वीरेन्द्र केसी फागुन,१६ सितगंगा
प्रदेश सांसद रामजीप्रसाद घिमिरेले मुलुकमा राजनीति क्रान्ति सकिएकाले अब आर्थिक क्रान्ति गरेर देशलाई सम्बृद्ध बनाउनुपर्ने बताउनुभएको छ । उहा“ले नगर, गाउ“पालिका र प्रदेशबीच सम्बृद्धिको प्रतिष्प्रधा गराएर नेपाललाई विकसित राष्ट्र बनाउनतर्फ सबै राजनीतिक दलका नेता एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
शीतगंगा सेवा समाजले आज सितापुरको सरस्वती माविमा शैक्षिक सामाग्री गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले सबै अधिकार स्थानीय तहमा आएकाले कसरी विकास गर्न सकिन्छ भन्नेमा सबैको ध्यान पुग्नुपर्ने बताउनुभयो । सरकारले गर्ने काम विदेशमा बस्ने युवाहरुले चन्दा उठाएर स्कुललाई कम्युटर, ल्यापटप र प्रोजेक्टर वितरण गरेर नमूना काम गरेको बताउनुभयो ।
शीतगंगा नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारीले शीतगंगालाई कसरी सम्बृद्ध बनाउन सकिन्छ भन्दै विकासका खाका कोर्नमा आफनो ध्यान रहेको बताए । विकास विरोधी तत्वले आफुलाई बदनाम गरेर लान्छाना लगाएर चरित्र हत्या गर्न खोज्ने काम भएको भन्दै जनता विकासकै पक्षमा रहेकाले सम्बृद्धिको अभियान सफल हुने बताउनुभयो ।
जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउतले स्कुललाई कम्युटर दिएपछि शैक्षिक गुणस्तर बृद्धिमा ठुलो सहयोग पुगेको बताउनुभयो ।
शीतगंगा वडा २ का अध्यक्ष गोबद्धन थापाले र शीतगंगा नगर शिक्षा प्रमुख माधव बञ्जाडेले अब कम्युटर शिक्षा विना केही काम गर्न नसक्ने अवस्था आएकाले विद्यार्थीलाई कम्युटर सिक्ने ठुलो अवसर आएको बताउनुभयो । समाजका संरक्षक भीम खनाल, कान्तिपुर दैनिकका उपसम्पादक वीरेन्द्र केसी, सुचना तथा सुशासन अभियानका अध्यक्ष मुक्तनाथ भुसाल, समाजकी सल्लाहकार मिना भुसाल, स्कुलका पूर्व प्रअ राजेन्द्र केसी लगायतले विदेश र स्वदेशमा रहेका व्यक्तिको चन्दा संकलनबाट शैक्षिक सामाग्री हस्तान्तरण गर्नु उल्लेखनीय काम भएको बताउनुभएको छ ।
समाजले पहिलो चरणमा शीतगंगाका १२ माविमा कम्युटर, ल्यापटप र प्रोजेक्टर वितरण गर्न थालेका छन् । अहिलेसम्म सुबोधनी मावि बर्रेमा आठ, जनजागृती मावि सिद्धारामा पा“च, जनज्योती मावि ठाडामा दस, शिवादह मावि जुकेनामा आठ र सरस्वती मावि सीतापुरमा चारवटा कम्युटर, एउटा ल्यापटप र एउटा प्रोजेक्टर वितरण भएको समाजका अध्यक्ष कमल घिमिरेले बताए ।