बुद्ध सामुदायिक बन उपभोक्ता समुह को नबौ साधारणसभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न।

विष्णु खनाल फागुन १५ अर्घाखाँची

बुद्ध सामुदायिक बन उपभोक्ता समुह को नबौ साधारणसभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा सितगगा नगरपालिका वार्ड नम्बर १४ बठेनिमा सम्पन्न भएको छ ।

कार्यक्रम मा मन्तब्य राख्दै ईलाका बन कार्ययलय सिमलपानिका प्रमुख जितेन्द्र खड्काले सामुदायिक बन हरु छिट्टै बैज्ञानिक बन तर्फ लैजानु पर्ने बताउदै सामुदायिक बन ब्यबस्थापन गर्न निकै चुनौतीपूर्ण भएपनि सामुदायिक बनका पदाधिकारीले चुनौती को सामना गर्दै काम राम्रो गरेकोमा धन्यबाद दिनु भएको थियो ।

बुद्ध सामुदायिक बनका अध्यक्ष डिलमाया पुनको अध्यक्ष ता सिनपा १४ का वार्ड सदस्य लालबहादुर पान्डे पत्रकार बिस्नु खनाल ईलाका बन कार्यलयका फरेष्टर धर्मेन्द्र धिक्त बन उपभोक्ता समुहका सदस्य राम बहादुर सोमरे साबउस का सदस्य उपभोक्ता हरु को बाक्लो उपस्थिति रहेको थियोे ।

कार्यक्रममा अपांग ता भएका जेहेनदार बिधार्थि हरुलाई समुहले सम्मान गरेको थियो । कार्यक्रम डिलमाया पुनको अध्यक्ष ता थम्मन ताम्राकार र सचिब प्रेम बहादुर थापाको सन्चालनमा सम्पन्न भएको हो ।

Advertisement

नगरवासीलाई सम्बृद्ध बनाउन कृषिमा आधुनीकिरण

बीरेन्द्र केसी फागुन,१५ अर्घाखाँची

शीतगंगा नगरपालिकाका प्रमुख सुर्यप्रसाद अधिकारीले पशुपालनबाट नगरवासीलाई सम्बृद्ध बनाउन कृषिमा आधुनीकिरण कार्यक्रम ल्याइएको बताउनुभएको छ । भौगोलिक जटिलताका कारण विकासका काम गर्न अप्ठेरो परेको भन्दै उहा“ले नगरका १४ वटै वडामा उन्नत जातका बाख्रा, खसीबोका र गाइभैसी पाल्नतिर आकर्षित गरी आम्दानी बढाउन आफु लागि परेको बताउनुभयो ।

शीतगंगा नगरपालिकाको पशुसेवा शाखाले आज ठाडा दहमा आयोजना गरेको पशुसेवा सम्बन्धी अन्तरक्रिया कृषक कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले अबको क्रान्ति कृषि नै भएकाले पशुपालनमा भविष्य उज्ज्वल रहेको बताउनुभयो । कार्यक्रममा जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर लोकनाथ पौडेल, शीतगंगा नगरपालिका ९ नम्बर वडाध्यक्ष भीम केसी, पत्रकार वीरेन्द्र केसी,कृषि विकास शाखा प्रमुख थीरलाल गैरे, कृषक यमलाल आचार्य लगायतले मन्तव्य राख्नुभएको थियो ।

पशुचिकित्सक दुर्गा खनालको अध्यक्षता, चित्रबहादुर क्षेत्रीको स्वागत र गणेश थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा शीतगंगा नगरपालिका १४ वडाका ३० जना कृषक सहभागी भएका थिए ।

अर्घाखाँचीमा स्वास्थ्य बिमा सुभारम्भ

हिम बहादुर जीसी लेकाली,फागुन १५ सन्धिखर्क

स्वास्थ्य बिमा वाेर्ड अर्घाखाँचीकाे अायाेजनामा सन्धिखर्कमा स्वास्थ्य बिमा सदस्यता दर्ताकाे सुभारम्भ भएकाे छ । छैठाै स्वास्थ्य दिवसकाे अवसर पारेर एक भव्य कार्यक्रम बिच मंगलबार अर्घाखाँचीमा स्वास्थ्य बिमा अारम्भ भएकाे हाे ।

कार्यक्रमकाे उद्घघाटन गर्दै प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य टाेप बहादुर रायमाझीले स्वास्थ्य बिमाले गरिब दुखि जनतालाई राहत पुर्‍याउने भएकाले यस्काे महत्व भएकाे बताउदै।उहाँले याे कार्यक्रम नेपाल सरकारले ल्यायकाे हुदा बिस्वासका साथ सबैलाई बिमा सदस्य लिन अनुराेध गर्नु भयाे ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का ,प्रदेश सभा सदस्य चेतनारायण अाचार्य,रामजि प्रसाद घिमिरे ,सभाषद जालपा भुसाल ,सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल,नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु मुस्कान ,प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल ,लगायतले कार्यक्रम सफलताकाे कामना गर्नु भएकाे थियाे ।

कार्यक्रममा बिमा बाेर्ड केन्द्रीय कार्यकारि डा.गुणराज लाेहनि र मेडिकल कलेज प्रबास पाल्पाका प्रबन्धक गाेपाल पाेख्रेलले स्वास्थ्य बिमाकाे बिषयमा प्रकाश पार्नु भएकाे थियोे ।

कार्यक्रममा स्वास्थ्य दिबसकाे अवसरमा सन्धिखर्क नगरपालिकाले स्वास्थ्य क्षेत्रमा राम्राे काम गरेकाे भन्दै डिभर्ना स्वास्थ्य चाैकिका अहेब कासिराम श्रेष्ठ लाई सम्मानित गरिएकाे छ । जिल्ला समन्वय समिति अर्घाखाँची का प्रुमुख पिताम्वर सर्माकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे स्वागत जिल्ला स्वास्थ्य प्रमुख जगन्नाथ तिवारि र सन्चालन विमा बार्डका संयाेजक खगराज पाेख्रेलले गर्नु भएकाे थियोे ।

अमेरिकामा चलचित्र कृ को प्रदर्शन सुरु: समिक्षा

अमेरिकामा चलचित्र कृ को प्रदर्शन सुरु गरिएको छ । टेक्सासमा शुक्रबारदेखि देखाउन थालिएको कृ न्युयोर्कका आइतबार देखाइएको छ । अन्य स्थानमा पनि चलचित्र प्रदर्शन हुँदैछ ।

किन हेर्ने फिल्म ?

करिब दुई बर्षको अन्तरालपछि अनमोल थप माझिएर आएका छन् । शरीर बलिष्ठ देखिएको छ । खासगरी उनको आक्रमक शैली निकै दमदार लाग्छ । लभर ब्वाई भन्दा पनि ‘एक्सन ब्वाई’ को रुपमा अनमोल फिट छन् ।

फिल्मको अर्को आकर्षण अदिती बुढाथोकी हुन्, जसले ग्ल्यामर बजारमा निकै तहल्का पिटिसकेकी छिन् । अदितीले यहि फिल्मबाट डेब्यु गरेकी हुन् ।

किशोर पुस्ताका लागि अनमोल र अदीतिको अनस्क्रिन प्रेमकथा चाखलाग्दो हुनसक्छ । फिल्ममा मायाप्रेमका नोकझोंक मात्र छैन, धमाकेदार फाइट पनि छ । एक्सन फिल्म रुचाउनेहरुका लागि ‘कृ’ पोषिलो विकल्प हुनसक्छ । फिल्ममा देखाइएको लोकेसन एवं दृश्य लोभलाग्दो छ ।अर्कोतिर फिल्ममा कामेश्वर चौरासिया, सरोज खनालले रमाइलो गराउँछन् । फिल्ममा भिलेन बनेका अनुप विक्रम शाहीको अभिनय तारिफयोग्य छ । छोटो भूमिका पाए पनि सुदम सिके खास्सा छन् ।

फिल्मको एउटा सरप्राइज गीत छ, ‘ओरालीमा अघि अघि ।’ फिल्म ‘सम्झना’मा बुवा भुवन केसी र तृप्ती नाडकर नाचेको गीतलाई अनमोलले अलिकति ग्ल्यामराइज्ड गरिदिएका छन् ।

विझाउने पक्ष

अनमोललाई विशेष क्याम्पमा राखेर सार्वजनिक गरिएको फिल्म ‘कृ’ निर्देशकीय कोणबाट भने सन्तोषजनक हुन सकेको छैन ।  फिल्ममा थुप्रै अपरिपक्व र अपत्यारिला दृश्य छन् ।

एकदमै आधारभूत कुरालाई समेत निर्देशकले बुझ पचाएको भान पर्छ । जस्तो कि, निर्देशकले अनमोललाई लाहुरे देखाउनका लागि लाहुरेकै गेटअपमा घर फर्केको देखाएको छ ।

लाहुरेको घर र शान/सौकत हेर्दा मनमा प्रश्न उठ्छ, यति खानदानी केटो किन राइफल बोक्न विदेशी भूमिमा भाँसिए ? लाहुरे आउनसाथ हजुरआमाले उनको घरमा एक से एक तरुनीको विस्कुन लगाइदिएको दृष्य अस्वभाविक छ । यति फितलो धरालतमा टेकेर प्रेमकथा बुनिएको छ कि, त्यो पत्यारिलो र स्वभाविक लाग्दैन ।

पटकथा लेखकले बर्तमान समाज, रहनसहन, बोलीचालीलाई टिप्न सकेका छैनन् ।  फिल्मको मूल कथा ‘प्रेम’ हो । तर, प्रेमको कथा भन्दा द्वन्द्वका दृश्य बढी रोमाञ्चक छन् ।

अनमोल कति दमदार ?

यो फिल्मका लागि अनमोलले निकै ठूलो मिहनेत गरेको प्रष्ट झल्किन्छ । आफ्ना कट्टर फ्यानहरुलाई अनमोलले निराश बनाएका छैनन् । रोमान्टिकदेखि एक्सन अवतारसम्ममा उनी जमेका छन् । पहिले नाच्नै नजान्ने अनमोलले गजबको पार्टी डान्स प्रस्तुत गरेका छन् । आफ्नो तर्फबाट उनले कुनै कमजोरी छाडेका छैनन् । फिल्मले व्यवसायीक सफलता हासिल गर्‍यो भने त्यसको एक्लो हकदार अनमोल नै हुनेछन् । फिल्ममा ‘लजिक’ खोज्नेहरु भन्दा पनि मनोरञ्जनमा मा रमाउनेहरुले ‘कृ’ बाट आनन्द लिनेछन् ।

Source: khasokhas