अर्घाखाँची ठुलापोखराः चुलोचौकोका महिला आर्थिक समृद्धिमा

घनश्याम पौडेल ,छत्रदेव, १० फागुन 

 विहान उज्यालो भएदेखी बेलुका अध्यारो हुदाँ सम्म चुलोचौकोमा व्यस्त हुने अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका ठुलापोखराका महिलाहरु आर्थिक समृद्धीमा लागेका छन ।

घर खर्च चलाउँनका लागी दुई चार रुपैँया चाहियो भनेर, श्रीमान तथा घरपरिवार सँग माग्न नपर्ने उदाहरण बनेका छन । उनीहरुले २५ जनाको समुह बनाई बाख्रापालन व्यवसाय सञ्चालन गरेका छन । समुह भित्र बाख्रापालनका लागी आवश्यक पर्ने सवै सामाग्रीहरु पनी राखेका छन ।
किसानका लागी उन्नत विउँविजन कार्यक्रमको पुरक अनुदान तथा जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीको सहकार्यमा गठीत गणेश बाख्रापालन समुहका महिलाहरु अहिले बाख्रा विक्रीबाट आम्दानी गरेको बताउँछन ।

समुहकी अध्यक्ष सावित्रा बन्जाडे भन्छीन्, यहाँका महिलाहरु आर्थिक समृद्धिमा लागेका छन, केयुविकेको जस्तै गाउँपालिका तथा वडाबाट सहयोग हुनुपर्छ, पुरुष र महिलामा केही अन्तर छैन, महिलाहरुले पनी प्रशस्त आम्दानी गर्न सक्छन । जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. लोकनाथ पौडेलले राम्रो काम गरेमा गाउँबाटै समृद्ध बन्न सकिने बताए ।

केयुविकेकी निमित्त प्रमुख राधा नेपालीले कृषकहरुले गरेको कामको प्रशंसा गर्दै अझै राम्रो आम्दानी गर्न आउँदो दिनमा निरन्तर लाग्न आग्रह गरीन ।

वडा अध्यक्ष कमल पौडेलले बाख्रापालनबाट आयआर्जन सुरु भएको बताउँदै समुहलाई फैलाउँन र वडा भरि पशु तथा कृषिका कार्यक्रमलाई निरन्तरता दिन वडा प्रतिवद्ध रहेको बताए ।

गणेश बाख्रापालन समुहसँग क्रस गरेको वोयर बोका, २५ वटा आधुनिक बाख्रापालन खोर निमार्ण, ४ वटा स्थानिय बोका, औषधी देखी बाख्रापालनका लागी आवश्यक सवै सामाग्री रहेको समुहकी सचिव सरला बन्जाडेले बताईन ।

यहाँको समुहले बाख्रापालनबाट उत्पादीत मासु विक्री गरेर ८ लाख ४१ हजार ५ सय आम्दानी गर्न महिला कृषकहरु सफल भएको कोषाध्यक्ष सुनिता बन्जाडेले बताईन ।

उनी भन्छीन्, बालबालीकाको पढाई खर्च तथा घरको चियाँ खर्चका लागी श्रीमानको आश गर्नु पर्दैन, काम गरेमा महिला आफै सक्षम हुन्छन्, यो कार्यलाई निरन्तरता दिन सवै लाग्नुपर्छ ।

पछिल्लो समयमा अर्घाखाँची जिल्लाका विभिन्न गाउँमा सरकारी तथा गैरसरकारी संस्थाहरुको सहयोगमा समुहहरु बनाई महिलाहरु आर्थिक समृद्ध बन्न लागीपरेका छन, कहीँ पशुपालन, कहीँ व्यवसायीक कृषि खेती तथा विभिन्न कार्य गरी आम्दानीको स्रोतमा लागेका छन्, ।

Advertisement

सन्धिखर्क वडानम्वर दुईको आयोजनामा महिला नेतृत्व बिकास तालीम सुरु ।

श्याम घिमिरे,फागुन १० सन्धिखर्क

सन्धिखर्क नगरपालीका वडानम्बर २ को आयोजनामा आज देखी तिन दिने महिला नेतृत्व बिकास तालीम सुरु भएको छ ।

