विश्वकप क्रिकेट छनौट : नेपाल समूह ‘बी’ मा, हेर्नुहोस् को–को छन् नेपालका प्रतिद्वन्द्वी ?

नेपालले अब विश्वकप क्रिकेटमा स्थान बनाउन मार्चमा जिम्बावेमा हुने छनौट प्रतियोगितामा घरेलु टोली जिम्बावेसँगै अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग खेल्नुपर्नेछ ।

युएईले भने समूह ‘ए’ मा रहेका वेष्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड र पपुवा न्युगिनीसँग खेल्नुपर्ने भएको छ ।

१० टोली सहभागी विश्वकप छनौटबाट शिर्ष २ वटा टोली  विश्वकपको लागि छानिनेछन । समूह ‘बी’ को तुलनामा समूह ‘ए’ कठिन मानिएको छ । युएईसँग ७ रनले हारेर दुखी भएको नेपाललाई विश्वकप छनौटको लागि तुलनात्मक रुपमा सजिलो मानिएको समूह ‘बी’ मा परेर भने केही राहत भएको छ । समूह चरणमा सबै टिमले एक अर्कासँग एक–एक खेल खेल्नेछन् ।

प्रतियोगिता फागुन २० गतेदेखि सुरु हुनेछ । पहिलो खेल नेपालले त्यसै दिन घरेलु टोली जिम्बाबेसँग खेल्नेछ । दोस्रो खेल फागुन २४ गते स्कटल्याण्डसँग, तेस्रो खेल २६ गते अफगानिस्तानसँग र चौथो खेल २८ गते नेपालले हङकङसँग खेल्नेछ ।

समूहको शीर्ष तीनभित्र रहन सके नेपालले सुपर सिक्समा स्थान बनाउनेछ । सुपर सिक्सको शीर्ष दुई टोलीले विश्वकप खेल्न पाउनेछ ।

Source: Ujyaaloonline
Advertisement

ओलीलाई प्रधानमन्त्री बनाउन वाम गठबन्धनद्वारा राष्ट्रपतिसमक्ष दाबी पेश

काठमाडौं, फागुन ३ – नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरु शितल निवास पुगेर राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गरेका हुन् । वाम गठबन्धनले ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । संसदमा बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था छ ।

एउटै दलको बहुमत नभएकाले एमाले र माओवादीले संवैधानिक प्रावधानअनुसार आफूहरुको बहुमत रहेको उल्लेद गर्दै प्रधानमन्त्रीमा नियुक्तिको आग्रहसहित ओलीको नाम प्रस्ताव गरेका हुन् ।

Source :Ujyaaloonline

राष्ट्रको नाममा सम्बोधन गरेर राजीनामा दिने देउवाको तयारी

काठमाडौं, फागुन ३ – प्रधानमन्त्री शेरबहादुर देउवाले आज राजीनामा दिने तयारी गर्नुभएको छ ।

राष्ट्रको नाममा सम्बोधन गरेर उहाँले राजीनामा दिनुहुने बालुवाटार स्रोतले जनाएको छ । मन्त्रिपरिषदको अन्तिम बैठक बिहान ९ बजे बोलाइएको छ ।

बैठकपछि देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने र राष्ट्रपतिसमक्ष राजीनामा बुझाउने तयारी छ । संविधानअनुसार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष चुनावको परिणाम बुझाएपछि स्वतः नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ । आयोगले हिजो चुनावको परिणाम बुझाइसकेको छ ।

स्रोत: उज्यालो

छत्रदेवमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।

घनश्याम पौडेल

फागुन ३, अर्घाखाँची

किसानका लागि उन्नत विउँविजन कार्यक्रमको पुरक अनुदान र जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीको समन्वयमा सञ्चालनमा आएको गणेश बाख्रपालन समूह छत्रदेव गाउँपालिका ६ ठुलापोखराको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । कार्यक्रममा मनतब्य राख्दै प्रमुख अतिथि जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. लोकनाथ पौडेलले बाख्रापालन समुहले गरेका कामलाई निरन्तरता दिनुपर्ने बताउँनुभयो । उहाँले काम गर्ने संस्थाको कमि कमजोरी हुने भन्दै यहाँको बाख्रापालन व्यवसाय फस्टाई समृद्ध बनेर नमुना कृषक बन्न अनुरोध गर्नुभयो । कार्यक्रममा वडा अध्यक्ष कमल पौडेल केयुविकेका निमित्त प्रमुख राधा नेपालीले पशु सेवा कार्यालयका पशु चिकित्सक विष्णु पौडेल पत्रकार विरेन्द्र केसी, घनश्याम पौडेल लगाएतले कृषकले गरेको कार्यको प्रशंसा गरे । गणेश बाख्रापालन समुहका २५ जना महिला सदस्य रहेको समुहमा २५ वटा आधुनिक खोर निर्माण, ५० प्रतिशत क्रस बोका २ वटा, घाँस उत्पादन, कृषकलाई तालिम दिने कार्य समुहले गरेको छ । कार्यक्रम समुहका अध्यक्ष सावित्रा बन्जाडेको अध्यक्षता, सचिव शरला बन्जाडेको प्रतिवेदन तथा कोषाध्यक्ष सुनिता बन्जाडेको सञ्चालनमा सम्पन्न भएको हो । त्यस्तै भगवती उन्नत भैंसी पालन समूह भगवतिमा पनि सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । केयुविकेको पुरक अनुदान र पशु सेवा कार्यालयको समन्वयमा भएको कार्यक्रममा डा. लमेकनाथ पौडेल, केयुविकेका राधा नेपाली, पत्रकार विरेन्द्र केसीले मन्तव्य राखेका थिए । भगवतिमा ९३ जना सदस्य भएको भैसिपालन समुहमा उत्पादन भएको १ सय ५० लिटर दैनिक दूध विक्रीका लागि गुल्मीको तम्घास लैजाने गरिएको छ । स्थानियहरू भन्छन भैसीपालनबाट समृद्व बनी दैनिक घर व्यवहार सञ्चालन गर्न सहज भएको बताए । कार्यक्रम समुहका अध्यक्ष टोपलाल पाण्डेको अध्यक्षता, सदस्य कृष्णप्रसाद पाण्डेको स्वागत र सदस्य भोजराज पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।

छत्रदेव गाउँपालिकामा सिआइजी अर्घाखाँचीको अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

श्याम घिमिरे

फागुन ३, अर्घाखाँची

सुचना तथा शुसासन अभियान सिआइजी अर्घाखाँचीको अभिमुखिकरण कार्यक्रम छत्रदेव गाउँपालिका वडा न ७ भगवतीमा सम्पन्न भएको छ । सुचना तथा शुसासन अभियान अर्घाखाँचीको आयोजना तथा छत्रदेव गाउँपालिकाको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम छत्रदेव गाउपालिका वडा न ७ का वडाअध्यक्ष शोभाखर पाण्डेको अध्यक्षता गाउँपालिकाका प्रमुख लेखनाथ पोख्रेलको प्रमुख अतिथ्यता,गाउपालिका उपप्रमुख तुल्सादेवि श्रेष्ठको विशिष्ट अतिथ्यता तथा छत्रदेव गाउपालिकाका प्रशासकिय अधिकृत भेषराज पन्तको विशेष अतित्थयतामा सम्पन्न भएको हो । कार्यक्रममा सुचना तथा शुसासन अभियान अर्घाखाँचीका अभियान्ता मुक्तिनाथ भुसालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताले सुचना लिन र दिन कोहि पछि नपर्नुपर्ने तथा सुचना लिने अधिकार सम्पूर्णको भएको कुरामा जोड दिनुभएको थियो । सुचनाको हक के हो र त्यसलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने बारेमा अभियान्ता मुक्तिनाथ भुसालले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले आफुले समुन्नत छत्रदेव गाउँपालिका बनाउनका लागि लागिपरेको बताउदै सुचना माग्ने अधिकार सम्पूर्णमा भएको बताउदै कसैले पनि सुचना माग्न हिचकिचाहट नगर्न पनि अनुरोध गर्नु भएको थियो । कार्यक्रम वडा न ८ का वडाअध्यक्ष राजकुमार श्रेष्ठको स्वागत मन्तव्य तथा बालकृष्ण पाण्डेको सञ्चालनमा सम्पन्न भएको छत्रदेबबाट मधुसुधन पाण्डेले खबर पठाएका छन ।