आगामी मंसिर २ गते सार्वजनिक विदा

काठमाडौं : सरकारले किजा पूजाको अवसरमा आगामी मंसिर २ गते सार्वजनिक बिदा दिने भएको छ। मन्त्रिपरिषद् बैठकले आगामी मंगलबार देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था, शिक्षण संस्थाहरुसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै अस्ति सोमबार बसेको मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको जानकारी गराएको हो।

Advertisement

बुधवार सन्धिखर्कमा १८ जना कोरोना संक्रमित थपिए,संक्रमितको संख्या ६२१ पुग्यो

श्याम घिमिरे
कात्तिक २६ अर्घाखाँची –

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ६२१ पुगेको छ । बुधवार सन्धिखर्क नगरपालीकामा एकैपटक १८ जनामा कोरोना संक्रमण पुष्टी भएसंगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ६२१ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब जिल्लामा ५६जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् । जसमा सन्धिखर्क नगरपालीकामा ५४ जना,भुमिकास्थान नगरपालीकामा १ जना र मालारानी गाउँपालीकामा १ जना गरी जम्मा ५६ जना आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । संक्रमणका कारण हालसम्म १ जनाको आत्महत्या सहित ८ जनाको ज्यान गईसकेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ ।

अर्घाखाँचीमा हालसम्म ५५७ जनाले कोरोना भाईरसलाई जिते , अब ३८ जना आईसोलेशनमा , ८ जनाको मृत्यु

श्याम घिमिरे,
कार्तिक २६ अर्घाखाँची-

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ । मंगलवार सन्धिखर्क नगरपालीकामा १ जनामा कोरोना संक्रमण पुष्टी भएसंगै जिल्लामा कोरोना संक्रमितको संख्या ६०३ पुगेको हो । संक्रमित मध्ये हालसम्म ५५७ जना डिस्चार्ज भएका छन । अहिले जिल्लामा ३८ जना सक्रिय संक्रमितहरु उपचाररत रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा ३६ जना, भुमिकास्थान नगरपालीकामा १ जना र मालारानी गाउँपालीकामा १ जना गरी जम्मा ३८ जना संक्रमित आईसोलेशनमा रहेका छन ।

यसैबिच कोरोना संक्रमणका कारण अर्घाखाँचीमा थप एकजनाको मृत्यु गएको छ । जिल्लाको सन्धिखर्क नगरपालिका वडानं ११ डिभर्ना, जोगीमारे घर भई हाल सदरमुकाम सन्धिखर्कमा व्यवसाय गर्दै आएका ३३ वर्षीय कृष्ण आचार्यको मंगलवार बिहान निधन भएको हो । आचार्यको भैरहवा मेडीकल कलेजमा निधन भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कोरोनाको लक्षण देखिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । उनी कोरोना संक्रमित रहेको स्वाब परीक्षण गर्दा पुष्टि भएको हो । आचार्यले सन्धिखर्क शान्ति बगैँचा नजिकै दुग्ध व्यवसाय संचालन गर्दे आएका थिए । आचार्यको निधन संगै जिल्लामा कोरोना संक्रमणका कारण १ जनाको आत्महत्या सहित ८ जनाकोे ज्यान गएको छ ।

दिल्लीलाई ५ विकेटले हराउँदै मुम्बई बन्यो आईपीएल २०२० को विजेता

कात्तिक २६,काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको छ ।

दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८.४ ओभरमा पूरा गरेको हो । मुम्बईका लागि रोहित शर्माले ६८ रन र क्विन्टन डी ककले २० रन बनाए भने इशान किशनले अविजित ३३ रन बनाए । बलिङतर्फ दिल्लीका मार्कस स्टोइनिस र कागिशो रबाडाले १/१ विकेट लिँदा एनरिच नोर्त्जेले २ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस अय्यरले अविजित ६५ रन र रिषभ पन्तले ५६ रन बनाए । बलिङतर्फ मुम्बईका लागि ट्रेन्ट बोल्टले ३ विकेट लिँदा कल्टर नायलले २ र जयन्त यादवले १ विकेट लिए । यो मुम्बईको पाँचौँ आईपीएल उपाधि हो । source:ujyaaloonline