सन्धिखर्क स्थीत सूर्योदय महिला बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभाहलमा सन्चालन भएको तालीमको वडानम्बर २ का अध्यक्ष मोतिजंग रायमाझीले ब्यानर बाचन गरी उद्घाटन गर्नु भएको हो ।

उद्घाटन मनतब्य राख्दै अध्यक्ष रायमाझीले नेतृत्व बिकासले ब्यक्तिको जिबनमा महत्वपुर्ण अर्थ राख्ने भन्दै मानबिय चेतनाको बिकास बिना कुनैपनि क्षेत्रको बिकास गर्न नसकिने बताउनु भएको थियो ।

कार्यक्रमा नेपाल रेडक्रस सोसाईटी अर्घाखाँचीका अध्यक्ष तथा तालीमका प्रशिक्षक शम्भु पोखे्रल,प्रशिक्षक पबित्रा भट्टराई,महिला मानब अधिकार कर्मी कमला भुसाल,शान्ता पन्थी,पत्रकार श्याम घिमिरे,जितेन्द्र खत्रि लगायतले तालीम सफलताको शुभकामना दिनु भएको थियो ।

उद्घाटन कार्यक्रम महिला सदस्य सुश्मा श्रेष्ठको अध्यक्षता,मिना साँवतको स्वागत मनतब्य र वडा सचिब बिष्णु आचार्यको सन्चालनमा सम्पन्न भएको हो तालीममा दुई नम्बर वडाका करीब ३५ जना महिलाहरुको सहभागीता रहेको पत्रकार श्याम घिमिरेले खबर पठाउनु भएको छ ।

राज्यले दमनगरे बन्दुक उठाउन तयार छौ –नेकपा नेता केसी

श्याम घिमिरे,१० फागुन अर्घाखाँची
नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका जिल्ला ईन्चार्ज कमल केसीले आफुहरुलाई राज्यले दमनगरीराखेमा प्रतिरोध स्वरुप बन्दुक उठाउन पनी सकिने बताउनु भएको छ ।

बिहिबार सन्धिखर्कमा कथित बामसरकारको ज्यादति र लोकतन्त्र बिषयक अन्तरक्रिया कार्यक्रममा मनतब्य राख्दै नेता केसीले यस्तो प्रतिकृया दिनुभएको हो । अहिले पार्टीले बिचारको बन्दुक हानीरहेको तर सरकारको यस्तै रबैया रहेमा देश र जनताको हितको लागी जस्तो सुकै मुल्य चुकाउन पनी आफ्नो पार्टी पछी नपर्ने भन्दै बर्गीयमुक्ति बिना जातीय मुक्ति असम्भब रहेकोले अन्याय र अत्यचारको बिरुद्धमा लड्न सबै एकजुट हुनुको बिकल्प नभएको बताउनु भयो ।

साथै नेता केसीले बिनाकारण प्रहरीको हिरासतमा राखीएका आफ्ना पार्टीका नेता सुर्दशन लगायतका नेता कार्यकर्तालाई तत्काल रीहा गर्नपनी माग गर्नु भयो । फरक प्रसंगमा नेता केसीले केन्द्रीय निति अनुसार राज्यलाई कर छली गरेकोले एनसेलका टाबरहरु हानिएको बताउनु भएको थियो । कार्यक्रम नेकपाका कार्यालय सचिब प्रभासको अध्यक्षता र बिद्यार्थी नेता कुलराज बन्जाडेको सन्चालनमा सम्पन्न भएको हो ।

 

यसरी मारिए मनोज, वसन्तका बुबा भन्छन् : देवदहका अरू छोराहरू नमरून्

फागुन ९, २०७४  :

