सातजना चिकित्सक सहित १७ जनामा कोरोना संक्रमण देखिएपछि अर्घाखाँची अस्पताल बन्द ।

श्याम घिमिरे
अर्घाखाँची २२ कार्तिक –

सात जना चिकित्सक सहित १७ जना स्वास्थ्यकर्मीमा लक्षण सहितको कोरोना संक्रमण देखिएपछि अर्घाखाँची जिल्ला अस्पताल बन्द भएको छ । अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतम सहित ७ जना चिकित्सक र १० जना स्वास्थयकर्मी गरी १७ जनामा लक्षण सहितको कोरोना संक्रमण देखिएपछि इमर्जेन्सी र प्रसुती सेवा बाहेकका अन्य सबै सेवा अर्को सुचना जारी नहुँदा सम्मको लागि बन्द गरिएको अस्पतालले सनिवार सुचना प्रकाशन गरी जानकारी गराएको हो ।

यसैबिच अस्पतालले अनावश्यक भिडभाड नगर्न, स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गर्न र कोरोनालाइ सहज रुपमा नलिन समेत सुचना मार्फत अनुरोध गरेको छ ।

दलित अधिकार कर्मी मञ्च र सुनचाँदी व्यवसायी संघ अर्घाखाँचीद्धारा प्रहरी प्रमुखलाई स्वागत


सन्धिखर्क एफएम
कार्तिक २१ –

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी प्रमुख एस.एस.पि डम्मर बिश्वकर्मा र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक माधब बुढाथोकीलाई सुक्रबार अर्घाखाँचीमा स्वागत गरिएको छ । दलित अधिकार कर्मी मञ्च अर्घाखाँची र अर्घाखाँची सुनचाँदी व्यवसायी संघ अर्घाखाँचीले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका हुन । कार्यक्रममा मनतब्य राख्दै प्रदेश ट्राफिक प्रहरी प्रमुख विश्वकर्माले दुर्घटना न्युनीकरणको लागी ट्राफिक नियमहरुको पालना गराउने र जनचेतनामुलक कार्यक्रम सन्चालन गर्ने कार्यमा ट्राफिक प्रहरी लागीपरीरहेको बताउनुभयो । बिश्वकर्माले प्रहरीसंग आउने हरेक मानिस फुलको गुच्छा बोकेर नभई, आँसु र दुःख पीडा बोकेर आउँने भन्दै त्यसको पीडामा न्याय प्रदान गर्ने राज्यको पहिलो निकाय प्रहरी भएको समेत बताउनु भयो ।

कार्यक्रममा मनतब्य राख्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख बुढाथोकीले जिल्लामा शान्ती सुरक्षा कायमगर्नको लागी आवश्यक सम्पुर्ण कदमहरु चाल्ने बताउनु भयो । उहाँले जातिय प्रथा र छुुवाछुत सम्बन्धी समाजमा हुने सम्पुर्ण अबान्छीत क्रियाकलाप अन्त्यको लागी जनचेतना मुलक कार्यक्रम गर्ने बताउनुभयोे ।

दलित अधिकारकर्मी मञ्च अर्घाखाँचीका संयोजक बिष्णु परियार, अर्घाखाँची सुनचाँदी व्यवसायी संघका अध्यक्ष कृष्ण बहादुर सुनार,सन्जालका सदस्य सचिब दिनेश सुनार, राजेन्द्र नेपाली, ठाकुर सौराग,सुनचाँदी व्यवसायी संघ अर्घाखाँचीका सचिब ताराबहादुर सुनार लगायत अन्य पदाधिकारीहरुले एक कार्यक्रमका बिच स्वागत गर्नुभएको हो ।

क्याप्टेन खिमबहादुर सारुको १० औँ दिनको पुण्य तिथीमा काँग्रेसद्धारा श्रद्धान्जली सभा सम्पन्न

शिवलाल पौडेल
अर्घाखाँची, २० कात्तिक ।
 सुवर्णखाल गाउँपञ्चयात वडा नं. ९ धातिवाङ्ग तथा साविक धातिवाङ्ग गाविस वडा नं. १ का वडा अध्यक्ष, काँग्रेसका सल्लाहकार क्याप्टेन खिमबहादुर सारुको १० औँ दिनको पुण्य तिथीमा काँग्रेस धातिवाङ्गले श्रद्धान्जली सभा सम्पन्न गरेको छ ।

पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गका वडा अध्यक्ष शुभबहादुर सारु तथा भेकबहादुर सारुका बुबा क्याप्टेन खिमबहादुर सारुको कात्तिक १२ गते धातिवाङ्गमा ९३ वर्षको उमेरमा निधन भएको थियो । शोकसभामा बोल्दै नेपाली काँग्रेसका जिल्ला सचिव विष्णु भुसाल, महासमिती सदस्य यादवप्रसाद घिमिरे, युवा विद्यार्थी विभाग संयोजक पिताम्बर खनाल, समाजसेवी मणिराम पौडेल लगाएतले उहाँले काँग्रेस पार्टीमा पुर्याउँनुभएको योग्दानको बारेमा चर्चा गर्नुभएको थियो ।

उहाँ क्याप्टेनबाट रिटार भएपछि धातिवाङ्गमा २०३२ सालदेखी २०५९ सालसम्म वडा अध्यक्ष भई गाउँको विकासमा लाग्नुभएको थियो । काँग्रेस धातिवाङ्ग वडा कार्य समिती उहाँले सिकाएको प्रेरणामा सधै लाग्ने र उहाँले गरेको योग्दानलाई सधै सम्मान गर्ने कार्यक्रममा वक्ताहरुले बताएका थिए ।

शोकसभा कार्यक्रम काँग्रेस वडा कार्य समिती धातिवाङ्गका सभापति शोभाखर पौडेलको अध्यक्षता र नेपाल विद्यार्थी संघ जिल्ला उपाध्यक्ष घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।