सन्धिखर्क एफएम
कार्तिक २० अर्घाखाँची-
कृषि ज्ञान केन्द्र अर्घाखाँचीले आफ्नो स्वीकृत कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । ज्ञान केन्द्रको सभाहलमा मंगलवार आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत चालु आर्थिक वर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रमको सार्वजनिक गरिएको हो । जिल्ला स्थित क्रियाशिल पत्रकारहरुको सहभागिता र नारायण प्रसाद भुसालको संचालनमा सम्पन्न कार्यक्रममा कृषि प्रसार अधिकृत बिवेक पन्तले बजेट तथा कार्यक्रमको ब्रिफ्रिङ्ग गर्नुभएको हो ।

जसमा कृषि उत्पादन, पोषण कार्यक्रम, स्मार्ट कृषि गाउँलगायतका कृषि कार्यक्रमदेखि ‘सञ्चारकर्मीसँग अन्तरक्रिया’ कार्यक्रम सार्वजनिक गरिएको हो । चालु आर्थिक वर्ष ७७/७८ का लागि ९ करोड ९८ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका सूचना अधिकारी महेन्द्रकुमार ओझाले जानकारी दिनुभयो ।
यस्तै आर्थिक वर्ष २०७६/७७ मा कोरोना महामारीका कारण कुल बजेटको ४५ प्रतिशतमात्र खर्च गरेको ज्ञान केन्द्रले यस वर्ष भने शतप्रतिशत कार्यसम्पादन गर्ने योजना राखेको केन्द्रका प्रमुख राममिलन विश्वकर्माले बताउनुभयो । उत्पादित कृषिवस्तु बजारमा पुगेपनि उचित मूल्य नपाउँदा किसान मारमा पर्ने गरेकाले यसको रोकथामका लागि केन्द्र लागिपरेको विश्वकर्माले बताउनु भएको पत्रकार गोपाल भट्टराईले जानकारी दिनुभएको छ ।