भवानीपुर गौतम बुद्धको मावली गाउँ हो। देवदह नगरपालिका– ४ मा पर्ने भवानीपुरमा मायादेवी मन्दिर र अरू बुद्धकालीन संरचनाहरू भएको पुरातत्त्वविद्हरू बताउँछन्।  यही पुरातात्त्विक संरचना भएको स्थलभन्दा केही पूर्वमा विजयपुर चोक छ। विजयपुर चोक पुग्नुअघि सानो पुल छ।

पुल र विजयपुर चोकको बीचमा ओरालो सडकमा बुधबार बिहानै ‘इन्काउन्टर’ भयो। इन्काउन्टरमा देवदहमा २ जना र काठमाडौंमा एक जनाको हत्या अभियोग लागेका देवदहवासी मनोज पुन भनिने मनोज बुढामगर र उनका दाहिने हात मानिने भैरहवावासी सोम आले मारिए।  नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरोका एसएसपी तथा देवदहका बलु पौडेलको हत्यापछि बनेको अनुसन्धान समितिका संयोजक घनश्याम अर्यालले प्रहरीसँगको जम्काभेटमा २ जना मारिएको बताए।

पुन युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारी, नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचन र देवदहका फर्निचर व्यवसायी वसन्त पौडेको हत्याका योजनाकार रहेको आरोपमा प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा थिए।  रूपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीका अनुसार उनीहरू नेपाल आएको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) र नेपाल प्रहरीको स्थानीय टोलीले सर्च अभियान थालेको थियो।

‘सर्च अभियानमा गएको सिआइबीका अंगुर डीसी नेतृत्वको टोलीमाथि मोटरसाइकलमा रहेका उनीहरूले फायरिङ गरेका थिए’, ज्ञवालीले घटना विवरण बताए, ‘प्रहरीले जवाफी फायरिङ गर्दा उनीहरू घाइते भए र लुम्बिनी अंचल अस्पतालमा ल्याएलगत्तै मृत घोषणा गरिएको थियो।’

पुन र आलेको शरीरमा २२ वटा गोली लागेका छन्। पुनको शरीरको अघिल्लो भागमा ८ वटा, तिघ्रामा २, पाखुरामा १ र ढाडमा एउटा गोली लागेको छ।  आलेको छातीमा ५, ढाड, पेट, खुट्टा र बायाँ कोखामा गरी १० गोली लागेका छन्।

स्थानीय भन्छन् : मकै भुटेजस्तै गरी गोली चल्यो

विजयपुर चोकका वासिन्दाले एकाबिहानै सवा ३ बजेतिर गोली चलेको आवाज सुने। आवाज सुनेपछि के हो भन्ने सोधीखोजी गर्ने प्रयास उनीहरूले गरेनन्। ‘मकै भुटेजस्तै भटटटट आवाज आएको थियो’, स्थानीय सीता बस्यालले भनिन्।  उज्यालो भएपछि स्थानीय सडकमा आउँदा प्रहरीको भीड थियो। ‘बिहानै एकदमै भीड थियो, बीचमा २ वटा मोटरसाइकल पल्टिएका थिए’, स्थानीय चन्द्रकान्त पाण्डेले भने, ‘भुइँभरि रगत थियो।’

ल्यापटप र पेस्तोल बरामद, पुनले बोक्थे नक्कली पासपोर्ट

घटनास्थलबाट प्रहरीले एउटा ल्यापटप र एउटा पेस्तोल बरामद गरेको छ। मनोज पुनले सूर्य राना नामबाट नवलपरासीबाट निकालिएको पासपोर्ट प्रयोग गर्ने गरेको र अरू फरक फरक नामका एटिएम कार्डहरू बरामद भएको एसपी ज्ञवालीले बताए।

कसरी आए पुन र आले देवदह?

