखाँचीमा व्यक्तिगत सहयोग वाट नव निर्मित ३ कोठे पक्की भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय तथा हाल जापानमा व्यवसाय संचालन गर्दै आउनुभएका टोम बहादुर घर्ति मगर, उहाकी श्रीमति रेककला घर्ति मगर र छोरा ज्योतिष घर्ति मगरको प्रमुख अथित्यतामा सम्पन्न उक्त कार्यक्रममा भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम बहादुर थापा, जिल्ला शिक्षा अधिकारी लिला बहादुर राउत क्षेत्री, भुमिकास्थानका नगर शिक्षा अधिकृत मणिराम पराजुली, जिल्ला शिक्षा कार्यालय अर्घाखाँीका विद्यालय निरीक्षक चोपलाल बेल्वासे, जिल्ला शिक्षाका नारायण प्रसाद पन्थी, चुमान सिहं थापा, भु.न.पा–४ का वडा अध्यक्ष बाबुराम सुनार, नेपाल पत्रकार महासंघ अघाखाँचीका कोषाध्यक्ष विनोद गैरे, स्थानीय समाजसेवी, बुद्धिजिवी तथा राजनैतिक दलका नेताहरुको उपस्थिती रहेको थियो ।
नव निर्मित विद्यालय भवनको उद्घाटन गर्दै भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम बहादुर थापाले विद्यालयलाई सहयोग गर्ने टोम बहादुर घर्ति मगरको परिवारलाई धन्यवाद दिदै शैक्षिक क्षेत्रमा उहाँको परिवारले पु¥याएको योगदान अत्यान्तै महत्वपूर्ण भएकोले सहयोगको उच्च मुल्याङ्कन गर्दै उहाँहरुको मुक्त कण्ठले प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी लिला बहादुर राउत क्षेत्रीले आफुले पसिना वगाएर कमाएको रकमवाट विद्यालय भवन निर्माण गर्नु सामान्य कुरा नभएको उल्लेख गर्दै वालवालिकाहरुलाई सुविधा सम्पन्न भवनमा सहज र सुरक्षित तवरवाट गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण सिर्जना गरीदिएकोमा सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।
विद्यालय भवनको भुमिकास्थान नगरपालिका वडा नं. ४ टोम बहादुर घर्ति मगर, रेककला घर्ति मगर र ज्योतिष घर्ति मगरको ३१ लाख ५७ हजार ३ सय २० रुपैंया सहयोगमा निर्माण सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा सहयोग दाताहरुलाई जिल्ला शिक्षा अधिकारी लिला बहादुर राउत क्षेत्री, भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम बहादुर थापा लगायतका विशिष्ट अतिथिहरुले टिका, माला दोसल्ला तथा प्रशंसा पत्रले सम्मान गर्नुभएको थियो ।
सम्मान ग्रहण पश्चाप प्रमुख अतिथिको तर्फवाट मन्तव्य राख्दै ज्योतिष घर्ति मगरले आफु व्यवसायीक सिलसिलामा जापान भएता पनि यस क्षेत्रको चौतर्फी विकासको लागि सदैभ होष्टेमा हैसे गर्दै आगामी दिनहरुमा पनि धेरै विकास निर्माणको क्षेत्रमा अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्दै आफु पनि यस विद्यालयको पूर्व विद्यार्थी भएकोले विद्यालयको जिर्ण भवन, असुरक्षित तवरले सानासाना भाईबैनीहरुले लिइरहेको शिक्षा देख्दा मलाई यहाँ सम्म ल्याई पु¥याउने विद्यालयलाई मैले लगानी गरी सुविधा सम्पन्न बनाउनु पर्दछ भन्ने हेतुले आफुहरुले यो विद्यालय भवन निर्माण गरेको जानाकारी दिनुभएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हिमलाल आलेको अध्यक्षता शिक्षिका पवित्रा आलेको स्वागत तथा प्रधानाध्यापक चोपलाल घर्तिको संचालनमा सम्पन्न भएको थियो ।

बलिवूडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन

बलिवूडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ।

५४ वर्षीया श्रीदेवी दुबाईमा एउटा वैवाहिक कार्यक्रममा सहभागी भएका बेला हृदयघात भएको ठानिएको छ।

उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन्।

श्रीदेवीले मिस्टर इण्डिया, चाँदनी, चालबाज र सदमा जस्ता व्यावसायिक रूपमा निकै सफलसहितका डेढ सयभन्दा बढी चलचित्रमा अभिनय गरेकी थिइन्।

बालकलाकार

पुरूष कलाकारको सहयोग विनै सफल चलचित्र दिने थोरै अभिनेत्रीहरूमा श्रीदेवीको नाम आउँछ। उनको जन्म सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा भएको थियो। बालकलाकारको रूपमा उनले चार वर्षको उमेरमा एउटा तमिल बालकलाकारकै रूपमा उनले तेलुगु मलयालम चलचित्रहरूमा पनि अभिनय गरेकी थिइन्।

दक्षिण भारतीय चलचित्रहरूमा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारका रूपमा बलिवूड चलचित्र ‘सोलहवा साल’ बाट अभिनय शुरू गरिन्।

सफल

सन् १९८० को दशकलाई अभिनेत्रीहरूको दृष्टिकोणले बलिवूडलाई श्रीदेवीको दशकको रूपमा व्याख्या गर्ने गरिन्थ्यो। उनलाई ‘लेडी अमिताभ बच्चन’ पनि भन्ने गरिन्थ्यो। सन् १९९७ मा जुदाई नामक चलचित्रमा अभिनय गरेपछि १५ वर्षसम्म उनी चलचित्रमा देखिनन्। सन् २०१२ मा उनले इंग्लिश-विंग्लिश नामक चलचित्रमा अभिनय गरिन्। जुन व्यावसायिक रूपमा निकै सफल रह्यो। सन् २०१७ मा मम नामक उनको चलचित्र आएको थियो, जसमा उनले लामो भूमिका निर्वाह गरेकी थिइन्।

Source: BBC Nepali