सन्धिखर्क एफएम
कार्तिक २० अर्घाखाँची–
साझा पार्टी अर्घाखाँचीले जिल्लाको शितगंगा नगरपालिका वडा नं. ३ ढाडखोलामा टोल समिति गठन गरेको छ । वडा नं. ३ का वडासंयोजक ढुण्डीराज न्यौपाने, संगठन विभाग प्रमुख बसन्त सिंह, सूचना संचार विभाग प्रमुख दिपक पौडेल, वडा नं. २ का सल्लाहकार सागर अधिकारीको उपस्थितीमा सम्पन्न भेलाले विष्णु प्रसाद पौडेलको संयोजकत्वमा १३ सदस्यीय टोल समिति गठन गरेको छ । गठित समिकिो सचिवमा गंगा विक, सूचना तथा संचारमा सीता पौडेल र सल्लाहकार दधिराम पौडेल रहेको पार्टीले जानकारी दिएको छ । जसको सदस्यहरुमा दिपक बिक, गंगा विक, प्रेम पौडेल, संगम घिमिरे, पार्वता पौडेल, रमेश पौडेल, सीता पौडेल, अनिषा पौडेल र अन्जु पौडेल रहेका छन् ।
वडा नं. ३ कै खसर्कामा बिमला बेल्वासे संयोजक र कमल पौडेल सचिव रहेको टोल समिति यस अघि नै गठन भैसकेको साझा पार्टीका नेता हरिप्रसाद भुसालले जानकारी दिनुभयो ।