अर्घाखाँचीमा एकैदिन २६ जनाले कोरोना संक्रमणलाई जिते, अब ४४ जना आईसोलेशनमा

श्याम घिमिरे,कात्तिक १६ अर्घाखाँची -अर्घाखाँचीमा एकैदिन २६ जना कोरोना संक्रमीत निको भएर डिस्चार्ज भएका छन । आईतवार जिल्लाको सन्धिखर्क नगरपालीकाबाट २४ जना र शितगंगा नगरपालीकाबाट २ जना गरी २६ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ । यस संगै जिल्लामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५२२ पुगेको छ । कुल ५७२ संक्रमितमध्ये हालसम्म सन्धिखर्क नगरपालीकाबाट १८२ जना, ,शितगंगा नगरपालीकाबाट ९५ जना ,भुमिकास्थान नगरपालीकाबाट १२४ जना, मालारानी गाउँपालीकाबाट ७४ जना, पाणिनि गाउँपालीकाबाट १९ जना र छत्रदेब गाउँपालीकाबाट २८ जना गरी जम्मा ५२२ जना डिस्चार्ज भएका छन ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ४४ जना सक्रिय संक्रमितहरु उपचाररत रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा ३९ जना शितगंगा नगरपालीकामा ३ जना ,भुमिकास्थान नगरपालीकामा १ जना र मालारानी गाउँपालीकामा १ जना गरी जम्मा ४४ जना संक्रमितहरु आईसोलेशनमा रहेका छन । संक्रमणका कारण १ जनाको आत्महत्या सहित ६ जनाको ज्यान गईसकेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

नेकपामा गम्भीर सङ्कट उत्पन्न भएकाे महासचिव पाैडेलकाे भनाइ

कात्तिक १६ काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पाैडेलले पार्टीमा गम्भीर सङ्कट उत्पन्न भएकाे बताउनुभएकाे छ । 

आइतबार सामाजिक सञ्जाल ट्विटरमा उहाँले नेकपाकाे एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर सङ्कट उत्पन्न भएकाे बताउनुभएकाे हाे । उहाँले ट्वीटमा भन्नुभएकाे छ, ‘आपसी अन्तर्विरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताकाे रक्षाका लागि याेगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समझ अनुराेध गर्दछु ।’

केही दिनयता नेकपाभित्र कर्णाली विवाद, राजदूत नियुक्तिलगायतका विषयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्षले एकलाैटी निर्णय गरेकाे भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउँदै आउनुभएकाे छ । 

दुई अध्यक्षबीच दुरी बढ्दै गएपछि विभिन्न नेताहरुलाई दूत बनाएर छलफल अघि बढाउने काम भइरहेकाे छ । यसैबीच शनिबार दुई अध्यक्षबीच झण्डै दुई हप्तापछि भेट भए पनि सकारात्मक नभएकाे बताइएकाे छ ।  

लुम्बिनी प्रदेशको राजधानी भालुवाङ्गलाई कायम गर्न आफुहरुको मुख्य हात रहेको छ -टोपबहादुर रायमाझी

गोपाल भट्टराई
अर्घाखाँची, १५ कात्तिक – प्रतिनिधिसभा सदस्य तथा पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीले लुम्बिनी प्रदेशको राजधानी भालुवाङ्गलाई कायम गर्न आफुहरुको मुख्य हात रहेको बताउनुभएको छ । अर्घाखाँचीबाट निर्बाचित संघिय तथा प्रदेशसांसदहरुको चलाखीपूर्ण भुमिकाले गर्दानै अर्घाखाँचीलाई पनि समेटेर दाङको भालुवाङ्गमा स्थायी राजधानी भएको सांसद रायमाझीले जिकिर गर्नुभएको छ ।

