सनसनीपूर्ण जितसँगै नेपालले विश्वकप छनोट खेल्ने पक्का, करण केसी बने हिरो

 

चिरन्जिबी घिमिरे
अमेरिका, फाल्गुन २

क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ साथै नेपाल डिभीजन १ मा बढुवा भएको छ। नेपालको जितमा करण केसी नायक बने ।

१९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो । तर, करणले सन्दिप लामिछानेसँग लोभलाग्दो आक्रामक पारी खेल्दै नेपाललाई जित दिलाए ।

अन्तिम ओभरमा नेपाललाई ६ बलमा ८ रन चाहिएको थियो र क्रिजमा करण थिए । लगातार चार बल उनले रन जोड्न सकेनन् । तर, पाँचौं बल छक्का हान्दै जितको आश जगाए ।

अर्को बल बाइड भएसँगै नेपालको खातामा एक रन थपियो र दुबै टिमको स्कोर ड्र भयो । अब अन्तिम बलमा मात्र एन रन चाहियो, जुन करणले सहजै पुरा गरे र नेपाललाई डिभिजन टूको फाइनलसँगै विश्वकप छनोटमा पुर्‍याए। ३१ बलको सामना गरेका उनले ३ चौका र चार छक्को मदतमा नटआउट ४२ रन बनाए ।

जितसँगै नेपालले ८ अंक प्राप्त गर्दै समूहको शीर्ष स्थानमा रहेर डिभिजन एकमा बढुवा भएको छ।  सन् २०१९ मा हुने एकदिवसीय विश्वकपको छनोट खेलका लागि पनि छानिएको छ। सो खेल अर्को महिना जिम्बाब्वेमा हुनेछ। त्यस खेलबाट शिर्ष २ टोलि वोर्ल्ड कपको लागि योग्य हुनेछन्।

ICC point tableTable credit: espncricinfo

त्यस्तै नेपाल अब दुई वर्षसम्म आयोजना हुने विश्व क्रिकेट लिग च्याम्पियनसिप र ४ दिवसीय अन्तर-महादेशीय कप खेल्नका लागि पनि योग्य भएको छ।

बुधबार नै भएको अर्को खेलमा यूएईले नामिबियामाथि १९ रनको जित निकालेको छ र फाइनलसँगै विश्वकप छनोटमा स्थान बनाएको छ । हारेका दुई टिम क्यानडा र नामिबिया डिभिजन टूमै रहने भएका छन् भने केन्या र ओमान रेलिगेशनमा परेका छन् । नेपाल र यूएईको उपाधि भिडन्त फेब्रुअरी १५ मा नामिबिया स्थित Wanderers Cricket Ground, Windhoek मा ०९:३० बजे लोकल टाइम (07:30 GMT | 02:30 EST | 01:30 CST | 23:30 PST -1d)  मा हुनेछ।

Advertisement