रौतहट — स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १४ पटक अनशन बसेका डा. गोविन्द केसी मधेसका शीतलहर प्रभावित बिरामीको उपचारका लागि रौतहट आइपुगेका छन् । चिकित्सकसहितको उनको टोलीले गढीमाई नगरपालिका २ समनपुरको प्राथमिक स्वास्थ्य केन्द्रमा २ दिने नि:शुल्क स्वास्थ्य शिविर सुरु गरेको छ ।
Month: January 2018
मुलुक सवा ९ अर्ब घाटामा
काठमाडौँ — वस्तु व्यापार अनुकूल नभएको र बाहिरबाट आउने रेमिटयान्सको वृद्धि पनि घट्दो क्रममा रहेकाले मुलुक पछिल्लो समय सवा ९ अर्ब घाटामा छ ।

संसद्, सरकार र राष्ट्रिय सभा तीनवटैलाई बाटो खुला
काठमाडौँ — सरकारले प्रदेश प्रमुखको नाम सिफारिस गरेलगत्तै बुधबार साँझ निर्वाचन आयोगले पनि प्रदेशसभा समानुपातिकमा विजयी सांसदको नाम घोषणा गरेकाले प्रदेशसभा, प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनको गाँठो फुकेको छ ।
प्रदेशसभा समानुपातिकका लागि दलहरूले बन्द सूचीमा पेस गरेका उम्मेदवारलाई आयोगले निर्वाचित भएको घोषणा गरेको हो । प्रदेश प्रमुख नतोकिएकै कारण लामो समयदेखि आयोगले घोषणा गर्न नसकी रोकेर राखेको थियो । प्रदेशसभा समानुपातिकमा सातवटै प्रदेशमा गरी २ सय २० सांसद निर्वाचित भएका छन् ।
निर्वाचन परिणाम घोषणाको सात दिनभित्र प्रदेश प्रमुखलाई परिणाम बुझाउनुपर्ने संवैधानिक बाध्यता छ । तर प्रदेश प्रमुखको टुंगो नलागेकाले प्राविधिक काम सके पनि आयोगले परिणाम घोषणा गर्न पाएको थिएन । आयोग प्रवक्ता नवराज ढकालका अनुसार प्रदेशसभामा समानुपातिकतर्फबाट निर्वाचितको नाम प्रदेश प्रमुखसमक्ष पठाउने, प्रमाणपत्र दिने र सम्बन्धित दललाई जानकारी गराएर आयोगले नामावली राजपत्रमा प्रकाशित गराउनेछ । निर्वाचित सांसदलाई शुक्रबार आयोग कार्यालयमा प्रमाणपत्र दिने कार्यक्रम छ ।
प्रदेश प्रमुखले शपथ लिएलगत्तै आयोगले निर्वाचितको नामावली बुझाउने तयारी गरेको छ । सरकारबाट सिफारिस भएकालाई राष्ट्रपतिले नियुक्ति गरी शपथ गराउनुपर्ने प्रावधान छ । नियुक्ति र शपथ दुई दिनभित्र गर्ने तयारी छ । आउँदो ७ गते राष्ट्रिय सभाका मतदाताको सूची प्रकाशित गर्नुपर्नेछ । त्यो सूची प्रकाशित गर्ने मितिअगावै निर्वाचन परिणाम प्रदेश प्रमुखलाई बुझाउने वातावरण मिलाउन आयोगले अनुरोध गरेको छ । राष्ट्रिय सभाको निर्वाचनका लागि प्रदेश सांसदहरू पनि मतदाता हुन्छन् । आयोगको कार्यतालिकाअनुसार माघ १० गते राष्ट्रिय सभाको उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । चुनाव २४ गते हुनेछ ।
अब कहिले के हुन्छ ?
प्रदेशसभा सांसदको नामावली ७ दिनभित्र
राष्ट्रिय सभा निर्वाचन २० दिनभित्र
प्रदेशसभा पहिलो अधिवेशन २० दिनभित्र
मुख्यमन्त्री र प्रदेश सरकार ३० दिनभित्र
सभामुख र उपसभामुख अधिवेशनको १५ दिनभित्र
मुख्यमन्त्रीले विश्वासको मत लिने नियुक्तिको ३० दिनभित्र
स्रोत: कान्तिपुर दैनिक
सन्धिखर्क एफएम ८९.८ मेगाहर्जकाे माघ १ गतेबाट बिधिवत रूपमा उद्घाटन
सन्धिखर्क एफएम ८९.८ मेगाहर्जकाे माघ १ गतेबाट बिधिवत रूपमा उद्घाटन
सन्धिखर्क अर्घाखाँची
संस्कृति मनाेरञ्जन र स्वाभिमानकाे मुलमन्त्र, सुचना र सञ्चारकाे बिकासमा रेडियो सन्धिखर्क भन्ने मुलनारा सहित स्थापित भएकाे सन्धिखर्क एफएम ८९.८ मेगाहर्जकाे २०७४ साल माघ १ गतेबाट बिधिवत रूपमा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक “किसाेरकाे” प्रमुख अातिथ्यतामा सम्पन्न भयाे। साथमा सनपा वडानम्वर १ र २ वडा अध्यक्ष युबराज बन्जाडे र माेतिजंग रायमाझी एवं नेपाल पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसि लेकालि लगायत अन्य सहकर्मी पत्रकार साथि लगायत अन्य महानुभाबहरूकाे उपस्थितिमा शुभारम्भ भयाे।
सन्धिखर्क अर्घाखाँची: सन्धिखर्क एफएम ८९.८ मेगाहर्जकाे माघ १ गतेबाट बिधिवत रूपमा उद्घाटन गर्दै सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार बिक किसाेरकाे। साथमा सनपा वडानम्वर १ र २ वडा अध्यक्ष युबराज बन्जाडे र माेतिजंग रायमाझी एवं नेपाल पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसि लेकालि लगायत अन्य सहकर्मी पत्रकार साथीहरु।
हार्दिक निमन्त्रणा
हार्दिक निमन्त्रणा
माघ १ गते माघे सक्रान्तिको दिन रेडियो सन्धिखर्क ८९. ८ मेघाहर्जको उद्घाटन कार्यक्रम राखिएको हुदा सम्पूर्ण सुभचिन्तकहरुमा उपस्थितिको लागि अनुरोध गरिन्छ।
स्थान: रेडियो भएको भबन भक्तिटोला सन्धिखर्क (शिवालय मन्दिरको अगाडी )