अर्घाखाँचीको भुमिकास्थान–१० स्थित धनचौर स्वास्थ्यचौकीको नवनिर्मित भवन उद्घाटन तथा एम्बुलेन्स हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सत्तारुढ नेकपाका प्रभावशाली नेता समेत रहनुभएका संघिय सांसद रायमाझीले भालुवाङमा प्रदेश राजधानी भएसंगै धनचौरसंगै दक्षिणभेल्टको विकासले फड्को मार्ने उद्घोष समेत गर्नभएको छ । “सडकको स्तर उन्नती,स्वास्थ्य र शिक्षा संगै हरेक क्षत्रेमा आमनागरिकले प्रत्यक्ष लाभ लिने गरि विकास हुन्छ”,नेता रायमाझीले भन्नुभयो “सडक तथा पूर्वाधार विकास संगै यस क्षेत्रका जडिबुटि तथा कृषि उपजको बजारीकरणमा सहज हुनेछ ।”एक फरक प्रसंगमा नेता रायमाझीले आफुहरुकै सक्रियतामा मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा प्रवेश गराएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो,“मुलुकमा राजनीतिक क्रान्ति र पूर्वाधार विकास अन्तिम चरणमा आइसकेको छ,अब सामाजिक विकास र समृद्धिको अभियान चलाउनुपर्ने समय आएको छ ।” राष्ट्रियसभा सदस्य चन्द्र बहादुर खड्का उज्ज्वल,राजनितिक दलका प्रतिनिधि,जनप्रतिनिधि,प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पौडेल,सुरक्षा निकायका प्रतिनिधि लगायत सर्वसाधारणको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरे,भुमिकास्थान नगरप्रमुख रेसम थापा,उप–प्रमुख खडानन्द वेल्वासे,मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य,स्थानियको तर्फबाट नेपाली कांग्रेसका नेता लेखनाथ पाण्डे लगायतले मन्तव्य राख्दै सरकारको लगानीमा बनेका विकासको जनताले भरपूर सदुपयोग गर्दै संरचनाको संरक्षणमा समेत ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।

अबको विकास स्थलगत आवस्यकताको आधारमा हुनुपर्ने समेत उहाँहरुको भनाई छ । वडाध्यक्ष खगिश्वर पन्थीको अध्यक्षता,वडासदस्य टामलाल भट्टराईको स्वागत मन्तव्य र हेपो इन्चार्ज शिव प्रकाश जि।सी।को संचालनमा सम्पन्न कार्यक्रममा स्थानिय पूर्वाधार विकास आयोजना अन्तरगत भुमिकास्थान–१,१० र मालारानीको खनस्वास्थ्यचौकीलाई खरिद गरिएका तिनवटा एम्बुलेन्स हस्तान्तरण समेत गरिएको छ ।

स्व: मिनु भुसालको सम्झनामा नेपाली काङ्ग्रेस सन्धिखर्क २ द्वारा शोक सभा सम्पन्न

विक्रम पाण्डे समान्ता कार्तिक १४ ,अर्घाखाँची – नेपाली काङ्ग्रेस सन्धिखर्क नगरपालिका वडा नं. २ को आयोजनामा शोक सभा तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस अर्घाखाँची जिल्ला पूर्व सभापति तथा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालकी धर्मपत्नी स्वर्गीय मिनु भुसालको ७ औँ दिनको पुण्य तिथिको दिनपारी शोक सभा सम्पन्न गरीएको हो । कार्यक्रम नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति भरत शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

शोक सभालाई संबोधन गर्दै नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति भरत शाहले मिनु भुसालको निधनले सिङ्गो नेपाली काङ्ग्रेसलाई अपुरणीय क्षती भएको बताउँदै मिनु भुसालले पार्टीमा रहेर पुराएको योगदानको चर्चा गर्नुभयो । शाहले पार्टिमा रहेर सकारात्म भुमिका निर्वाह गर्नुभएकी भुसालको नेपाली काङ्ग्रेसले सधै उच्च मुल्याङकन गर्ने बताउनु भयो ।

शोकसभा कार्यक्रममा नेपाली काङग्रेस जिल्ला सभापति विष्णु प्रसाद खनाल मुस्कान , गुल्मि जिल्ला सभापति भुवन श्रेष्ठ , रुपन्दही जिल्ला उपसभापति फणिन्द्र शर्मा , अर्घाखाँची जिल्ला उपसभापति शान्ता भण्डारी , गुल्मि जिल्ला सचिव खिलध्वज पन्थी , गुल्मी जिल्ला महासमिति सदस्य महेन्द्र भण्डारी , रुपन्देहीको बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डे , तरुण दल अर्घाखाँची जिल्ला अध्यक्ष नारायण खड्का , नेविसंघ अर्घाखाँची जिल्ला अध्यक्ष भरतमणि भट्टराई लगायतले शोक ब्यक्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा क्षेत्र नं. १ का सभापति केशवराज कुँवर , सचिव तारा प्रसाद फुल्लेल , पूर्व जिल्ला कोषाध्यक्ष हरि बहादुर खड्का , मालारानी गाउँपालिका सभापति शोभाखर खनाल , नेपाल पत्रकार महासंघका जिल्ला सचिव सूर्य भुसाल , नेपाल प्रेस युनियन जिल्ला सदस्य विक्रम पाण्डे , सन्धिखर्क १२ वडा सभापति लिलाधर बस्याल , सन्धिखर्क १ का सभापति माधव श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सनपा २ का सभापति विष्णु भुसालको सभापतित्व तथा हुम प्रसाद बन्जाडेको संचालन रहेको थियो ।

