गीत गाएर जीविका चलाउँदै दृष्टिविहिन

अर्जुन भुसाल, बुधबार, ०९ फागुन २०७४ अर्घाखाँची

हाम्रो दुःख देख्ने यहाँ कोही छैन

हेला गर्दा यति मन रोछैन

पढन् अनि लेख्न पाइएन,

दुःखी जीवन विताउनु पर्योनी

यो धर्तीलाई देख्न पाइएन

बुधबार जिल्ला सदरमुकाम सन्धिखर्कको शान्तिवगैंमा लुम्बिनी अपाङ्ग, दृष्टिविहिन तथा असाहय आश्रम वुटवलका दृष्टिविहिन कलाकारहरुले गाएका विभिन्न गीतले दर्शकहरुलाई भावुक बनायो। उनीहरुले दृष्टि बिहिन भएर जीवन जिउँदाको पीडालाई गीतको माध्यबाट प्रस्तुत गरेका थिए। उनीहरुले संसार नै देख्न नपाइ अरुको सहारामा जीवन चलाउन  निकै गाह्रो भएको भाव प्रकट भएका थुप्रै गीत गाएका थिए।

तितो पिरो हुँदैन गर्नलाई

एक दिन पर्छ सबैलाई मर्नलाई

फक्रेको फूल झर्नै पर्ने रे,

कस्तो हो यो श्रृष्टिको नियम जन्मेपछि मर्नै रे

यस्तै गीत गाएर उनीहरुले थुप्रैको मन तानिरहेका थिए भने गीत गाएरै जीविको पार्जनका लागि आर्थिक जोहो पनि गरिरहेका थिए। यसै गरी विभिन्न ठाउँमा गएर उनीहरुले आर्थिक संकलन गर्दै जीविको पार्जन गरिरहेका छन्।

अर्घाखाँची जुकेनाका पदम बहादुर नेपाली आश्रमका अध्यक्ष हुन्। आफ्नमो जिल्लामा आएर गीत गाउँन पाउँदा आफुलाई निकै खशी लागेको उनले बताए। आफूहरुलाई समाजको सहारा आवश्यक भए पनि अपेक्षाअनुरुप सहयोग नपाएको उनको गुनासो छ। पहिलेका सरकारले आफुहरुलाई उपेक्षा भएपनि बर्तमान सरकारले आफुहरुका लागि केही गर्छकी भन्ने आफुहरुले आशा लिएको बताए।

यसरी गीत गाएर संकलन गरिएको रकमबाट आश्रमको भवन बनाउने आफुहरुको योजना रहेको पनि उनले बताए। बर्दियाका रामबहादुर गलामीले अरु काम गर्न नसकेपनि  गीत गाउन त्यत्ति  गाह्रो नभएको बताए।

Advertisement

धनगढी प्रीमियर लिगमा अर्घाखाँचीका दुई खेलाडी एक एक लाखमा खरिद ।

कमल बिस्ट ,फागुन ९

चैत्र १७ गते देखि धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिगको अक्सन बुधबार सम्पन्न भएको छ। अक्सनमा अर्घाखाँचीका खेलाडी शौरभ खनाललाई बिराटनगर किङ्स र बिक्रमकुमार भुसाललाइ रुपन्देही च्यालेन्जर्सले समान एक एक लाखमा खरिद गरेको छ ।

नेपाली क्रीकेट जगतमा उदयमान खेलाडी सौरभ खनाल र बिक्रम भुसाल अर्घाखाँची जिल्लाको साबिक खन गाबिस र हाल मालारानी गाउँपालिकामा जन्मिएका हुन । लिगमा सहभागी हुने ६ टिमले अक्सनमार्फत कुल ७२ जना खेलाडी खरिद गरे। राजधानीको अन्नपूर्ण होटलमा सम्पन्न अक्सनमा सहभागी हुन कुल १९२ जनाले आबेदन दिएका थिए भने १२ जना खेलाडीलाई ट्यालेन्ट हन्टमार्फत अक्सनमा राखिएको थियो।

बिराटनगर किंग्सले १ लाख २० हजार रुपैयाँमा पृथु बास्कोटालाई तथा पवन सर्राफ, रामनरेश गिरि, सौरभ खनाल, दिलिप नाथ र अनिल साहलाई समान १ लाख रुपैयाँमा खरिद गरेको हो। रुपन्देही च्यालेन्जर्सले सागर पुनलाई १ लाख ५० हजारमा किन्दा, बिक्रम भुसाल, सुशन भारि र सिद्धान्त लोहनीलाई १ लाख खर्च्यो। यस्तै जितेन्द्र मुखियाले ९० हजार तथा प्रदिप ऐरीले ८० हजार मुल्यमा बिक्री भए।

