अर्घाखाँचीमा एकैदिन ३४ जनाले कोरोना संक्रमणलाई जिते, अब ३८ जना आईसोलेशनमा


श्याम घिमिरे
कात्तिक २३ अर्घाखाँची –

अर्घाखाँचीमा एकैदिन ३४ जना कोरोना संक्रमीत निको भएर डिस्चार्ज भएका छन । आईतवार जिल्लाको सन्धिखर्क नगरपालीकाबाट ३२ जना र शितगंगा नगरपालीकाबाट २ जना गरी ३४ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यससंगै जिल्लामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५५७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा थप ३ जना कोरोना संक्रमित थपिए संगै जिल्लामा हालसम्म संक्रमित हुनेको संख्या ६०२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म सन्धिखर्क नगरपालीकाबाट २१४ जना, ,शितगंगा नगरपालीकाबाट ९८ जना ,भुमिकास्थान नगरपालीकाबाट १२४ जना, मालारानी गाउँपालीकाबाट ७४ जना, पाणिनि गाउँपालीकाबाट १९ जना र छत्रदेब गाउँपालीकाबाट २८ जना गरी ५५७ जना डिस्चार्ज भएका छन ।

अहिले जिल्लामा ३८ जना सक्रिय संक्रमितहरु उपचाररत रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा ३६ जना, भुमिकास्थान नगरपालीकामा १ जना र मालारानी गाउँपालीकामा १ जना गरी जम्मा ३८ जना संक्रमितहरु आईसोलेशनमा रहेका छन । संक्रमणका कारण १ जनाको आत्महत्या सहित ७ जनाको भने ज्यान गईसकेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ ।