स्वराजको भ्रमणपछि एमालेको नीति ‘पर्ख र हेर’

१९ माघ, काठमाडौं । आफ्नो दुई दिने नेपाल भ्रमण पूरा गरेर भारतीय विदेशमन्त्री सुष्मा स्वराज शुक्रबार अपराहृन स्वदेश फर्किएकी छन् । सरकारी निम्तोविनै आएकी स्वराजले एमाले नेताहरुबाट भेटवार्ता सुरु गरिन् र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुँदै प्रधानमन्त्री शेरबहादुर देउवासँग डिनर मिटिङ गरेर भ्रमण टुंग्याइन् ।

तर, भारतीय विदेशमन्त्री स्वराज र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच के सम्वाद भयो भन्नेबारे सबैको चासो छ ।

केपी ओली ‘वेटिङ प्राइमिनिस्टर’ हुन् । त्यसैले भारतीय विदेशमन्त्री स्वराजले पनि आफ्नो भ्रमणमा उनीसँगको भेटलाई प्राथमिकता दिइन् । ओलीसँग झण्डै पौने घण्टा ‘वान टु वान’ वार्ता गरेकी विदेशमन्त्री स्वराजले एमाले शीर्ष नेताहरुसँग ‘डिनर मिटिङ’ पनि गरिन् ।

भेटपछि एमाले नेताहरुले बताएअनुसार भारतीय विदेशमन्त्री स्वराज वाम गठबन्धनले चुनाव जितेकोमा बधाइ दिन आएकी थिइन् र उनले नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएकी छन् ।

‘उहाँले भारतीय प्रधानमन्त्री मोदीको सन्देश सुनाउनुभयो, आउने सरकारसँग अत्यन्तै सुमधुर सम्बन्ध राख्ने र सहकार्य गर्ने भन्नुभयो’ भेटमा सहभागी एमाले नेता राजन भट्टराईले बताए ।

तर, चुनावपछि मोदी आफैंले तीन दलका शीर्ष नेताहरुलाई फोन गरेर चुनाव गरेकोमा बधाइ दिइसकेका थिए । त्यसपछि पनि मोदीले ओलीलाई फोन गरेर सम्वाद पनि गरिसकेका थिए ।

फेरि नयाँ सरकार बन्न अझै केही समय बाँकी नै छ । अहिले हतार-हतार किन आइन् त स्वराज ?

यो जिज्ञासा रहेको स्वीकार गर्दै एमालेका एक नेताले भने, ‘स्वराजको भ्रमणलाई दुई कोणबाट हेर्नुपर्छ ।’

 

स्रोत: Onlinekhabar.com

Advertisement

आईपीएल टिममा आवद्ध भएपछि सन्दिपले भने- यात्रा अब सुरु हुन्छ !

१४ माघ, काठमाडौं । सन्दिप लामिछानेले आईपीएल टिम दिल्ली डेरडेभिल्समा आवद्ध भएकोमा खुसी व्यक्त गरेका छन् ।

आइतबार आईपीएलको अक्सनमा दिल्लीले सन्दिपलाई २० लाख भारुमा किनेको हो । यससँगै उनी आईपीएल टिममा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर बनेका छन् ।

डिभिजन टूको तयारीका लागि दुबईमा रहेका सन्दिपले ट्वीट गर्दै दिल्लीमा आवद्ध हुन पाएको खुसी व्यक्त गरेका छन् ।

आफूलाई दिल्लीको खेलाडी हुँ भन्न पाउँदा खुशी लागेको भन्दै उनले भनेका छन्, ‘यात्रा अब सुरु हुन्छ !’ उनले आफ्नो लागि कामना गरिदिनेहरुलाई पनि धन्यवाद दिएका छन् ।