Day: February 24, 2018
नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँची द्धारा बिरोधसभा सम्पन्न ।
अनिल नेपाली ,फागुन १२ अर्घाखाँची
नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीले केन्द्रिय कार्यक्रम अनुसार अर्घाखाँचीमा आफ्ना गतिविधि बढाएको छ । केन्द्रिय कार्यक्रम अनुसार हिजो भूमिकास्थान नगरपालिकाको वडा न ४ मा आफ्ना नेताकोे रिहाईको माग गर्दे विरोध सभा गरेको छ ।
विरोधसभालाई सम्वोधन गदै जिल्ला इन्चार्ज कमल के.सीले संसदीय व्यबस्थाले जनतालाई निकाश दिन नसक्ने भएकोले जनता विकल्पको खोजीमा रहेकोे बताउनुभयो । देशमा लोकतन्त्र र गणतनत्रको सज्ञा दिने गरी नेपाली जनतामाथि बम्रलुट गरेकोले संसदीय व्यबस्था नेपालमा चाडै हट्ने उहाँले ठोकुवा समेत गर्नुभयो
कार्यक्रममा राष्ट्रिय युवा जनस्वयमसेबकका जिल्ला संयोजक नारायण पाण्डे, अखिल नेपाल महिला संघ क्रान्तिकारी अध्यक्ष ईश्वरा थापा विद्यार्थी नेता कुलराज बन्जाडे लगायतका नेताहरुले मन्तब्य राखेका थिए ।
नेपाल अर्वुद रोग निबारण संस्थाको जिल्ला अधिवेशन सन्धिखर्कमा सम्पन्न अध्यक्षमा पुनःबन्जाडे
सहयोगी बिसी,फागुन १२ सन्धिखर्क
नेपाल अर्वुद रोग निबारण संस्थाको जिल्ला अधिवेशन सन्धिखर्कमा सम्पन्न भएको छ । अधिवेशनले पुन पिताम्बर बञ्जाडेको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समितिको निर्विरोध चयन गरेको छ । जसको उपाध्यक्षमा दोर्ण प्रसाद भुसाल ,नारायण प्रसाद पौडेल ,सचिवमा कुशल भुसाल र कोषाध्यक्षमा राजेन्द भुसाल चयन हुनु भएको छ । सदस्यहरुमा श्रीकृष्ण भुसाल ,नेत्र प्रसाद भुसाल,लिलाराम गौतम ,विजुला रायमाझी ,कृष्णप्रसाद बन्जाडे ,शान्ता खत्री ,सहयोगी विसी .रहनु भएको छ ।
अधिवेशनको एक समारोहका बीच सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले उदघाटन गर्नु भएको थियो । अधिबेशनको उदघाटन गर्दै उहाँले निस्वार्थ रुपमा क्यान्सर पीडीतको सेवामा खटेको संस्थालाई आबश्यक सहयोग गर्ने तथा भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन प्रयास गरिने बताउनु भयो । अधिवेशनमा सचिब कुशल भुसालले पेश गर्नु भएको सांगठनिक तथा आर्थिक प्रतिबेदन पारित भएको छ । अधिवेशनले संस्थाका आजीवन सदस्य तथा नगर प्रमुख कमल प्रसाद भुसाल संयोजकत्वमा छ सदस्यीय सल्लाहकार समितिको गठन गरेको छ ।
सदस्यहरुमा मुकुन्दराज आचार्य ,हरि प्रसाद भुसाल ,दुर्गा प्रसाद भुसाल ,सुर्य बहादुर खनाल र हिम बहादुर लेकाली रहनु भएको छ । अधिबेशनमा सल्लाहकार सदस्य मुकुन्दराज आचार्य ,हिम बहादुर लेकाली लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको उद्घाटन शत्र पिताम्बर बन्जाडेको अध्यक्षता ,नारायण पौडेलको स्वागत मन्तव्य र कुशल भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।
आगामी ५ वर्षपछि कांग्रेस मुलुकको पहिलो शक्ति हुने –नेता मुस्कान
बिरेन्द्र केसी,फागुन १२ सितगंगा
नेपाली कांग्रेस अर्घाखाँचीका सभापति विष्णु प्रसाद खनाल मुस्कानले आगामी ५ वर्षपछि हुने चुनावबाट कांग्रेस मुलुकको पहिलो शक्ति हुने बताउनुभएको छ । उहा“ले शसक्त प्रतिपक्षको भूमिकामा रहेर जनताको पक्षमा विकास र सम्बृद्धिको काममा सक्रियतापूर्वक लाग्ने बताउनुभयो ।
