श्याम घिमिरे ,फागुन १४अर्घाखाँची
पाणीनि गाँउपालीका मैदानमा रहेको मैदान गाँउ बालसंरक्षण समितिको आयोजनामा सोमवार प्राबि,आधारभुत र माबी स्तरीय हाजीरी जबाफ प्रतियोगीता तथा एसईई २०७२।७३ मा गाबिसबाट उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
पाणीनि गाउपालीकाका अध्यक्ष अच्युत गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिद्यालय श्रोत ब्यक्ति ठाकुर प्रसाद गौतम ५ नम्बर बडाअध्यक्ष जिबलाल घिमिरे,वडासचिब राजन बिष्ट,जेटिए बिनोद रायमाझी लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो ।
कार्यक्रममा प्राबि स्तरीय हाजीरी जबाफ प्रतियोगीतामा कृष्ण माबी प्रथम,आधारभुत बिद्यालय स्तरीय हाजीरी जबाफ प्रतियोगीतामा जनता आधारभुत बिद्यालय प्रथम र माबि स्तरीय हाजीरी जबाफ प्रतियोगीतामा देउराली माबी पटौतिले प्रथम स्थान हासील गरेका थिए । त्यस्तै एसईई २०७२।७३ मा गाबिसबाट उत्कृष्ट अंक ल्याउने भिमलाल बिश्वकर्मा ,कबिता अधिकारी लगायतका बिद्यार्थीलाई सम्मान समेत गरीएको थियो ।
कार्यक्रम गणेश घिमिरेको अध्यक्षता,टेकनारायण घिमिरेको सन्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा वडामा रहेका १३ जना अनाथ बालबालीकाहरुलाई पोसाक समेत बितरण गरीएको भिमलाल बिश्वकर्माले जानकारी दिनुभएको छ ।