अहिले हिँडिरहेको बाटोबाट देशलाई फाइदा नभए अर्कै फड्को मार्न सक्छु : प्रचण्ड

 


भरतपुर, माघ २७

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)ले अहिले आफुले चालिरहेको कदमबाट देश र जनतालाई फाइदा पुग्ने जस्तो लागेन भने अर्कै फड्को मार्न सक्ने बताएका छन्।

शनिबार चितवनको भरतपुरस्थित तीनखोले महाबौद्ध गुम्बाको उदघाटन समारोहमा बोल्दै उनले राजनीति संकटबाट देशलाई निकास दिन आफू मियोका रुपमा भूमिका खेल्दै आएको उल्लेख गर्दै यस्तो बताएका हुन्।

‘म अहिले जुन किसिमले हिँडेको छु, यसबाट देश र जनतालाई फाइदा पुग्ने लागेन भने म अर्कै फड्को मार्न सक्छु, ’ अध्यक्ष दाहालले भने, ‘मेरो मुख्य उद्देश्य समुन्नत र समृद्ध नेपालको निर्माण हो। शान्तिपूर्ण र समृद्ध नेपालका लागि नै मैले आफ्नो जीवन समर्पित गरेको छु।’

उनले एमालेसँगको एकता वा सरकार गठनबारे कार्यक्रममा केही पनि बोलेनन्। बरु यसअघि आफू प्रधानमन्त्री बन्नेबेलाको सन्दर्भ स्मरण गरे।

‘देशको राष्ट्रियता, एकता र अखण्डता तथा सबै समूहबीचको सदभावका लागि मैले खेलेको भूमिकाको जनताले उचित मूल्यांकन गरेका छन्,’ उनले भने ‘देश नै टुक्रिने हो कि भन्ने आशंका रहेको बेला सबैलाई एकै ठाउँ ल्याएर स्थानीय निकायको निर्वाचनको वातावरण तयार गर्नु निकै ठूलो चुनौती थियो। जनताप्रतिको उत्तरदायित्वबोध गरेर सबैलाई मिलाएर अघि बढ्न सकेँ।’

आफ्नो भूमिका सधैं सबैलाई मिलाउने, अप्ठ्यारो परेको बेला गाँठो फुकाउने र जनतालाई अधिकार सम्पन्न बनाउने रहँदै आएको भन्दै दाहालले  मुलुकका लागि जस्तो सुकै भूमिका निभाउन तयार रहेको बताए। यहि मेसोमा उनले कांग्रेस नेता तथा पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको पनि संझना गरे।

स्रोत: सेतोपाटि

 

Advertisement

क्रीकेट अर्घाखाँची सुपरसिक्सको उपाधी एम्स ए को पोल्टामा

सन्धिखर्क, अर्घाखाँची

स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ शुक्रबार देखि अर्घाखाँचीमा सुरु भएको क्रीकेट अर्घाखाँची सुपरसिक्सको उपाधी एम्स ए को पोल्टामा परेको छ ।

फाइनल खेलमा एम्स बी लाई हराउँदै एम्स ए ले उपाधी चुम्न सफल भएको हो । एम्स ए ले एम्स बी लाई दुई विकेटले पराजित गरेको हो । जिल्लाको क्रीकेट खेलको विकाससङ्गै खेलाडीहरुलाई क्रीकेट खेलमा अभिरुची बढाउने तथा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले सुपरसिक्सको आयोजना गरिएको हो ।

अर्घाखाँची सामुदायिक विकास क्लबको मातहतमा अर्घाखाँची क्रिकेट एकेडेमीको आयोजनामा प्रतियोगिता शुक्रवारदेखि सुरु भएको थियो। प्रतियोगितामा १३ समुहको सहभागीता रहेको थियो । प्रतियोगितामा प्रथम हुने एम्स एले १५००० ट्रफी , मेडल र प्रमाणपत्र र दोस्रो हुने एम्स बी ले ५००० मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

स्रोत:अर्घाखाँचीबुलेटिन

न्यायालयको शुद्दिकरणका लागि म जेल जान पनि तयार छुः डा. केसी

काठमाडौं, माघ २७

वरिष्ठ चिकित्सक गोविन्द केसीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गरेका छन्।

वरिष्ठ चिकित्सक केसीले शनिबार शिक्षण अस्पताल महाराजगंजमा पत्रकार सम्मेलन गरी प्रधानन्यायाधिश पराजुलीको राजीनामा माग गरेका हुन्।

‘प्रधानन्यायाधीशले राजीनामा नदिए अझै कडा रूपमा आन्दोलन गर्छु, न्याय बिक्रि गर्ने न्यायाधीशको विरुद्ध अझै लड्छु। जवाफदेहि बनाएरै छोड्ने हो,’ डा केसीले भने।

उनले प्रधानन्यायाधीश पराजुलीको नागरिकता, शैक्षिक प्रमाणपत्रहरु र तीनका आधारमा भएका नियुक्ती बदर गरी कानुनी कारबाही गर्नुपर्ने दावी समेत गरे।

वरिष्ठ चिकित्सक केसीले प्रधानन्यायाधीश पराजुलीले गैरकानुनी ढंगबाट नागरिकता लिएको पाइएको उल्लेख गर्दै कारबाही गर्नुपर्ने माग पनि गर्नु भरे। उनले वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलाई ज्यान मार्ने धम्की दिएको विषयको उजुरीका सम्बन्धमा कल डिटेल तथा भ्वाईस रेकर्ड झिकाउने लगायतका कार्यगरी गम्भिरतापूर्वक अनुसन्धान गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

Source: setopati.com