प्रहरीका अनुसार पुन र आले केही दिनअघि रूपन्देही आएको सूचना प्रहरीले पाएको थियो। एक जना वरिष्ठ प्रहरी अधिकृतले केही दिनअघि बुटवलमा पुन छिट्टै पक्राउ पर्ने बताएका पनि थिए।  त्यसलगत्तै उनले पुनको इन्काउन्टर हुनसक्ने बताएका थिए। प्रहरीले पुन र उनको समूहलाई एमालेकै नेताहरूले संरक्षण गरेको भन्दै अनुसन्धानमा असहज भएको बताउँदै आएको थियो।  यसअघि प्रहरीको एक टोली भारतमा पुनलाई खोज्दै गए पनि उनलाई नेपाल ल्याउन नसकेपछि रित्तै फर्किएको थियो। प्रहरीका एक अधिकारीका अनुसार पुनका सहयोगी आले चितवनबाट केही दिनअघि पक्राउ परेका थिए। उनकै सहयोगमा पुनलाई नेपाल ल्याइएको हो।  ती अधिकारीका अनुसार आलेकै सहयोगमा पुनसम्म पुगेर धनगढीको बाटो हुँदै देवदह लगेर घर जान भन्दै बाइक दिइएको थियो र त्यसपछि प्रहरीले इन्काउन्टर गरेको हो।  पुनको घर देवदह– ५ मा पर्छ।

दबाबपछि सर्वसाधारणले हेरे शव

एकाबिहानै संचार माध्यममा पुन र आलेको इन्काउन्टरको खबर आएसँगै उनीहरूको शव राखिएको स्थान लुम्बिनी अंचल अस्पतालमा भीड बढेको थियो। भीड बढ्दै गएपछि शव मनोज पुन र सोम आलेको नभएको हल्ला फैलियो। हल्लासँगै प्रहरीलाई दबाब बढ्यो र प्रहरीले सर्वसाधारणलाई पनि उनीहरूको शव हेर्न दियो। अञ्चल अस्पताल पुगेका सर्वसाधारणले लाइन लागेर उनीहरूको शव हेरे।

शव आफन्तको जिम्मा लगाइन्छ : प्रहरी

प्रहरीले पुन र आलेको शव आफन्तलाई जिम्मा लगाउने बताएको छ। ‘पोष्टमार्टम र अरू प्रक्रियापछि आफन्तलाई शव जिम्मा लगाउँछौँ’, रूपन्देही प्रहरी प्रमुख ज्ञवालीले भने, ‘उहाँहरूसँग हामीले सम्पर्क गरिरहेका छौँ।’

पुनबाट पीडितहरू भन्छन् : अब शान्त हुन्छ देवदह

देवदहवासीले पुनको इन्काउन्टरपछि शान्ति फर्किने बताएका छन्। बुद्ध मावली थलो देवदहमा आतंक मच्चाइरहेका पुन र आलेको प्रहरीले इन्काउन्टर गरेपछि उनीहरूले देवदहमा आतंकको राज समाप्त भएको भन्दै खुसी व्यक्त गरेका छन्।

यसो भन्छन् मारिएका वसन्त पौडेलका बुबा नीलकण्ठ 

मेरो छोरा मारियो। हामी अझै पनि शान्त भएका छैनौँ। पीडामै छौँ। हामी चाहन्छौँ, देवदहका अरू छोराहरू नमरुन्। प्रहरीलाई नै च्यालेन्ज गरेको, दिनरात चिन्ता दिने मान्छे मारियो भने ठीकै हो तर उसलाई जिउँदै समातेर उसका अरू साथीहरूलाई पनि समातेको भए अझ राम्रो हुन्थ्यो।

देवदह नगरपालिका प्रमुख केसी भन्छन् : ज्युँदै समातेर थप अनुसन्धान गर्नुपर्थ्यो

यो घटनापछि देवदहवासीले राहतको महसुस गरेका छन्। हामीले पनि पटक पटक प्रहरीलाई दबाब दिँदै आएका थियौँ। सुरक्षाको प्रत्याभूति दिलाउन माग गरिरहेका थियौँ। अब देवदह सुरक्षित हुने आशा जागेको छ। प्रहरीलाई धन्यवाद छ। तर अपराधीलाई जिउँदै समातेर थप अनुसन्धान गरेर अरू सहयोगीहरूलाई पनि कानुनी दायरामा ल्याएको भए हुने थियो।

 

Source : thahakhabar.com