सन्धिखर्क अर्घाखाँची,
जिल्लाको सदरमुकाम सन्धिखर्क, भक्तिटोलमा अबस्थित श्री सिध्देस्वर शिवालयको मन्दिरमा आज महाशिवरात्रिको अबसरमा बिहानै देखि दर्शनार्थिहरूको भिड लागेको थियो ।
महाशिबरात्री २०७४ सालको उपलक्ष्यमा श्री सिध्देश्वर शिबालय मन्दिर स.न. पा. २ भक्तिटोलमा यहि फागुन १ गते मंगलबारका दिन नब नर्मित हवनकुण्डमा नित्य हवनको शुभारम्भको लागि सबा लाख गायत्री मन्त्र जप बटुकहरु र गुरुहरु ज्युबाट शुभारम्भ गरिएको थियो साथै महाशिबरात्रीको दिन सामुहिक लघुरुद्रि पुजा गरि रातभर जागराम बसि भजन किर्तन गरिने स्रोतले जनाएको छ।
तस्बिर: श्याम घिमिरे