नेपाल महिला संघ शीतगंगा नगरपालिकाको ठाडामा प्रथम अधिवेशनको उद्घाटन गर्दै मुस्कानले हरेक परिवर्तित आन्दोलनको नेतृत्व कांग्रेसले नै गरेको बताउनुभयो । मुलुकमा राजनीति क्रान्ति सकिएकाले अब आर्थिक क्रान्ति सहित सम्बृद्धिको अभियान पनि कांग्रेसले नै गर्ने बताउ“दै प्रतिपक्षमा बसेर गाउ“को विकास र जनतालाई आर्थिक रुपमा सम्बृद्ध पार्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयोे ।
गाउ“ टोलमा संगठन निर्माण गरेर कांग्रेसलाई बलियो शक्ति बनाउने दावी गर्दै एमाले र माओवादी केन्द्र पाटी एकीकरण गर्दैमा र सरकार निर्माण गर्दैमा नअत्तालिन कार्यकतालाई आग्रह गर्नुभयो । अब सबै नेता गाउ“मा पुगेर संगठन निर्माणको काममा लाग्ने योजना जिल्ला पाटीले बनाउन लागेको बताउनुभयो ।
कांग्रेस उपसभापति शान्ता भण्डारीले राजनीतिक, सामाजिक र सम्बृद्धिको यात्राको नेतृत्वमा गाउ“–गाउ“बाट महिलाले नेतृत्व गर्नुपर्ने बताउनुभयो । जिल्ला सचिव छविलाल पौडेलले कांग्रेस विना मुलुक चल्न नसक्ने भएकाले फेरी आउ“दो चुनावमा जनताले कांग्रेसलाई पहिले शक्ति बनाउने बताउनुभयो ।
कार्यक्रममा कांग्रेस महासमिति सदस्य एवं शीतगंगा नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारीले नगरलाई पा“च वर्षभित्रमा सम्बृद्ध बनाउने योजनाका साथ बजेट विनियोजन गरी काम अगाडी बढाइएको बताउनुभयो । कांग्रेस जिल्ला सदस्य पीताम्बर खनाल, शीतगंगा नगर सभापति मोती बेल्वासे, महिला संघकी क्षेत्रीय सभापति जीमा अर्याल, तरुणदल शीतगंगा नगर सभापति विमल गरौजा, नेविसंघका कार्यवाहक अध्यक्ष नेत्र मरासीनी, उपाध्यक्ष सुरज रायमाझी, नेपाल प्रेस यूनियनका केन्द्रीय प्रतिनिधि वीरेन्द्र केसी लगायतले सम्बृद्ध नगरपालिका बनाउन सबै एकजुट हुनुुपर्ने बताउनुभयो ।
उदघाट्न कार्यक्रम मानु थापको अध्यक्षता, गणेश विकको सञ्चालन र कमला बेल्वासेको सञ्चालनमा सम्पन्न भएको थियो । नगरभित्रका १४ वटै वडाबाट उपस्थित महिलाको भेलाले जीवा पौडेलको सभापतित्वमा १५ सदस्यीय नेपाल महिला संघ शीतगंगा नगर समिति गठन भएको छ । उपाध्यक्षमा खुमा बेल्वासे, सचिव कमला बेल्वासे, सहसचिव शान्ता अधिकारी, कोषाध्यक्ष लुल्सा आचार्य रहेका छन् ।
प्रधानमन्त्रीका पाँच दिन : के.पी. ओलीको खरायो दौड
- फागुन ४ गते : बामदेब गौतमको अध्यक्षतामा सरकारको कार्ययोजना तय गर्न समिति गठन भयो । मओवादी र एमाले एकताका बिषयमा छलफल भयो ।
- फागुन ५ गते: ओली निवास वालकोटमा पार्टी एकता र सरकार गठनबारे ओली र प्रचण्डबीच छलफलभयो । सरकारले काम थाल्यो ।
- फागुन ५ गते : बामदेब गौतमको अध्यक्षतामा बनेको समितिले कृषि, उर्जा र पर्यटनलाई प्राथमिकतामा राखेर काम गर्न सरकारलाई प्रतिवेदन बुुझायो ।
- फागुन ६ गते : ओली र प्रचण्डबीच करीव ६ घण्टा लामो छलफल ।
- फागुन ७ गते : दुुई पार्टीवीच एकताको आधारपत्रमा हस्ताक्षर ।
- फागुन ८ गते : युवराज खतिवडा, रामनारायण बिडारी र बिमला पौडेल राष्ट्रिय सभा सदस्यमा सिफारिस र राष्ट्रपतिबाट मनोनित ।
‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने नारासहित चुनाव जितेको बाम गठबन्धन अब औपचारिक रुपमा एउटै पार्टी हुन पार्टी एकतामा प्रवेश गरेको छ । अब माओवादीका तर्फबाट ओलीलाई दिईने घुर्की र धम्की कोठे वार्ता र छलफलमा सिमित भएको छ । अथवा अब सरकारलाई पूर्णता दिन उहाँलाई कुनै कठिनाई छैन । आफ्नो सरकारलाई माओवादी पार्टीले अविश्वास गर्ला कि भन्ने ओलीको चिन्ता पनि हिजोदेखि सकिएको छ ।