रामबाण गुल्मद्धारा मानसिक र शारिरीक अपांगता भएका परिवारलाई सहयोग हस्तातरण

श्याम घिमिरे
कार्तिक २९ अर्घाखाँची-
रामबाण गुल्म अर्घाखाँचीले जिल्लाको छत्रदेब गाउँपालीका वडानं. २ बल्कोट, झिर्वासमा अपांगता भएका एकै घरका ३ जना व्यक्तिलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । मानसिक र शारिरीक अपांगता भएका हरि प्रसाद भुसालको परिवारलाई रामवाण गुल्मले सुक्रवार घरमैपुगी चामल,दाल,तेल,चिनी,मसला,विस्कुट तथा लत्ता कपडा सहयोग गरेको गुल्मका गुल्मपति सेनानी अशोक क्षेत्रीले जानकारी दिनुभयो ।

रामबाण गुल्मका सकलदर्जाले घर परिवारवाट टाढा रहेर देश सेवामा समर्पित रहदा ब्यारेकमा नै मासिक रुपमा मनाउदै आएको जन्मदिनको खर्च कटौती गरी उक्त सामाग्री अशक्त परिवारलाई सहयोग गरेको गुल्मले जनाएको छ । सामाग्री हस्तान्तरण कार्यक्रममा छत्रदेव गाउँपालीका २ का वडाअध्यक्ष राजेश पन्थी, गुल्मका सकल दर्जा लगायत स्थानियको उपस्थिती रहेको थियो ।

नेपाली सेनाले जिल्लामा बिपद् र दैविप्रकोपको समयमा सराहनीय काम गर्नुको साथै जिल्लाका बिभिन्न स्थानमा पुगी बृक्षारोपण,सरसफाई तथा सचेतनामुलक कार्य र सामाजीक कार्यमा अग्रहणी भुमिका निर्वाह गर्दे आईरहेको छ ।