स्वर्गीय मिनु भुसालको कार्तिक ८ गते ४५ वर्षको उमेरमा निधन भएको थियो । भुसाल डेढ बर्ष देखि अलजाइमर लगायतका रोगका कारण ग्रसित हुनुहन्थ्यो ।

विश्व खाद्य दिवस अर्घाखाँचीमा पनि मनाईयो

हिम लेकाली अर्घाखाँची, १४ कात्तिक – ४० औँ विश्व खाद्य दिवस विभिन्न कार्यक्रमको आयोजना गरि सन्धिखर्कमा मनाईएको छ । हाम्रो पहलः दिगो कृषि ,पोशिलो आहार भन्ने मुल नाराका साथ कृषि ज्ञान केन्द्र अर्घाखाँचीको आयोजनामा दिवस मनाईएको हो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्वर शर्मा भुसालले मन्तब्य राख्दै देश कृषि क्षेत्रमा आत्मनिर्भर हुन सके मात्र सम्बृधि हुने बताउनुभयो । उहाँले कृषि प्रधान देश भएर पनि कृषि जन्य बस्तु आयात गर्नु पर्ने स्थिति मा देश रहेको बताउँदै कृषकलाई ब्यबसायिक खेति तर्फ उन्मुख गर्न राज्य तथा सरोकारबाला सबै गम्भीर भएर लाग्नु पर्ने बताउनु भयो ।

यसै गरि कार्यक्रममा सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार बिकले मन्तब्य राख्दै किसानले पहिले भन्दा अहिले सेवा ,सुबिधा पायको बताउँदै कृषिमा लाग्ने किसानलाई नगरपालिकाले थुप्रै राहत कार्यक्रम ल्यायको बताउनुभयो । साथै धेरै युवा शक्ति कृषि तथा पशुपालनमा लागेका छन् यसैले बिस्तारै जिल्ला कृषिमय हुन थालेको विकले बताउनु भयो । कृषि ज्ञान केन्द्र प्रमुख रोम मिलन प्रसाद बिश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कृषि अर्थ बिज्ञ महेन्द्र कुमार ओझाले र सञ्चालन कृषि अधिकृत बलराम घिमिरेले गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा नेता भेष बहादुर केसि, जनता समाजवादि पार्टीका नेता नेत्र बहादुर थापा, राष्ट्रीय जनमोर्चाका नेता गोबिन्द बिसि, परिवार दलका अध्यक्ष डिल्लीराज भुसाल, परियोजना किसान २ का प्रमुख बिश्वचन्द्र पोख्रेल, घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख केशव सुनार , सिंचाइ निमित्त कार्यालय प्रमुख रामजी भट्टराई , उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद भुसाल, किसान महासंघका ज्ञान बहादुर बिश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

दिवसको उपलक्ष्यमा बिहिबार सम्पन्न बिद्यालय स्तरिय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा युवा बर्ष जनता रवि चित्र माबि हटारिका छात्र अभिशेष खनाल प्रथम ,सोहि विद्यालयकै छात्रा डेनिसा चौहान द्वितीय ,जनज्योति माविचुत्रावेसिकी छात्रा स्वेच्छा भुसाल त्रितिय र ग्रिन बोर्डिङ्ग स्कुल चुत्रावेसी कि छात्रा सुभेच्छा खनालले सान्त्वना स्थान प्राप्त गरेकि छन् ।

विजयी विद्यार्थीहरूलाइ प्रमुख अतिथि बाट नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । निबन्ध प्रतियोगिताको निर्णायकमा सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनाल , शिक्षा समन्वय ईकाइ प्रमुख मनिराम पराजुली ,सनपा शिक्षा प्रमुख युगल नारायण बस्याल र ज्ञान केन्द्र प्रमुख राममिलन प्रसाद बिश्वकर्मा रहनु भएको थियो ।


यो दिवस प्रत्येक वर्ष अक्टोवर १६ अर्थात असोज ३० गते मनाईने गरेतापनि यस पटक कोभिड १९ तथा चाड पर्व बिशेषका कारण केन्द्रीय सर्कुलर अनुसार अक्टुवर महिना भित्र गर्ने भनिएकोले सोहि अनुसार दिवस मनाईएको कृषि ज्ञान केन्द्रका कृषि अधिकृत निमराज आचार्यले बताउनुभएको छ ।