महिलाहरुलाई उद्यम शिलताका काममा लाग्न सांसद आचार्यको आग्रह

अर्जुन भुसाल ,अर्घाखाँची फागुन ९

अर्घाखाँची प्रदेश सभा क्षेत्र नंं. १ का सांसद चेतनारायण आचार्यले महिलाहरुलाई उद्यम शिलताका कामहरुमा लाग्न आग्रह गर्नु भएको छ ।

मालारानी गाउँपलिकाले वडा नं. २ मा आयोजना गरेको सिलाइ कटाइ तालिमको उद्घाटन गर्दै उहाँले पछिल्लो समयमा महिलाहरुले निकै उत्कृष्ट ढंगले व्यवसाय सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले सिलाइकटाइ तालिम गरिसकेपछि तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न पनि प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । उहाँले अबको पाँच वर्ष भित्रमा १ नं. क्षेत्रलाई नमूना क्षेत्रको रुपमा परिचित गराउने ढंगले आफू काममा लागेको बताउनुभयो ।

सांसद आचार्यले कृषि पशुपालन, घरेलु उद्योग र सहकारीको माध्यमबाट जिल्लालाई समृद्ध बनाउने बताउनुभयो । तालिमको उद्घाटन शत्रमा मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य, उपाध्यक्ष प्रमिला क्षेत्री, कार्यक्रम अधिकृत नेत्र खनाल, एमाले पाँच नं. प्रदेश कमिटी सदस्य नरेन्द्र कुमार क्षेत्री, एमाले नेता जनार्दन खनाल, वडा अध्यक्ष विनोद भुसाल, एमाले जिल्ला कमिटी सदस्य लिलबहादुर विक, अनेरास्ववियुका अध्यक्ष प्रदिप नेपाली लगायतको आतिथ्यता रहेको थियो । सांसद आचार्यले मालारानी गाउँपालिका वडा नं. १, २, ३, ४, ५ र छत्रदेव गाउँपालिका वडा नं. ८ मा कार्यकर्ता र सुभेच्छुकहरुसँग भेटघाट समेत गर्नु भएको छ ।

दुबईमा विदेशी कामदारका लागि हाते पुस्तक : कामदारले गर्न हुने र नहुने काम यी हुन्

उमाकान्त पाण्डे/उज्यालो

युएई, फागुन ८ –  तपाईं दुबईमा हुनुहुन्छ ? तपाईंको बसाइलाई सजिलो बनाउन दुबई सरकारले हाते पुस्तक सार्वजनिक गरेको छ । दुबईमा हुने र नयाँ आउने कामदारले गर्न हुने र नहुने विषयमा जानकारी गराउन दुबई सरकारले हाते पुस्तक ल्याएको हो ।

विदेशी कामदारले दुबईमा रहदा र नयाँ आउन चाहनेका लागि उनीहरुको कर्तव्य र अधिकारका विषयमा सचेत गराउन हाते पुस्तक जारी गरिएको दबवई सरकारले जनाएको छ ।

तीन भाषामा हाते पुस्तक

दुबईको मानव स्रोत तथा नागरिक रोजगार मन्त्रालय अन्तरगत वैदेशिक मामला तथा आवास महानिर्देशनालयले हातेपुस्तक सार्वजनिक गरेको हो ।

महानिर्देशनालयका उप–निर्देशक मेजर जनरल ओबाइद मोहेर बिन सुरोरले पुस्तकको विमोचन गरेको यहाँका स्थानीय संचार माध्यमहरुले उल्लेख गरेका छन् । ।

‘दुबईमा रहेका १० लाख विदेशी कामदारलाई निःशुल्क बाँडिने यो पुस्तिकाले कामदारलाई दुबईको कानुनसँग जानकार र उनीहरु यहाँ बस्दा दैनिकी सरल र सहज बनाउन सहयोग मिल्छ,’ पुस्तकको विमोचन गर्दै सुरोरले भन्नुभयो ।

दुबईस्थित श्रम मामलासम्वन्धी स्थायी समिति (पीसीएलए) ले अहिले युएईका कामदारलाई समितिसँग सम्पर्कमा रहन तथा आफ्ना अधिकार र दायित्वबारे जानकारी दिने एपको योजना अघि सारेको थियो । त्यसै अनुसार अहिले हाते पुस्तिका सार्वजनिक गरेको हो ।

कामदारलाई आफ्नो अधिकारको रक्षा गर्न तथा नियम कानुन पालना गर्न पुस्तिकाले सघाउने विश्वास दुबईले लिएको छ । आफूले के गर्नु हुन्छ र के गर्नु हुँदैन भन्ने कुरामा कामदार सचेत भए समस्या न्यूनीकरण गर्न सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

 हाते पुस्तकमा विदेशी कामदारका लागि दुबईको नियमबारे के लेखिएको छ ?

कामदारले सबैभन्दा धेरै स्पोन्सरभन्दा बाहिर कसैका लागि काम गर्नु मुख्य समस्या हो । यसो गरेमा ५० हजार दिरर्हाम जरिवाना हुने कानूनी व्यवस्था छ ।  निर्देशिकाका अनुसार भिसा सकिएपछि पनि बस्ने र लागूऔषध तस्करीमा संलग्न हुने कामदारलाई आजीवन कारावासको सजाय हुन सक्छ ।

लागूऔषध प्रयोगकर्तालाई चार वर्ष जेल र हत्यामा संलग्न रहेको पाइएमा जन्मकैद वा मृत्युदण्ड हुने व्यवस्था छ । अन्य अपराधहरुमा, दंगा फैलाउने, चोरी गर्ने, मदिराको अवैध उपभोग, जुवा आदि छन् ।

नयाँ पुस्तिकामा कामदारलाई काम गर्ने ठाउँमा अपनाउनु पर्ने व्यक्तिगत सुरक्षाको विषयमा पनि शिक्षा दिइएको छ । हेलमेट, चश्मा, बुट, माक्सजस्ता साधनको महत्वबारे जानकारी गराइएको छ ।

पुस्तिकामा कामदारको कर्तव्य मात्रै नभएर उनीहरुको अधिकारका बारेमा पनि जानकारी दिइएको छ । काम गर्ने समय, साप्ताहिक बिदा, सार्वजनिक बिदा, ओभरटाइम, तलव, औषधि उपचार, आवासभत्तालगायतका विषयमा पनि स्पष्ट लेखिएको छ ।

युएई कामदारको अधिकारका विषयमा सचेत : नेपाली दूतावास

कामदारका लागि आवश्यक पर्ने जानकारी सहित पालना गर्नुपर्ने कर्तव्य र अधिकारका विषयमा युएईले सकारात्मक प्रयास गरिरहेको युएईस्थित नेपाली दूतावासको भनाइ छ ।

अहिले सार्वजनिक गरेको पुस्तिका दूतावासमा उपलब्ध भएपछि सूचना जारी गरेर दुबईमा रहेका सबै नेपाली नागरिकसम्म पु¥याउने दूतावासका सूचना अधिकारी तथा द्वितीय सचिव कृष्ण अर्यालले उज्यालोलाई जानकारी दिनुभयो ।

कामदारले युएईमा ख्याल गर्नुपर्ने कुरा नेपाली भाषामै अनुवाद गरेर यसअघि पनि युएईले किताब सार्वजनिक गरेको थियो । दुई वर्षअघि दुबईमा भएको आबुधाबी डाईलगमा कामदारले जान्नुपर्ने १० वटा उपयोगी जानकारीसहित ६ पेजको हाते पुस्तक नेपाली भाषामा प्रकाशन गरिएको थियो ।

नेपाल अाफै‌ले पुस्तक प्रकाशन गर्ने

युएईसहित खाडीका अरु देशमा जाने कामदारलाई सहज बनाउन सम्बन्धित देशको जानकारीसहित किताब प्रकाशन गर्ने कन्सुलर सेवा विभागले जनाएको छ ।

परराष्ट्र र श्रम मन्त्रालयको सक्रियतामा कन्सुलर सेवा विभाग, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलगायतले जानकारी सकंलन गरिरहेको जनाएका छन् ।

सम्बन्धित देशको कानुन, रहनसहन, भाषा, संस्कृति, भेषभुषा तथा गर्न हुने र नहुने विषयमा नेपाली दूतावाससँग समन्वय गरेर पुस्तक प्रकाशन गर्न लागेको परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागले जनाएको छ ।

Source: Ujyaaloonline

गुण्डा नाइके मनोज पुनकाे प्रहरी इन्काउन्टरमा मृत्यु

रुपन्देही, फागुन – गुण्डा नाइकेका रुपमा चिनिएका मनोज पुनसहित दुई जनाको मंगलबार राति रुपन्देहीमा प्रहरी कारवाहीमा ज्यान गएको छ ।

रुपन्देहीको देवदह–४, भवानीपुरमा आपराधिक गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले चलाएको गोली लागेर पुन र उनका सहयोगी सोम आलेको ज्यान गएको हो ।

पुनकाे टाेलीले प्रहरी टोलीमाथि आक्रमण गरेपछि जवाफी कारवाहीमा गरेको रुपन्देहीका एसपी श्याम ज्ञवालीले बताउनुभयो । प्रहरीको गोली लागेर घाइते भएका दुवै जनाको लुम्बिनी अञ्चल अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

युवा संघका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी र युवा संघकै कार्यकर्ता वसन्त पौडेल बलुको हत्या गरेको आरोपमा झण्डै डेढ वर्षदेखि उनीहरु प्रहरीको खोजी सूचीमा थिए ।

Source: Ujyaaloonline